बलात्कार घटनाको कसुरमा दश वर्ष कैद सजाय
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तिरहुत गाउँपालिका–३ का २३ वर्षीय ज्ञानु भनिने ज्ञानकुमार साहलाई जेठ १९ गते १० वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई कसुर ठहर गर्दै १० वर्ष कैद सजायका साथै ५० हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने र फौजदारी कसुर पीडित राहत कोषमा…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा जेठ १७ गते उजुरी दिएकी छिन् । पीडित महिलालाई दाइजो बापत नगद एक लाख रुपियाँ र एउटा…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
३३ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका फरार आरोपित कौडेना गाउँपालिका–५ का ४१ वर्षीय सोहील खाँ भनिने मो. स्वयल खाँ पैठानविरुद्ध को मुद्दा जेठ १७ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा ०७८ साउन २९ गते दायर भएको मुद्दा जिल्ला न्यायाधिश चन्द्रकान्त पौडेलको इजलासले मुल्तबीमा राख्ने फैसला गरेको जिल्ला…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया यवतीलाई बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका–१० सलेमपुरका २८ वर्षीय अनिल कुमार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा जेठ १६ गते पीडित पक्षले उजुरी दिनु भएको छ । पीडित यवतीलाई आरोपितले जेठ ४ गते सलेमपुर गाउँको झिम खोला नजिकै बलात्कार गरेका थिए । घटनापछि आरोपित यादव फरार भएकोले खोजी कार्य…
तालाबन्दीका कारण पठनपाठन प्रभावित
सुवर्ण गाउँपालिका–४ हर्दिया औरैयास्थित श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा अध्यनरत विद्यार्थीहरूले विभिन्न १४ बुँदे माग राखी विद्यालयमा जेठ ५ गते देखि तालबन्दि गरेका कारण पठनपाठन प्रभावित बनेको छ । बिद्यालयको मुल गेट र कक्षा कोठामा लाता लगाएर सडक बन्द गरी आन्दोलनमा उत्रिकएका हुन् । बिद्यार्थीले आफ्ना माग पुरा नगरेको भन्दै…
प्रशासन कार्यालयमा स्तनपान कक्ष नहुँदा सेवाग्राही सुत्केरी महिलाहरू समस्यामा
जिल्ला प्रशासन कार्यालय पर्सामा स्तनपान कक्ष नहुँदा सेवाग्राही सुत्केरी महिलाहरू समस्यामा पर्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा करिब सात करोडको लागतमा सुविधा सम्पन्न नयाँ भवन बनाइएको भएपनि त्यसमा स्तनपान कक्षको भने व्यवस्था गरिएको छैन । नागरिकता, पासपोर्ट, नाता प्रमाणीत लगाएतका सेवा लिन आउँदा बालबालिका लिएर आउने महिलाले छोरा–छोरीलाई स्तनपान…
सामुदायिक सेवा केन्द्रको पदेन सदस्य र सल्लाहकारमा इन्सेक
सामुदायिक सेवा केन्द्र सप्तरीको जेठ १३ गते सम्पन्न प्रथम पूर्ण वैठकले इन्सेक सप्तरीलाई पदेन सदस्यमा मनोनयन गरेको छ । नवनिर्वाचित अध्यक्ष धिरेन्द्रकुमार दासको अध्यक्षतामा बसेको वैठकले पहिलो पटक इन्सेक सप्तरीलाई पदेन सदस्यमा मनोनयन गर्नुका साथै इन्सेकबाट दुई जनालाई सल्लाहकारमा चयन गरेको छ । कार्य समितिलाई पूर्णता दिदै गठन गरिएको ५…
मानवअधिकारको विश्वव्यापी आवधिक समिक्षा (युपीआर) को मध्यावधि समिक्षा सम्बन्धी प्रदेश स्तरीय परामर्श कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जेठ ११ गते मानवअधिकारको विश्वव्यापी आवधिक समिक्षा (युपीआर) को मध्यावधि समिक्षा सम्बन्धी प्रदेश स्तरीय परामर्श कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले अधिकार संगसंगै कर्तव्यको पालना गर्नु पनि हरेक नागरिकको दायित्व भएको बताउनु भयो । उहाँले अधिकार र…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नरहा गाउपालिका–४ का २२ वर्षीय नरेस सदालाई जिल्ला प्रहरी कार्यालय सिरहाले जेठ ८ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई जेठ ८ गते यौन दुर्व्यवहार गरेको भन्दै सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य…
अपहरण र शरीर बन्धक घटनाका मुद्दा मुल्तबीमा
राजविराज नगरपालिका–१ पडरियाका २३ वर्षीय अजयकुमार दासलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोप लागेका सोही ठाउँका २७ वर्षीय निजामुद्दिन मियाँ र राजविराज नगरपालिका–८ पानी टंकीका २८ वर्षीय गफार मियाँविरुद्धको मुद्दा जेठ ९ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासले फरार रहेका आरोपितहरूविरुद्धको मुद्दा मुल्तबीमा…