पूर्व राज्यमन्त्रीको हत्या आरोपित गिरफ्तार
मलंगवा नगरपालिका-४ निवासी पूर्व राज्यमन्त्री ७७ वर्षीय रामचन्द्र राय यादवको ०८१ साउन ६ गते राति चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित निजको कृषि फारममा हत्या गरेको आरोपमा दुई जना गिरफ्तार भएका छन् । गिरफ्तार हुनेहरूमा पूर्व राज्यमन्त्री रामचन्द्र राय यादवका भान्से कविलासी नगरपालिका-३ घर भई चन्द्रनगर गाउँपालिका-१ रतनपुर बस्ने २५ वर्षीय रामउजैन राय र साेही…
बलात्कार घटनाको कसुरमा तीन वर्ष कैद
२६ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको कसुरमा हरिवन नगरपालिका-४ का ३२ वर्षीय जमरुदीन अन्सारी र ३४ वर्षीय मो. मकसुद अन्सारीलाई जिल्ला अदालत सर्लाहीले ०८१ साउन १० गते तीन वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले आरोपितहरूलाई तीन/तीन वर्ष कैद सजाय र ३० हजार रुपियाँ पीडितलाई…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-९ का २७ वर्षीय मोना भनिने महेश साह तेलीविरुद्ध इलाका प्रहरी कार्यालय केशरगञ्जमा ०८१ साउन ८ गते पीडित पक्षले उजुरी दिनु भएको छ । घरमा कोही नभएको मौका छोपी असार २८ गते आरोपितले बालिकालाई धाक धम्की दिई बलात्कार गरेको पीडित पक्षले बताउनु भयो । आरोपित…
पूर्व राज्यमन्त्रीको हत्या
मलंगवा नगरपालिका-४ निवासी पूर्व राज्यमन्त्री ७७ वर्षीय रामचन्द्र राय यादवको ०८१ साउन ६ गते राति चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित निजको कृषि फारममा हत्या भएको छ । चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित आफ्नै कृषि फारममा खेत रोपाइँको लागि आउनु भएका पूर्व राज्यमन्त्री यादवले राति खाना खाइसकेपछि उहाँलाई भेट्न तीन जना अपरिचित व्यक्तिहरू आएको मन्त्री…
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा विष्णु गाउँपालिका-६ का ३२ वर्षीय सुबोध कुमार राउतलाई जिल्ला अदालत सर्लाहीले ०८१ असार ३१ गते सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश विनोद कुमार गौतमको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै सात वर्ष कैद र ५० हजार रुपिया पीडितलाई क्षतिपूर्ति…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८१ असार ३० गते बलरा नगरपालिका-२ का ३४ वर्षीय मो. शेख सदिकविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ । असार १३ गते पीडितको घरमा कपडा सिलाउन भनि गएका आरोपितले पीडित एक्लै भएको मौका छोपि धाक धम्की दिई बलात्कार प्रयास…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णु गाउँपालिका-६ का २३ वर्षीय निरज यादवविरुद्ध पीडित पक्षले ०८१ असार २८ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ । पीडित बालिकालाई आरोपितले असार २ गते धाक धम्की दिई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको पीडित पक्षले बताउनु भयो…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
२९ वर्षीया महिलालाई बलात्कार गरेका फरार आरोपित गोडैता नगरपालिका-१ का ३५ वर्षीय रविन्द्र कुमार महतोविरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८१ असार २६ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । आरोपित महतोविरुद्ध जिल्ला अदालतमा ०८० फागुन १४ गते दायर भएको मुद्दा न्यायाधीश विष्णु प्रसाद रेग्मीको इजलासले मुल्तबीमा राख्ने फैसला गरेको श्रेस्तेदार…
बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित लालबन्दी नगरपालिका-३ जब्दीका ३३ वर्षीय मोहन प्रसाद यादवविरुद्ध ०८१ असार २५ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय लालबन्दीमा उजरी दिनु भएको छ । रोजगारीको प्रलोभन र पाँच हजार रुपियाँ नगद दिई ०८१ असार १७ गते बालकलाई भारतको विहार राज्य पटना लग्दै गर्दा गस्तीमा…
दाइजाेकाे निहुँमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
हरिपुर्वा नगरपालिका-४ की २३ वर्षीया सुनिता कुमारी यादवलाई ०८१ असार ६ गते पति २५ वर्षीय मोहनकुमार यादव र सासु ५८ वर्षीया जसियादेवी यादवले थप दाइजाेकाे निहुँमा कुटपिट गरेको आरोपमा पीडित पक्षले ०८१ असार २४ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ । पीडित र आरोपितबीच ०८० असार ७…