बलात्कार घटनाका कसुरदारलाई १० वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा लालबन्दी नगरपालिका–११ का ३२ वर्षीय विकास कापर र लालबन्दी नगरपालिका–५ का २९ वर्षीय रमन कापरलाई जिल्ला अदालत सर्लाहीले माघ १७ गते १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश श्री कविप्रसाद न्यौपानेको इजलासले पीडकलाई १० वर्ष कैद सजाय र ५० हजार रुपियाँ…

२०७९ माघ १८, बुधबार १७:२२ गते  
दाईजो नल्याएको भन्दै कुटपिट गरेको आरोपित विरुद्ध उजुरी

मलङ्गवा नगरपालिका–७ माइती घर भएकी २३ वर्षीया सैमुल खातुनलाई दाइजो बापत एउटा इन्डियन मोटरसाइकल र नगद ५० हजार रुपियाँ नल्याएकोमा गोडैता नगरपालिका–१० सिसौटियाका २५ वर्षीय पति मो.समिर खानले कुटपिट गरेको आरोपमा पीडितले ईलाका प्रहरी कार्यालय गोडैतामा माघ १० गते उजुरी दिएकी छिन् । पतिको कुटपिटबाट खातुनको बायाँ हातमा र बायाँ…

२०७९ माघ ११, बुधबार १३:५३ गते  
बलात्कार प्रयास घटनाका आरोपितबिरुद्ध प्रहरीमा उजुरी

२८ वर्षीया महिलालाई माघ ६ गते हरिपुर्वा नगरपालिका–७ का ३६ वर्षीय रामविनोद यादवले बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले यादवबिरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा माघ ९ गते उजुरी दिनु भएको छ । आरोपितले पीडितको घर देखि पश्चिम रहेको फूलबारीमा आई बलात्कार प्रयास गरेकोे पीडितले बताएकी छिन् । पीडितको स्वास्थ्य परीक्षण माघ…

२०७९ माघ १०, मंगलवार १८:२६ गते  
बलात्कार घटनाका कसुरदारलाई सात वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हरिवन नगरपालिका–९ का ३२ वर्षीय विजय कुमार दनुवारलाई जिल्ला अदालत सर्लाहीले पुस २८ गते सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश कपिलमणी गौतमको इजलासबाट मुद्दाको अन्तिम फैसला गर्दै सात वर्ष कैद र ५० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिने गरी फैसला गरेको जिल्ला…

२०७९ माघ १, आईतवार ०९:४२ गते  
दुर्व्यवहार तथा ज्यान मार्ने धम्की दिने विरुद्ध उजुरी

कविलासी नपा–९ सलेमपुरकी २९ वर्षीया अञ्जली कुमारी साहले आफूलाई दुर्व्यवहार तथा धम्की दिएको आरोपमा मलङ्गवा नपा–४ का ४८ वर्षीया दिनेश राय, कौडेना गापा–७ का ३८ वर्षीया रन्जु देवी राय र उनका पति ४२ वर्षीया मुकेश यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा ०७९ पुस २४ गत उजुरी दिएकी छिन् । पति…

२०७९ पुष २५, सोमबार १८:२९ गते  
अपहरण प्रयास घटनाका आरोपित गिरफ्तार

लालबन्दी नपा–१ नवलपुरमा स्थानीय सुनचाँदी व्यवसायी रामकिशोर साहका छोरा १९ वर्षीय गुड्डु साहलाई पुस २४ गते अपहरण गर्ने प्रयास गरेको आरोपमा भारत देश सितामढी जिल्ला फुल्काहा ग्राम घर  भएका ३६ वर्षीय चुनु महतोलाई ईलाका प्रहरी कार्यालय नवलपुरले घटना स्थलबाट गिरफ्तार गरेको छ । चार जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले लालबन्दी नपा–१ नवलपुर…

२०७९ पुष २५, सोमबार १७:२० गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

इन्सेक सर्लाहीको अयोजनामा पुस ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मलङ्गवामा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि बुधन साहले सर्लाही जिल्लामा सन् २०२२ को जनवरीदेखि हालसम्म अभिलेख गरेका घटनाहरू प्रस्तुत गर्नु भएको थियो प्रतिवेदनमा राज्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घनका घटना…

२०७९ पुष १२, मंगलवार १२:१० गते  
हत्या घटनाका आरोपितविरुद्ध उजुरी

चक्रघट्टा गापा–२ बेल्हीका ७० वर्षीया सागर देवी रायलाई देवर ६५ वर्षीय रामपुकार राय र उनका ४१ वर्षीय छोरा जितेन्द्र राय र ३४ वर्षीया बुहारी अनिता देवी रायले कुटपिट गरि हत्या गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर २७ गते उजुरी दिएको छ । जगाा बाँडफाँडको क्रममा दुई पक्षबीच विवाद…

२०७९ मंसिर २७, मंगलवार १३:२० गते  
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध जिल्ला प्रहरीमा उजुरी

२३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले हरिपुर्वा नपा–३ धनकौलका २६ वर्षीय विक्रम साहविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा मङ्सिर २३ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले मङ्सिर २१ गते पीडितकै घरमा आई यौन दुर्व्यवहार  गरेको र उजुरी दिएको थाहा पाएपछि आरोपित साह ‘फरार’ रहेको जिल्ला प्रहरी…

२०७९ मंसिर २६, सोमबार १३:४७ गते  
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

  ३४ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले ईश्वरपुर नगरपालिका–१४ गौरिशङ्करका ४० वर्षीय मदनकुमार यादवविरुद्ध इलाका प्रहरी कार्यालय केशरगञ्जमा मङ्सिर १९ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले मङ्सिर १४ गते यौन दुर्व्यवहार गरेको उजुरी दिएको थाहा पाएपछि आरोपित यादव 'फरार' रहेको इलाका प्रहरी कार्यालय केशरगञ्जका इन्स्पेक्टर…

२०७९ मंसिर २०, मंगलवार १८:०९ गते