विभिन्न कार्यक्रम सहित ७४ औं अन्तराष्ट्रिय मानवअधिकार दिवस समपन्न
“सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय” भन्ने मुल नाराका साथ मङ्सिर २४ गते सिरहामा विभिन्न कार्यक्रम सहित ७४ औं मानवअधिकार दिवस समपन्न भएको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन लहान नपा, मानवअधिकार संरक्षण केन्द्र (संजाल), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), जिल्ला प्रहरी कार्यालय, शिक्षाका लागि राष्टिय…
विजय जुलुसमा सहभागीले ढुङ्गा मुढा गरेको आरोपमा चक्का जाम
सिरहा क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यमा विजयी भएका एमालेका लिलानाथ श्रेष्ठको बिजय ¥यालीमा सहभागी कार्यकर्ताहरुले मङ्सिर ९ गते नेकपा माओवादी उम्मेदवार तथा निकटतम प्रतिद्वन्दी विश्वनाथ साहको गोलबजारस्थित दाजुको घरमा ढुङ्गामुढा गरेको आरोपमा नेकपा माओवादीका कार्यकर्ताहरुले सिरहाको गेलबजारमा मङ्सिर १० गते बिहान सडक अबरुद्ध गरेका छन् । गोलबजार नगरपालिकाका…
यौन दुर्व्यवहार घटनाको कसुरमा ३ महिना कैद
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतको कात्तिक २१ गतेको आदेशले सिरहा नपा-१५ का २४ वर्षीय झगरु भनिने रामप्रताप यादव र १८ वर्षीय शम्भु यादवलाई जनही तीन महिना कैदको फैसला गरेको छ । न्यायाधीश मनोज केसीको एकल इजलाशले सो फैसला गरेको हो । साथै पीडितलाई १५…
बलात्कार घटनाको कसुरमा जन्म कैदको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतको कात्तिक २१ गतेको आदेशले कर्जन्हा नगरपालिका-१ का २० वर्षीय लक्ष्मण खत्रीलाई जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मनोज केसीको एकल इजलाशले यस्तो फैसला गरेको हो । साथै पीडितलाई ५० हजार रुपियाँ कसुरदारबाट क्षतीपुर्ति भराउने फैसला गरेको छ । खत्रीले…
प्रहरी हिरासतमा यातना दिएको घटनाका आरोपित प्रहरीलाई कारवाहीका लागि सिफारिश
मिर्चैया नगरपालिका-१ की ३३ वर्षीया जिवछी देवी साहलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको प्रहरी हिरासतमा यातना दिएको घटनाको छानविनका लागि गठित समितिले घटनामा संलग्न प्रहरीहरुलाई विभागीय कारवाही गर्न सिफारिशसहितको प्रतिवेदन प्रमुख जिल्ला अधिकारी लालबाबू कवारीलाई कात्तिक २० गते बुझाएका छन् । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिकिशोर प्रसाद चन्द्रवंशिको संयोजकत्वमा गठित…
युरोपियन युनियनका प्रतिनिधि र अधिकारकर्मीबिच मानव अधिकारको अवस्थाबारे छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयको समन्वयमा सिरहा जिल्लाका मानव अधिकार रक्षकहरु र युरोपियन युनियनका प्रतिनिधिहरुबिच असोज ३१ गते लहानमा मानव अधिकारको अवस्था बारेमा छलफल भएको छ । मानव अधिकार अनुगमन तथा अवस्था बुझ्न आएको युरोपियन युनियनको टोली र मानव अधिकार रक्षकबिच मानव अधिकारको अवस्था बारे अन्तर्क्रिया भएको…
हत्या घटनाका आरोपितहरु गिरफ्तार
मिर्चैया नगरपालिका–१ की ६० वर्षीया गुब्दीदेवी साहलाई हत्या गरेको आरोपमा प्रहरीले ७० वर्षीय पति मङ्गल साह र ४० वर्षीय छोरा रामबाबू साहलाई असोज २८ गते गिरफ्तार गरेको छ । असोज १६ गते कर्जन्हा नगरपालिका–१० स्थित उखुबारीमा मृतकको शव हत्या गरिएको अवस्थामा भेटिएको र घटना अनुसन्धानबाट पति र छोराले घरायसी विवादका…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले औरही गाउँपालिका–२ का १९ वर्षीय धिरज सदालाई असोज २२ गते गिरफ्तार गरेको छ । आरोपित सदाले असोज २१ गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा असोज २२ गते उजुरी दिएको पीडित बालकको आमाले बताउनु भयो । पीडित बालकको स्वास्थ्य परीक्षण…
बलात्कार घटनाको कसुरमा ७ वर्ष ६ महिना कैदको फैसला
३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्र्दै जिल्ला अदालतले गोलबजार नपा¬–३ का २८ वर्षीय सञ्जय भनिने विष्णु साहलाई ७ वर्ष ६ महिना कैदको फैसला असोज ६ गते गरेको छ । न्यायाधीश लिलाराज अधिकारीको एकल इजलासले सो फैसला गरेको हो । साथै पीडितलाई ५० हजार रुपियाँ आरोपितबाट क्षतिपुर्ति भराउने फैसला…
बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले सिराहा नपा–६ का ३० वर्षीय विशेस्वर मुखिया विरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ २८ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले भदौ २५ गते बलात्कार प्रयास गरेको पीडित महिलाको आरोप छ । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिराहामा भदौ…