निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै दलहरू

आगामी स्थानीय तहको निर्वाचनको लागि सप्तरीका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसार गर्न थालेका छन् । राजनीतिक दलले चुनावी प्रचारप्रसारको काममा बालबालिकादेखि शिक्षकहरूको समेत प्रयोग गरिरहेका छन् । त्यस्तै चोक, स्मारकजस्ता सार्वजनिक र निजी घरहरूमा समेत पोष्टर, झण्डा झुण्ड्याएका छन् । दलहरूका कार्यकर्ताहरूले चुनाव चिन्ह अङ्कित भेष्ट, टोपी, गम्छाको प्रयोग…

September 7, 2017  
महोत्तरीका २ सय ३२ मतदानस्थल संवेदनशील

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाका २ सय ५८ मध्ये २ सय ३२ मतदानस्थल संवेदनशील रहेका जिल्लास्थित सुरक्षा निकायले जनाएका छन् । त्यसमध्ये पनि १ सय ३५ ओटा मतदानस्थल अति संवेदनशील र ९७ ओटा मतदानस्थल संवेदनशील रहेका छन् । महोत्तरी जिल्लाका २६ ओटा मतदानस्थल मात्रै सामान्य रहेका जनाइएको छ…

September 7, 2017  
काङ्ग्रेस कार्यकर्ताबिच एकआपसमा झडप, १३ जना घाइते

सिरहा नपा­­-७ स्थित नेपाली काङ्ग्रेसको जिल्ला पार्टी कार्यालयमा भदौ २१ गते सिरहा नपाको वडा अध्यक्षहरूको उम्मेदवारी छनौटको विषयमा विवाद हुँदा एक आपसमा झडप भएको छ । मेयरको टिकट पाएका डा. सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबिच जिल्ला पार्टी कार्यालयमा झडप भएको हो । दुई पक्षबिच भएको झडपमा १३ जना…

September 6, 2017  
एमाले उम्मेदवारको घर अगाडि विष्फोट

लहान नगरपालिकामा एमालेको तर्फबाट सिफारिस मेयरका उम्मेदवार मुनि साहको घर अगाडि भदौ २० गते साँझ साँढे सात बजे विष्फोटक पदार्थ विष्फोट भएको छ । प्रचारको काम सकेर घरमा आइपुगे लगत्तै विष्फोटको आवाज आएको साहले बताए । प्लाष्टिकको डिब्बामा राखेर विष्फोट गराए पनि भौतिक तथा मानवीय क्षति नभएको साहले बताए ।…

September 6, 2017  
बर्दिवास नगरपालिका कम्पाउण्ड बाहिर बम विष्फोट

बर्दिवास नगरपालिका कम्पाउण्ड बाहिर भदौ २० गते राति बालुवा राखिएको ठाउँमा अज्ञात समूहले बम विष्फोट भएको छ । टिफिन भित्र तार, विष्फोटक पदार्थ, बम पडकाउने स्विच, बालुवा र पावर सकेटलगायत जोडिएको सो बम पड्किएको जिल्ला प्रहरी कार्यालयका एसपी कुवेर कडायतले बताए । फष्ट राइफल गणका मेजर भरत विष्टले विष्फोटक पदार्थले…

September 6, 2017  
पत्रकारको अवस्था कमजोर बनेकोमा सरोकारवालाद्वारा चिन्ता व्यक्त

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले राजविराजमा भदौ २० गते पत्रकार तथा मानव अधिकार रक्षकहरूको अवस्था र चूनौती विषयक छलफल कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सञ्चारकर्मीहरूले पछिल्लो समय पत्रकारको सङ्ख्या बढ्दै गए पनि सुरक्षाको अवस्था दिन प्रतिदिन कमजोर बन्दै आएकोमा चिन्ता व्यक्त गरे । कार्यक्रमका सहभागीहरूले पत्रकारिता पेशा आफैँमा मर्यादित…

September 5, 2017  
सबै मतदान केन्द्र अति सम्वेदनशील र सम्वेदनशील

सप्तरी जिल्लामा रहेका २ सय ९५ मतदान स्थलका सबै ४ सय ६२ मतदान केन्द्र नै सम्वेदनशील रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।   २ सय ७ मतदान स्थलका ३ सय २४ मतदान केन्द्र अति सम्वेदनशील र ८८ मतदान स्थलका १ सय ३८ मतदान केन्द्र सम्वेदनशील रहेको सप्तरी जिल्लाको कुनै…

September 5, 2017  
गणतन्त्रको जग नै हो निर्वाचनः सदस्य शाह

निर्वाचन आयोगका सदस्य सुधिरकुमार शाहले सिरहामा भदौ १९ गते आयोजित एक कार्यक्रममा गणतन्त्रको जग निर्वाचन भएको बताए । उच्चस्तरीय निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहेका शाहले प्रदेश नम्बर २ अन्तर्गत सिरहा र सप्तरीमा आचारसंहिताको अनुगमन तथा राजनीतिक दलका युवाहरूलाई प्रशिक्षण कार्यक्रममा सो कुरा बताएका हुन । उनले स्थानीय तहको निर्वाचन…

September 4, 2017  
फोरम नेतृका घरमा ढुङ्गामुढा र तालाबन्दी

सङ्घीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवम् पूर्व मन्त्री रेणु यादवलाई उनकै असन्तुष्ट कार्यकर्ताहरूले ढुङ्गामुढा गर्दै तालाबन्दी गरेर भदौ १९ गते राजविराज नपा-७ स्थित घरभित्र बन्धक बनाएका छन् । प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनको उम्मेदवार छनौटमा लामो समयदेखि पार्टीका लागि त्याग गरेकालाई…

September 4, 2017  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

नगराइन नपा-२ का ३० वर्षीय श्रीराम गुलाम यादव र नगराइन नपा-१ की २५ वर्षीया सीतादेवी यादवलाई बहुविवाह गरेको आरोपमा प्रहरीले भदौ १६ गते गिरफ्तार गरेको छ । घरमा आफू हुँदाहुँदै २५ वर्षीय अनितादेवी यादवले आरोपितद्वय विरुद्ध भदौ १६ गते जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकबहादुर बुढाथोकीले बताए ।

September 1, 2017