बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा गोलबजार नपा- ५ का ५५ वर्षीय महेन्द्रप्रसाद सिंह कोइरीलाई जिल्ला अदालत सिरहाले साउन २८ गते ६ वर्षकैदको फैसला गरेको छ । न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले सो फैसला गरेको सहायक सरकारी वकिल बसन्त काफ्लेले बताए । उनका अनुसार पीडित बालिकालाई २५ हजार रुपियाँ क्षतिपुर्ति दिनु…

August 14, 2018  
हत्या घटनाको आरोप लागेका प्रदेश नं. २ का मन्त्रीले गरे आत्मसमर्पण

हत्या घटनाको आरोप लागेका प्रदेश नं. २ का सामाजिक विकास राज्य मन्त्री अभिराम शर्माले महोत्तरी जिल्ला अदालत जलेश्वर समक्ष साउन २८ गते आत्मसमर्पण गरेको महोत्तरी जिल्ला अदालतका रजिष्ट्रार रामानन्दप्रसाद अधिकारीले जानकारी दिएका छन् । सशस्त्र सीमा सुरक्षा बल जलसागरमा कार्यरत असई थमन बिकलाई २०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा…

August 13, 2018  
विद्यालयमै प्रधानाध्यापक कुटिएपछि विद्यालय बन्द

रूपनी गापा-२ पौवाँस्थित जेसीज आधारभूत विद्यालयका प्रधानाध्यापक तिरहुत गाउँपालिका-५ लोहजरा निवासी ५५ वर्षीय सुर्यनारायण मण्डललाई साउन २७ गते दिउँसो कार्यकक्षमा स्थानीयबासीले कुटपिट गरेको भन्दै विद्यालयले कामकाज बन्द गरी इलाका प्रहरी कार्यालय रूपनीमा साउन २७ गते आरोपितहरूविरूद्ध उजुरी दिएको छ । रूपनी गाउँपालिका-२ का ३० वर्षीय जितेन्द्रप्रसाद यादव, २५ वर्षीय ओमप्रकाश…

August 13, 2018  
बलात्कार घटनाका फरार आरोपित एक वर्षपछि गिरफ्तार 

१४ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका आरोपित धनगढीमाई नपा–७ का २५ वर्षीय सत्यन मण्डललाई एक वर्षपछि इलाका प्रहरी कार्यालय गोलबजारले साउन २७ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर भागिरथ रेग्मीका अनुसार घटनापछि लुकिछिपी बसेका आरोपित गोप्य सूचनाको आधारमा घरमा आएको बखत गिरफ्तार गरी जिल्ला सरकारी…

August 12, 2018  
स्थानीयबासीद्वारा अस्पताल बन्द गराउँदा बिरामी मर्कामा

कञ्चनरूप नपा–८ स्थित धर्मेश्वर अस्पतालको सम्पूर्ण सेवा साउन २३ गतेदेखि बन्द भएपछि बिरामीहरू मर्कामा परेका छन् । पूर्व–पश्चिम राजमार्गमा सञ्चालित १५ शैयाको निजी अस्पतालको सम्पूर्ण उपचार सेवा स्थानीयबासीले बन्द गराएपछि बिरामीहरू मर्कामा परेका हुन् । उपचारको क्रममा मोटरसाइकल दुर्घटनामा घाइते चालक कञ्चनरूप नपा–११ बक्साहाका ४० वर्षीय थिरप्रसाद चौधरीको मृत्यृ भएपछि…

August 12, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तकोशी नपा–४ तुलसी चोकका ५० वर्षीय भानुभक्त सापकोटालाई साउन २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोप लगाएको छ । आरोपितको घरबाट डराउँदै, काम्दै निक्लिएकी पीडितलाई सोधपुछ गरेपछि घटनाबारे जानकारी पाएका…

August 11, 2018  
प्रत्येक महिना दुई बहुविवाह, धरौटी तिर्न नसक्दा थुनामा

सप्तरीमा चार महिनाको अवधिमा सातवटा बहुविवाहको उजुरी दर्ता भई कारबाही प्रकृयामा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चार महिनाको अवधिमा बहुविवाहको उजुरी दर्ता भएका ६ वटा मुद्दा अदालतमा बुझाई सकिएको र पछिल्लो एउटा मुद्दामा दुई जना आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए…

August 11, 2018  
प्रहरीले दर्ता नगरेपछि अदालतमा तीनवटा घरेलु हिंसाको उजुरी दर्ता

प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि सप्तरी जिल्ला अदालतमा साउन २२ र २३ गते घरेलु हिंसाको तीनवटा उजुरी दर्ता भएको छ । बोदे बर्साइन नपा–१ धनगढीकी ५० वर्षीया अनीताकुमारी चौधरीले उनका जेठाजु ५८ वर्षीय प्रभुनारायण चौधरीविरूद्ध जिल्ला अदालतमा साउन २३ गते उजुरी दर्ता गरेकी छिन् । प्रहरी चौकी सिस्वामा असार ३२…

August 9, 2018  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

४० वर्षीया महिलालाई बलात्कार गरेको भन्दै रूपनी गाउँपालिका–४ का ४५ वर्षीय बद्रीनारायण साहविरूद्ध साउन २४ गते उजुरी दर्ता गरेको छ । पीडित महिलालाई आरोपितले साउन २१ गते दिउँसो सुतिरहेका बेला एक्कासी आएका आरोपितले बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा साउन २१ गते उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य…

August 9, 2018  
बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाका १९ वर्षीय रोशनकुमार खङ्गविरुद्ध जिल्ला प्रहरी कार्यालयमा साउन २२ गते उजुरी दर्ता गरिएको छ । पीडित युवतीलाई आरोपितले साउन ४ गते राती बलात्कार प्रयास गरेको आरोपमा पीडितकी आमाले साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको…

August 9, 2018