फोरम थिएटर कार्यशाला सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा फोरम थिएटर कार्यशाला माघ ४ गतेदेखि धनुषाको लालगढमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा इन्सेकका निर्देशक तथा मानव अधिकार शिक्षा विभाग प्रमुख मदन पौडेलले मानव अधिकारका सवाललाई विद्यालय स्तरबाट नै बालअधिकार, सामाजिक समस्या, विकृति विसङ्गतीलाई सडक नाटकबाट न्यूनिकरण तथा सामाजिक रुपान्तरण गर्न…
मिथिलाका मानवअधिकार समुह र सरोकारवालालाई दुई दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना र मिथिला नगरपालिकाको समन्वयमा मानव अधिकार समुहका सदस्य र सरोकारवालाहरूको लागि पुस २९ र ३० गते दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । तालिममा मानवअधिकार समुहका पदाधिकारी तथा सदस्य, मिथिला नगरपालिकाका बाल संजालका पदाधिकारी, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका…
‘बोक्सी’कोे मुद्दा मुल्तबीमा राख्ने फैसला
सुरुङ्गा नपा–९ टिकुलियाकी ४८ वर्षीया महिलालाई ‘बोक्सी’को आरोपमा गालीगलौज र कुटपिट गरेको आरोपमा फरार रहेका सुरुङ्गा नपा–९ टिकुलियाका ५० वर्षीय जगदेव यादव, सिराहाको सखुवा नन्कारकट्टी गापा–४ का ५५ वर्षीय छुतहरु बैदा यादव र उनका भाई ५० वर्षीय गंगाई वैदा यादवविरुद्धको उजुरी २०७९ पुस २८ गते मुल्तबीमा राख्ने फैसला भएको छ…
बलात्कार घटनाका कसुरदारलाई सात वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हरिवन नगरपालिका–९ का ३२ वर्षीय विजय कुमार दनुवारलाई जिल्ला अदालत सर्लाहीले पुस २८ गते सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश कपिलमणी गौतमको इजलासबाट मुद्दाको अन्तिम फैसला गर्दै सात वर्ष कैद र ५० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिने गरी फैसला गरेको जिल्ला…
आत्महत्या गर्न बाध्य बलात्कृतका मुख्य कसुरदारहरुलाई १३ वर्ष कैद
डाक्नेश्वरी नपा—७ की १७ वर्षीया नन्की भनिने सङ्गिता मण्डललाई सामुहिक बलात्कार गरेको आरोपमा १७ वर्षीय दुई बालकलाई पुस २८ गते जनही १३ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितहरुलाई जनही १३ वर्ष कैदका साथै पीडित परिवारलाई जनही १ लाख रुपियाँ क्षतिपुर्ती वापत भराउने फैसला…
इन्सेकद्वारा विद्यालय अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पुस २७ गते डाक्नेश्वरी नपा–६ स्थित जनता माध्यमिक विद्यालयको अनुगमन गरेको छ । डाक्नेश्वरी नगरपालिकामा गठित मानव अधिकार समुह र बाल अधिकार समुहले १० दिनदेखि बन्द विद्यालय यथाशिघ्र सञ्चालनका लागि पुस २७ गते माग गरेपछि इन्सेक मधेस प्रदेशका प्रमुख राजु पासवानको नेतृत्वमा विद्यालयको अनुगमन निरीक्षण…
डाक्नेश्वरी नगरपालिकामा दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना र डाक्नेश्वरी नगरपालिकाको समन्वयमा मानव अधिकार समुहका सदस्य र सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम पुस २७ गते सम्पन्न भएको छ । डाक्नेश्वरी नगरपालिकामा भएको कार्यक्रमको समापन गर्नुहुँदै नगरपालिकाका नगर प्रमुख रामलखन मलाहाले यसै वर्षभित्र बालविवाह मुक्त नगरपालिका घोषणा गरिने…
बन्द विद्यालय सुचारु गर्न मानव अधिकार समूहको माग
बन्द रहेको डाक्नेश्वरी नपा–६ स्थित जनता माध्यमिक विद्यालय कटैया फत्तेपुर यथाशिघ्र सञ्चालनमा ल्याउन मानव अधिकार समूह र बाल अधिकार समूहले माग गरेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा डाक्नेश्वरी नगरपालिकामा गठित मानव अधिकार समूह र बाल अधिकार समूहले शिक्षा विकास तथा समन्वय इकाइसमक्ष विद्यालयलाई यथाशिघ्र सञ्चालनमा ल्याउन माग गरेका हुन्।…
बाटो अवरुद्ध पछि विद्यालय बन्द हुँदा पठनपाठन ठप्प
विद्यालय प्रवेश गर्ने बाटो बन्द भएपछि डाक्नेश्वरी नपा–६ स्थित जनता माध्यमिक बिद्यालय कटैया फत्तेपुरको पठनपाठन पुस १८ गतेदेखि पूर्णतया ठप्प भएको छ । स्थानीय देवनारायण यादवले घेरबेर गरी बाटो नै बन्द गरेकाले बिद्यालयले पुस १८ गतेदेखि अनिश्चितकालका लागि विद्यालय बन्दको सूचना जारी गरेर पठनपाठन बन्द गर्नुपरेको जनाएको छ । २०५३…
मानव बेचबिखनको आरोपमा तीन जना गिरफ्तार
२५ वर्षीय महिलालाई बेचबिखनको आरोप लागेका महोत्तरी जिल्ला गौशाला नपा–१ भरतपुर टोलका ३७ वर्षीय रमेश श्रेष्ठ, वीरगंज मनपा–८ गहवा बस्ने ५४ वर्षीय अनिल कुमार अरोरा र लमजुङ जिल्ला राइनास नपा–४ सातबिसे बजारका ३२ वर्षीय डोलनाथ कट्टेललाई पर्सा प्रहरीले ०७९ पुष २५ गते वीरगंजको होटेल रानीपोखरीबाट गिरफ्तार गरेको छ । पीडितले…