गोली प्रहार घटनाका चार जना आरोपित गिरफ्तार

सगुन बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र बागमतीको कार्यालय प्रमुख लालबन्दी नगरपालिका–२ स्थित जुटपानी का ३६ वर्षीय साजन कार्कीलाई कात्तिक २ गते गोली प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले भारत शिवहर जिल्ला ग्राम छपराका १९ वर्षीय आलोक सिंह, बैशाली जिल्ला सुल्तानपुर ग्राम १९ वर्षीय शौरभ कुमार यादव, रोतिहारी जिल्ला…

२०७९ कार्तिक ५, शनिबार १४:०७ गते  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्धको उजुरी दर्ता नगरेको पीडितको आरोप

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको भन्दै गोडैता नपा–१० सिसौटीयाका ३३ वर्षीय रामनरेस मण्डलविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असोज २४ गते दिएको उजुरी दर्ता नगरेको पीडितको आरोप छ । पीडित महिलालाई आरोपितले असोज १४ गते पीडित महिलाकै घरमा बलात्कार प्रयास गरेको पीडितले आरोप लगाएकी छन् । अनुसन्धानपछि उजुरी दर्ता गरी…

२०७९ आश्विन २५, मंगलवार १५:२८ गते  
एमाले र माओवादी कार्यकर्ताबीच झडप, तीन जना घाइते

नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच हरिवन नगरपालिका–११ स्थित पाडा बजारमा असोज १५ गते झडप हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा एमालेका हरिवन नगरपालिका–११ का ३२ वर्षीय शेष बच्चु, ३१ वर्षीय साम बहादुर र माओवादीका कार्यकर्ता सोही ठाउँका २९ वर्षीय शेष इस्तीयार घाइते भएका हुन् । घाइते…

२०७९ आश्विन १६, आईतवार १९:०८ गते  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई असोज २ गते बलात्कार गरेको आरोपमा इश्वरपुर नगरपालिका–५ का २४ वर्षीय रामकुमार महतोविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय केशरगञ्जमा असोज ९ गते उजुरी दिएको पीडित बालिकाको बुबाले बताए । पीडित पक्षले दिएको उजुरी दर्ता गरी आरोपित महतोलाई खोजतलास गरिरहेको इलाका प्रहरी कार्यालय केशरगञ्जका इन्स्पेक्टर रोशन थापाले जानकारी…

२०७९ आश्विन १०, सोमबार १९:४८ गते  
खुकुरी प्रहारबाट अनेरास्ववियुका तीन जना कार्यकर्ता घाइते

मलंगवा नगरपालिका–४ शिवसागर चोकस्थित सर्लाही क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेविसङ्घका कार्यकर्ताबिच भदौ ३० गते चुनावको विषयमा विवाद भई झडप हुँदा नेविसङ्घका कार्यकर्ताको खुकुरी प्रहारबाट तीन जना अनेरास्ववियुका कार्यकर्ता घाइते भएका छन् । नेविसङ्घ पक्षका कार्यकर्ताहरूले धारिलो हतियार प्रहार गर्दा अनेरास्ववियुका जिल्ला कोषाध्यक्ष २४ वर्षीय रञ्जित…

२०७९ आश्विन २, आईतवार १५:२७ गते  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले इश्वरपुर नगरपालिका–१३ गौरिशङ्करका ३५ वर्षीय हेमबहादुर श्रेष्ठविरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा भदौ १९ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले भदौ १० गते बलात्कार प्रयास गरेको पीडित महिलाले आरोप लगाएकी छन् । आरोपित श्रेष्ठ घटनापछि फरार रहेकोले खोजी कार्य गरिरहेको इलाका…

२०७९ भाद्र २०, सोमबार १३:५९ गते  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले बरहथवा नगरपालिका–१६ जानकीनगरका ३५ वर्षीय सकलदेव महतोविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा भदौ १२ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले भदौ ५ गते बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप छ । इलाका प्रहरी कार्यालय बरहथवामा पीडित पक्षले उजुरी दिएपछि आरोपित…

२०७९ भाद्र १४, मंगलवार १२:४८ गते  
‘बोक्सी’को आरोपमा कुटपिट गरी अभक्ष कोच्याउने प्रयास, आरोपितविरूद्ध उजुरी

बलरा नपा–१० सुदामा टोलीकी ३६ वर्षीया रितादेवी ठाकुरलाई ‘बोक्सी’को आरोपमा कुटपिट गरी अभक्ष कोच्याउने प्रयास गरेको आरोपमा सोही ठाउँका ३२ वर्षीय चुनचुन भण्डारी र २७ वर्षीय सञ्जय भण्डारीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा साउन २४ गते उजुरी दिएको छ । साउन २२ गते घरमा आएर ‘बोक्सी’को आरोप लगाएर गालिगलौज…

२०७९ श्रावण २५, बुधबार २०:०६ गते  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले पर्सा गाउँपालिका–२ का ३८ वर्षीय रामप्रताप राय यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा साउन ११ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले साउन ७ गते बलात्कार प्रयास गरेको पीडित महिलाले आरोप लगाएकी छन् । आरोपित यादव पर्सा गाउँपालिकाको दक्षिण सीमा भारततर्फ…

२०७९ श्रावण १३, शुक्रबार ०९:०४ गते  
हत्या आरोपमा पति, ससुरा र देवर गिरफ्तार

पर्सा गाउँपालिका–१ सितलपुर टोलकी २१ वर्षीया निशा यादवलाई हत्या गरी धान खेतमा गाडेको आरोपमा प्रहरीले २६ वर्षीय पति बालदत्त भनिने राजेशकुमार राय, ४६ वर्षीय ससुरा रामप्रताप राय र २३ वर्षीय देवर राजु यादवलाई साउन ६ गते गिरफ्तार गरेको छ । जेठ २२ गतेबाट सम्पर्कविहीन भएकी निशा यादवको शव साउन ६…

२०७९ श्रावण ८, आईतवार १४:०१ गते