बलात्कार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मलङ्गवा नपा–३ का ४४ वर्षीय रामइश्वर साह विरुद्ध चलेको मुद्दामा जिल्ला अदालतले असार ९ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतमा ०७६ मङ्सिर ५ गते दायर भएको मुद्दामा न्यायाधीश विदुर कोइरालाको इजलासले मुल्तबीमा राख्ने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी…

June 23, 2022  
मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा सम्पन

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सङ्कलन गरिएका घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ७ गते मलङ्वामा सम्पन्न भएको छ । सन् २०२२ को जनवरी १ देखि जुन १६ सम्मको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्याद्तीका घटनाको प्रतिवेदन इन्सेक सर्लाही प्रतिनिधिले कार्यक्रममा प्रस्तुत गर्नु…

June 22, 2022  
कांग्रेस कार्यकर्ताको घरमा आगजनी

धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको छ । उक्त समूहले जेठ ८ गते राति ११ बजे पेट्रोल छर्केर लगाएको आगोले अन्नपात, लत्ताकपडा, झ्याल, ढोका, इलेक्ट्रोनिक सामान,…

May 28, 2022  
दाइजो नल्याएको भन्दै कुटपिट, घटनाका आरोपित विरुद्ध उजुरी

मलङ्गवा नपा–७ माइती घर भएकी २१ वर्षीया फुलकुमारी महतोलाई दाइजो बापत एउटा इन्डियन मोटरसाइकल र नगद १ लाख रुपियाँ नल्याएको भन्दै जेठ ७ गते कौडेना गाउँपालिका–७ सक्रौलका २४ वर्षीय पति विजय महतोविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा जेठ १२ गते उजुरी दिनु भएको छ । पतिको कुटपिटबाट फुलकुमारीको बायाँ कान…

May 27, 2022  
बलात्कार कसुरमा नौ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कौडेना गाउँपालिका–५ का ३१ वर्षीय रेहान खान भनिने रहमान खाँलाई जिल्ला अदालतले जेठ ५ गते नौ वर्ष कैद सजायको फैसला गरेको छ । सर्लाही जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासबाट मुद्दाको अन्तिम फैसला गर्दै नौ वर्ष कैद र १ लाख ५० हजार रुपियाँ पीडितलाई…

May 20, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोडैतानगरपालिका–८ सिसौटियाका २१ वर्षीय रामानन्द राय यादवलाई वैशाख ७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई बलात्कार गरेर आरोपित भागेको भन्दै पीडितले चैत १७ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएको पीडितका बुबाले बताए । अरेपितलाई गिरफ्तार गरी आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी…

April 21, 2022  
बलात्कार गरेको कसुरमा ६ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय र १५ वर्षीय बालकलाई जिल्ला अदालतले चैत २३ गते ६ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश ध्रवकुमार पियाको इजलासबाट मुद्दाको अन्तिम फैसला गर्दै ६ वर्ष कैद र ७५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिने गरी फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ…

April 9, 2022  
बलात्कार गरेको मुद्दामा मुद्दा मुल्तबीमा राख्ने फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलङ्गवा नगरपालिका–६ खुटौनाका २८ वर्षीय कलाम अन्सारीलाई जिल्ला अदालतले चैत २३ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । अदालतमा ०७८ मङ्सिर २१ गते दायर भएको सो मुद्दा न्यायाधीश ध्रुवकुमार पियाको इजलासबाट मुल्तबीमा राख्ने फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनु भयो ।…

April 8, 2022  
अपहरणपछि हत्या घटनाका आरोपित गिरफ्तार

मलङ्गवा नपा–१२ स्थित गम्हरियाका आठ वर्षीय आकाशकुमार ठाकुर भनिने मिठुकुमार ठाकुरलाई चैत २० अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले मलङ्गवा नपा–१२ का ४२ वर्षीय नेबालाल ठाकुर, सोही ठाउँका ३५ वर्षीय राकेश ठाकुरलाई चैत २४ गते गिरफ्तार गरेको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत २२ गते लिखित उजुरी दिएको…

April 8, 2022  
नचिनेका व्यक्तिको समूहद्वारा गोली प्रहार, एक जनाको मृत्यु

मलङ्गवा नगरपालिका–९ स्थित रिङरोडमा चैत २३ गते साँझ ७ बजे भारतीय नागरिक सोनबरसा खण्ड विशनपुर निवासी ३६ वर्षीय ईन्दल महतोलाई नचिनेका व्यक्तिले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । एक्लै मोटरसाइकलमा हिँडिरहेको महतोलाई मलङ्गवा नपा–९ रिङरोड नजिकै एउटै मोटरसाइकलमा आएका तीन जनाको समूहले गोली प्रहार गरेको प्रत्यदर्शीले बताए…

April 7, 2022