जिल्ला जनस्वास्थ्य कार्यालयको भण्डारणमा नै औषधि अभाव

जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाको भण्डारणमा औषधि अभाव भएको छ । १ सय ४ ओटा उप स्वास्थ्यचौकी, चार ओटा प्राथमिक स्वास्थ्य केन्द्र र दुई ओटा अस्पताल रहेको सिरहामा मधेश आन्दोलनदेखि नै भण्डारणमा औषधिको अभाव हुँदै आएको जिल्ला जनस्वास्थ्य कार्यालयका भण्डारण प्रमुख कामेश्वर रोएता यादवले बताए । उप स्वस्थ्यचौकीहरूबाट माग भएर आएको…

September 3, 2016  
बहुविवाह गरेको आरोपमा उजुरी

गोलबजार नपा-२ की २८ वर्षीया सुनिता पासवानले ३२ वर्षीय पति ध्यानी पासवानले बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारमा भदौ १६ गते उजुरी दिएकी छन् । पीडितका अनुसार ध्यानीले २७ वर्षीया गौरी सदायसँग भदौ १३ गते बहुविवाह गरेको थाहा पाएपछि कारबाहीको माग गर्दै उजुरी गरेको बताइन् । इलाका प्रहरी कार्यालय…

September 2, 2016  
बजेटको कमी छैन, संस्कारको कमी छः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले मधेसको विकासको लागि बजेटको कमी नभएर संस्कारको कमी भएको बताएका छन् । सिरहाको भलुवाहीमा भदौ ८ गते इन्सेकको साझेदार संस्था नेपाल अपाङ्ग समाजद्वारा आयोजित छलफल कार्यक्रममा अध्यक्ष प्याकुरेलले मधेसको विकासका लागि मात्रै सरकारले ३२ अर्व रुपियाँ विनियोजन गरेको बताए । 'नागरिकलाई सही…

August 24, 2016  
कथित बोक्सीको आरोपमा कुटपिट गर्नेविरुद्ध उजुरी

लक्ष्मीपुर गाविस- १ की ३६ वर्षीया रामदुलारी यादवलाई भदौ ३ गते बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा सोही गाविस-९ का ३७ वर्षीय बेचन महतो, ३१ वर्षीय सुलन महतो, २२ वर्षीय रविन्द्र महतो र ४५ वर्षीय सुरज महतोकाविरुद्ध पीडित परिवारले भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका छन् । पीडितका ससुरा…

August 22, 2016  
पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार

लहान नगरपालिका-६ की ४३ वर्षीया बबिता साहलाई हत्या गरेको आरोपमा ४५ वर्षीय पति विशेश्वरप्रसाद साहलाई इलाका प्रहरी कार्यालय लहानले भदौ २ गते राति गिरफ्तार गरेको छ । आरोपितले भदौ २ गते राति १० बजे तिर घरायसी विवादमा बबिता साहलाई सिलौटाले हिर्काउँदा गम्भीर घाइते भएकी थिइन् । झगडा छुटाउने क्रममा ६…

August 20, 2016  
बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

बहुविवाह गरेको कसुरमा लहान नपा-१७ का ३५ वर्षीय हबिब मियाँ र २३ वर्षीया लजिना खातुनलाई जिल्ला अदालतले साउन ३२ गते जनही एक/एक वर्षकैद र २५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश अमृतबहादुर बस्नेतको एकल इजलासले सो फैसला गरेको सिरहाका सरकारी वकिल मनोज आचार्यले बताए । पीडित २५ वर्षीया…

August 18, 2016  
समाचार लेखेको आरोपमा पत्रकारमाथि हातपात

समाचार लेखेको आरोपमा सप्तरी जिल्ला धनगढी गाविस-१ घर भई सिरहाका कान्तिपुर समाचारदाता ३५ वर्षीय देवनारायण साहलाई १ गते फुलकाहाकट्टी-५ घर भई लाहान बस्ने ३४ वर्षीय बिरु भन्ने बिरेन्द्र यादवले हातपात गरेको पीडितले बताए । भदौ १ गतेको कान्तिपुरको चार नम्बर पृष्ठमा बाबा गणपति कन्ट्रक्सन फुलकहाकट्टलिे पशु सेवा केन्द्र भगवानपुरको भवन…

August 18, 2016  
१७ औं अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

१७ औं अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा साउन २८ गते सिरहामा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला युवा समिति सिरहाको आयोजना र इन्सेक, मानवअधिकार संरक्षण केन्द्र सञ्जाल, दलित जनकल्याण युवा क्लब, ओरेक, सहयोगी हातहरू, समग्र जनउत्थान केन्द्र, इह्रिकन, मुक्ति नेपाल, महिला मानवअधिकार रक्षक सञ्जाल, जिल्ला प्रहरी कार्यालय, कृयाशिल महिला पत्रकार…

August 12, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बडहरामाल गाविस-६ का १८ वर्षीय सुरेश मुखियालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले साउन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई साउन ३ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा साउन ४ गते उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी…

July 22, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले धनगढीमाइ नपा-१२ का १८ वर्षीय शिवनारायण महतोलाई साउन ६ गते गिरफ्तार गरी साउन ७ गते मुद्दा दर्ता गरेको छ । पीडित बालिकालाई साउन ४ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले साउन ५ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका थिए…

July 22, 2016