बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको भन्दै पीडितले रामनगर गाउँपालिका–२ खैरबाका ३८ वर्षीय सुमन यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असार २७ गते उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले असार १६ गते बलात्कार प्रयास गरेको पीडित महिलाले इन्सेक जिल्ला प्रतिनिधिलाई बताइन्। घटनापछि आरोपित यादव भारततर्फ भागेकोले खोजी कार्य भइरहेको जिल्ला…

२०७९ असार २८, मंगलवार १५:०२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले बसबरीया गाउँपालिका–४ का २४ वर्षीय राजु भनिने रघुबेन्द्र यादवलाई असार २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असार २३ गते उजुरी दिएको पीडित बालिकाको बुवाले जानकारी…

२०७९ असार २७, सोमबार १९:२७ गते  
बलात्कार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनुषा जिल्ला घर भई हरिपुर नगरपालिका–२ क्याम्पस चोक बस्ने ४२ वर्षीय राकेश महतोविरुद्ध चलेको मुद्दामा सर्लाही जिल्ला अदालतले असार २० गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतमा ०७७ चैत १३ गते दायर भएको मुद्दामा जिल्ला न्यायाधिश ध्रुवकुमार पियाको इजलासले मुल्तबीमा राख्ने फैसला…

२०७९ असार २२, बुधबार १५:१४ गते  
बलात्कार कसुरमा नौ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चक्रघटा गाउँपालिका–६ का ३२ वर्षीय विनोद मुखियालाई जिल्ला अदालत सर्लाहीले असार २० गते नौ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश टेकनाथ गौतमको इजलासबाट मुद्दाको अन्तिम फैसला गर्दै नौ वर्ष कैद र १ लाख २५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिने गरी फैसला गरेको…

२०७९ असार २१, मंगलवार १६:२२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ २२ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएको थियो । पीडितका उजुरीको आधारमा आरोपित यादवलाई गिरफ्तार…

२०७९ असार १७, शुक्रबार १३:४० गते  
बलात्कार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मलङ्गवा नपा–३ का ४४ वर्षीय रामइश्वर साह विरुद्ध चलेको मुद्दामा जिल्ला अदालतले असार ९ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतमा ०७६ मङ्सिर ५ गते दायर भएको मुद्दामा न्यायाधीश विदुर कोइरालाको इजलासले मुल्तबीमा राख्ने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी…

२०७९ असार ९, बिहीबार २०:३७ गते  
मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा सम्पन

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सङ्कलन गरिएका घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ७ गते मलङ्वामा सम्पन्न भएको छ । सन् २०२२ को जनवरी १ देखि जुन १६ सम्मको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्याद्तीका घटनाको प्रतिवेदन इन्सेक सर्लाही प्रतिनिधिले कार्यक्रममा प्रस्तुत गर्नु…

२०७९ असार ८, बुधबार २०:१२ गते  
कांग्रेस कार्यकर्ताको घरमा आगजनी

धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको छ । उक्त समूहले जेठ ८ गते राति ११ बजे पेट्रोल छर्केर लगाएको आगोले अन्नपात, लत्ताकपडा, झ्याल, ढोका, इलेक्ट्रोनिक सामान,…

२०७९ जेष्ठ १४, शनिबार २०:३३ गते  
दाइजो नल्याएको भन्दै कुटपिट, घटनाका आरोपित विरुद्ध उजुरी

मलङ्गवा नपा–७ माइती घर भएकी २१ वर्षीया फुलकुमारी महतोलाई दाइजो बापत एउटा इन्डियन मोटरसाइकल र नगद १ लाख रुपियाँ नल्याएको भन्दै जेठ ७ गते कौडेना गाउँपालिका–७ सक्रौलका २४ वर्षीय पति विजय महतोविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा जेठ १२ गते उजुरी दिनु भएको छ । पतिको कुटपिटबाट फुलकुमारीको बायाँ कान…

२०७९ जेष्ठ १३, शुक्रबार २०:३८ गते  
बलात्कार कसुरमा नौ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कौडेना गाउँपालिका–५ का ३१ वर्षीय रेहान खान भनिने रहमान खाँलाई जिल्ला अदालतले जेठ ५ गते नौ वर्ष कैद सजायको फैसला गरेको छ । सर्लाही जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासबाट मुद्दाको अन्तिम फैसला गर्दै नौ वर्ष कैद र १ लाख ५० हजार रुपियाँ पीडितलाई…

२०७९ जेष्ठ ६, शुक्रबार १३:४१ गते