बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१९ वर्षीया युवतीलाई अपहरण तथा शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा बिष्णु गाउँपालिका–७ दुलवाका २१ वर्षीय शिवा भनिने शिवकुमार याद विरुद्ध पीडितले जेठ १८ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएकी छिन् । पीडित युवतीलाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको र २३ दिनपछि कथित तल्लो जातको केटीलाई विवाह गर्न…

२०७८ जेष्ठ १९, बुधबार १५:५९ गते  
बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१९ वर्षीया युवतीलाई जेठ ३ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले गोडैता नपा–१२ मधुवनीका २७ वर्षीय सुरेन्द्र राय, ३२ वर्षीय जयलाल राय र भारतको विहार राज्य, सितामढी जिल्ला, थाना मेजरगञ्ज ग्राम पञ्चायत विश्वभरपुर ननकारका २४ वर्षीय धर्मेन्द्र माझीविरूद्ध जेठ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित…

२०७८ जेष्ठ १५, शनिबार १६:५३ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

लालबन्दी नगरपालिका–२ पुर्नवासकी ३२ वर्षीया उषादेवी कर्णलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले हरिवन बस्दै आएका ३५ वर्षीय पति विजयलाल कर्णलाई वैशाख २७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा सिलौटाले टाउकोमा प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदँन कुवरले…

२०७८ बैशाख २९, बुधबार १२:०० गते  
कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरी उजुरी, घाइतेको उपचार हुँदै

मलङ्गवा नगरपालिका–९ निवासी नेकपा एमाले मलङ्गवा नगर सहसचिव ३३ वर्षीय अनिलकुमार महतोलाई वैशाख १८ गते सोही नपा–८ निवासी जनता समाजवादी पार्टीका ३५ वर्षीय कार्यकर्ता सुमन यादवले कुटपिट गरेको भन्दै पीडित पक्षले वैशाख २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित महतोलाई आरोपितले रड र साइकलको चेनले प्रहार गरेको…

२०७८ बैशाख २२, बुधबार २०:०६ गते  
विद्यालयमा लगाइएको ताला खोल्ने विषयमा विवाद, प्रहरी र विद्यार्थीबिच झडप हुँदा सात जना घाइते

हरिपुर्वा नपा–५ स्थित श्री केश्वर गरिव जनता माविमा सिभिल प्राविधिक कक्षातर्फ अध्ययनरत केही विद्यार्थीले सात दिनदेखि शिक्षकको पदमा पवन रायलाई नियुक्तिको माग राख्दै गरेको तालाबन्दी खोलाउन वैशाख ७ गते गएका विद्यार्थीहरूमाथि प्रहरीले लाठी चार्ज गर्दा प्रहरी र विद्यार्थी गरी सात जना घाइते भएका छन् । घाइते हुने विद्यार्थीहरूमा हरिपुर्वा नपा–८…

२०७८ बैशाख ८, बुधबार १६:३९ गते  
दरबन्दी कटौती गरेको भन्दै शिक्षा कार्यालयमा तोडफोड, दुई जना विद्यार्थी घाइते

मलङ्गवा नपा–२ स्थित शिक्षा समन्वय इकाईको कार्यालयमा गोडैता नपा–८ मा स्थित बेनी भोला नमूना माविका विद्यार्थीहरूले तोडफोड गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । शिक्षकको दरबन्दी कटौती गरेको भन्दै चैत ९ गते शिक्षा कार्यालयमा घेराउ गर्न पुगेका विद्यार्थीहरूले शिक्षा कार्यालयमा तोडफोड गरेका हुन् । आन्लोलित विद्यार्थीहरूले कार्यालय तोडफोड गर्न थालेपछि प्रहरीले…

२०७७ चैत्र १०, मंगलवार २०:५७ गते  
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

हरिपुर्वा नपा–३ पुर्वी धनकौलस्थित राष्ट्रिय आधारभुत विद्यालयका शिक्षक चन्द्रनगर गाउँपालिका–३ बरकुर्वाका ३२ वर्षीय राजिब महतोलाई सोही विद्यालयका प्रधानाध्यापक ४३ वर्षीय हरिनारायण कुशवाहासहित पाँच जनाको समूहले चैत ३ गते बिहान ११ बजे कुटपिट गरेको भन्दै पीडितले चैत ४ गते शिक्षा शाखा हरिपुर्वा र जिल्ला प्रशासन कार्यालय मलङ्गवामा उजुरी दिनु भएको छ…

२०७७ चैत्र ७, शनिबार १९:२२ गते  
कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

हरिपुर्वा नपा–९ का ३८ वर्षीय व्यापारी रमेश रायलाई फागुन २९ गते साँझ सोही नपा–८ का जनता समाजवादी पार्टीका ३५ वर्षीय कार्यकर्ता राजकुमार यादवले कुटपिट गरेको भन्दै पीडितकी पत्नी रासकलीया देवी रायले चैत २ गते इलाका प्रहरी कार्यालय हरिपुर्वामा उजुरी दिनु भएको छ । विगत पाँच वर्षदेखि व्यापार/व्यवसाय गर्दै आउनु भएका…

२०७७ चैत्र ४, बुधबार २०:३६ गते  
गाउँपालिका सार्न खोजेको भन्दै गरिएको प्रदर्शनमा झडप हुँदा १२ जना घाइते

चन्द्रनगर गाउँपालिका–७ मा रहेको गाउँपालिका कार्यालय वडा नं. २ स्थित बबरगञ्जमा सार्न खोजेको भन्दै स्थानीय, नेपाली कांग्रेस तथा नेकपाका कार्यकर्ताहरू संयुक्त रुपमा मिली चन्द्रनगर गाउँपाकिलाको कार्यालयमा तालाबन्दी गरी फागुन २१ गते प्रदर्शन गरेपछि प्रहरीले लाठी चार्ज गर्नुका साथै १४ राउण्ड अश्रु ग्याँस प्रहार गर्दा नौ जना घाइते भएको कांग्रेसका पुर्व…

२०७७ फाल्गुन २३, आईतवार १९:११ गते  
अपरिचित व्यक्तिहरूको समूहबाट कांग्रेस कार्यकर्ताको घरमा आगजनी

धनकौल गाउँपालिका–५ छठियाघाटमा नेपाली कांग्रेसका कार्यकर्ता ४४ वर्षीय बिलास महतोको काठको दुईतले घरमा अपचरित व्यक्तिहरूद्वारा आगजनी गरेको आरोपमा पीडितले फागुन १३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिनु भएको छ । फागुन १२ गते राति १० बजे काठ र बाँसको टाटी भएको घरमा अपरिचित व्यक्तिहरूले डिजेल र पेट्रोल छर्केर…

२०७७ फाल्गुन १५, शनिबार २०:३३ गते