स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा छलफल

स्वच्छ निर्वाचन नागरिक अभियानद्वारा निष्पक्ष र भयरहित निर्वाचनका लागि भन्दै कलैयामा भदौ २७ गते सर्वपक्षीय छलफल गरेको छ । छलफल कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले सुशासनको लागि जनप्रतिनिधि आवश्यक भएकाले स्थानीय तहको चुनाव भयरहित र निष्पक्ष गराउन सबैको सहयोग हुनुपर्ने बताए । 'असल समाज निर्माणको लागि…

September 12, 2017  
आचारसंहिता विपरीत टाँगिएका तुल र व्यानर हटाइयो

निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक स्थलहरूमा चुनाव प्रचारका लागि झुण्ड्याइएका तुल व्यानर, झण्डालगायतका प्रचार सामग्रीहरू भदौ २७ गते प्रहरीले हटाएको छ । गृह मन्त्रालय र निर्वाचन आयोगकको कडा निर्देशनपछि यहाँका ५ हजार भन्दा बढी तुल, व्यानर हटाइएको जिल्ला प्रहरी कार्यालयका एसपी राजकुमार वैद्वारले बताए । राजनीतिक दल र तिनका उम्मेदवारसित समन्वय…

September 12, 2017  
प्रधानमन्त्रीको चुनावी सभामा नेता, कार्यकर्ताहरू चुनाव चिन्ह अङ्कित पहिरनमा

प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहित प्रमुख नेताहरूले राजविराजमा भदौ २७ गते सम्बोधन गरेको चुनावी सभामा काङ्ग्रेसका नेता, कार्यकर्ताहरू चुनाव चिन्ह अङ्कित भेष्ट, टोपी, गम्छा, झोलासहित सहभागी भएका छन् । कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत चुनाव चिन्ह अङ्कित गम्छामा सहभागी भएका हुन् । चुनावी सभामा सहभागी हुन विभिन्न ठाउँबाट…

September 12, 2017  
आचारसंहित विपरीतका प्रचार सामग्री छापिएको छापाखाना प्रहरीको नियन्त्रणमा

जनकपुरको मिथिला अफसेट प्रेसमा प्रहरीले भदौ २६ गते छापा मारेर निर्वाचन आचारसंहिता विपरीत विभिन्न किसिमका प्रचारप्रसार सामग्री छाप्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । टिसर्ट र टोपीमा पार्टीको नारा लेखिरहेको बेला जनकपुर कलवार कुट्टीस्थित रहेको उक्त प्रेसमा प्रहरीले छापा मारेर हजारौँ रुपियाँ बरावरको समान बरामद गरेको हो । आचारसंहिता…

September 12, 2017  
अर्थपुर्ण सम्वादका लागि सङ्घीयताः अध्यक्ष प्याकुरेल

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका सहअध्यक्ष तथा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले अर्थपूर्ण नागरिक सम्वादको बिचमा रहेको तगारो हटाउनका लागि आफूहरूले सङ्घीयता खोजेको बताए । उनले अहिलेको संविधानले वडा कार्यालयलाई दिएको अधिकार हिजोको गाउँ विकास समितिलाई भन्दा बढी रहेकोले नागरिकको अर्थपूर्ण सम्वादलाई मजबुद बनाएको बताएका हुन् । स्वच्छ निर्वाचनका लागि नागरिक…

September 12, 2017  
अज्ञात समूहद्वारा ग्याँस सिलिण्डर विष्फोट

गौशाला नगरपालिका-८ स्थित उखुबारीमा अज्ञात समूहले भदौ २६ गते राति ग्याँस सिलिण्डर विष्फोट गराएको प्रहरीले जनाएको छ । स्थानीय उमेश महतोको उखुबारीमा सो सिलिण्डर विष्फोट गराइएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले घटनास्थलमा ग्याँस सिलिण्डरको माथिको गोलो रिङ, कपडा र मोटरसाइकलको टायर जलेको अवस्थामा भेटेको बताए ।…

September 12, 2017  
महोत्तरीमा दलहरूद्वारा आचारसंहिता उल्लङ्घन

प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने दाउपेचमा लागेका राजनीतिक दलहरूद्वारा महोत्तरीमा आचारसंहिताको व्यापक उल्लङ्घन भइरहेको छ । आचारसंहिता उल्लङ्घन गर्नेमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, राजपा, सङ्घीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमलगायत छन् । १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीय तह…

September 12, 2017  
आचारसंहिता विपरीत मन्दिर, विद्यालय प्रवेशद्वारमा व्यानर, झण्डा

आगामी स्थानीय तहको निर्वाचनको लागि सप्तरीका राजनीतिक दलहरुले आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । राजनीतिक दलहरूले साँझ सात बजेपछि पनि बैठक, भेला गरी प्रचारप्रसार गरिरहेका छन् । उम्मेदवारहरू र राजनीतिक दलहरूले अनुमति नलिई एकभन्दा बढी चारपाङ्ग्रे सवारी साधन र दुई ओटाभन्दा बढी मोटरसाइकलहरूको प्रयोग गरिरहेको र आचारसंहिता विपरीत…

September 12, 2017  
बारामा आचारसंहिता उल्लङ्घन बढ्दो

प्रदेश नं. २ मा स्थानीय तहको तेस्रो चरणको चुनाव नजिकिँदै गर्दा उम्मेदवार, मन्त्री र सांसदहरूबाट आचारसंहिता उल्लङ्घन गर्ने क्रम बढिरहेको छ । असोज २ गते हुन लागेको चुनावको चहलपहल बढिरहँदा चुनाव प्रचार शैली भड्किलो भएको नागरिक समाजका अगुवाहरूको प्रतिक्रिया छ । दलका उम्मेदवारहरूले लामो र ठूलो अकारका व्यानर प्रयोग गरिरहेका…

September 12, 2017  
नेपाली काङ्ग्रेसको चुनावी प्रचारप्रसारमा बालबालिका प्रयोग

प्रदेश नं. २ मा असोज २ गते हुन लागेको चुनावमा धनुषास्थित नेपाली काङ्ग्रेसका उम्मेदवारहरूले चुनावी प्रचारप्रसारमा भदौ २५ गते पनि बालबालिकाको प्रयोग गरेको पाइएको छ । बालबालिकाको हातमा नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रूख छाप भएको झण्डा लिएर चुनावी प्रचारप्रसारमा प्रयोग गरेको हो । काङ्ग्रेसले मनोनयन दर्ता भएको दिनमा विद्यालय उमेरका…

September 11, 2017