बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई मङ्सिर १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चार जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा मङ्सिर २० गते गते उजुरी दिएको छ । उजुरी आएपछि बलात्कार घटनाको अनुसन्धान थालिएको र आरोपित दुई जनालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाईले जानकारी दिनु भयो । इन्सेक प्रतिनिधिलाई पीडितले…

२०७८ मंसिर २२, बुधबार १०:४० गते  
कांग्रेसको वडा अधिवेशनमा झडप हुँदा दुई जना घाइते

बलरा नगरपालिका–९ स्थित अचलगढमा मङ्सिर १२ गते नेपाली कांग्रेसको वडा अधिवेशनमा विवाद हुँदा भएको झडपमा दुई जना घाइते भएका छन् । प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्रप्रसाद सिंहका पिएसओ बलरा नगरपालिका–४ निवासी ३२ वर्षीय रामचन्द्र खडका र बलरा नगरपालिका–९ निवासी कांग्रेस कार्यकर्ता ३७ वर्षीय रामचन्द्र महतो…

२०७८ मंसिर १४, मंगलवार ११:३५ गते  
कांग्रेस अधिवेशनको क्रममा निर्वाचन अधिकृतमाथि कुटपिट

मलङ्गवा नगरपालिका–८, सर्लाहीस्थित नेपाली कांग्रेसको वडा अधिवेशनका लागि निर्वाचन अधिकृत खटाउने विषयमा पार्टीका कार्यकर्ताबिच भएको झडपमा अधिवेशनका लागि तोकिएका निर्वाचन अधिकृत दिवाकरराज पाण्डेलाई कुटपिट गरेको पीडितले आरोप लगाउनु भएको छ । वडा अधिवेशनका लागि गरिएको छलफलका क्रममा मङ्सिर २ गते पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ता र वरिष्ठ नेता रामचन्द्र…

२०७८ मंसिर ३, शुक्रबार १३:१३ गते  
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीले उजुरी नलिएको पीडितको आरोप

२९ वर्षीया महिलालाई कात्तिक १० गते हरिवन नपा–९ का सुकदेव कार्की र अन्य नाम थाहा नभएका व्यक्तिहरूले कुटपिट गरी यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक ११ गते इलाका प्रहरी कार्यालय हरिवनमा लिखित उजुरी दिएपनि प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप छ । पीडित महिलालाई आरोपितले कात्तिक ३ गते…

२०७८ कार्तिक १२, शुक्रबार २०:२६ गते  
कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी

ईश्वरपुर नपा–१२ को नेपाल राष्ट्रिय जनता माधयमिक विद्यालयका शिक्षक ३२ वर्षीय जीवन शङ्कर साहलाई असोज २४ गते सोही वडाका नेपाली कांग्रेसका कार्यकर्ता ३४ वर्षीय नागेन्द्र पाख्रिनले कुटपिट गरेको आरोपमा पीडितले कात्तिक ५ गते इलाका प्रहरी कार्यालय केशरगञ्जमा लिखित उजुरी दिनु भएको छ । दशैँको अवसरमा असोज २४ गते ईश्वरपुर नपा–१२…

२०७८ कार्तिक ६, शनिबार २१:१७ गते  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

२८ वर्षीया महिलालाई ब्रह्मपुरी गाउँपालिका–३, भेलहीका वडा सदस्य ३५ वर्षीय नरेश भन्ने राम नरेश कुमार साहले कात्तिक १ गते बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा कात्तिक ३ गते उजुरी दिएकी छन् । घटना लगत्तै आरोपित ‘फरार’ रहेकाले छिटो भन्दा छिटो गिरफ्तार गरी कारवाही पक्रिया अगाडि बढाउने जिल्ला…

२०७८ कार्तिक ४, बिहीबार ०९:४४ गते  
सर्वोच्चको आदेशपछि प्रहरीद्वारा पौडेल हत्याको उजुरी दर्ता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज बागमती नगरपालिका–२ का ४७ वर्षीय कुमार पौडेलको ०७६ असार ५ गते दिउँसो २ बजे लालबन्दी नगरपालिका–१ स्थित लखनदेही नजिकैको जङ्गलमा प्रहरीसँग भएको ‘मुठभेड’मा मृत्य भएको विषयमा मृतककी आमा दुर्गादेवी पौडेलले दिएको उजुरी दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि असोज २० गते जिल्ला…

२०७८ आश्विन २१, बिहीबार १५:२६ गते  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१९ वर्षीया युवतीलाई असोज १४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले गोडैता नपा–१२ मधुवनीका २८ वर्षीय रविन्द्रकुमार यादव र ३१ वर्षीय रामएकवाल राय यादवविरूद्ध असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित पक्षले दिएको उजुरी दर्ता गरी ‘फरार’ रहेका दुई जना आरोपितहरूको खोजी कार्य थालिएको जिल्ला…

२०७८ आश्विन १९, मंगलवार ११:४० गते  
बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

३० वर्षीया महिलालाई ब्रह्मपुरी गाउँपालिका-७, नोकैल्वाका वडा अध्यक्ष ३६ वर्षीय श्यामकुमार यादवले भदौ ५ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा भदौ १३ गते उजुरी दिएकी छन् । आरोपितले यसअघि पनि पटकपटक आफूलाई दुर्व्यवहार गरेको पीडित महिलाले बताउनु भयो । पीडित महिलाको आर्थिक अवस्था कमजोर भएका कारण पति…

२०७८ भाद्र १५, मंगलवार १२:४८ गते  
बालिका हत्या घटनाका आरोपित गिरफ्तार

लालबन्दी नपा–१७ रानिगन्जकी १७ वर्षीया प्रियङ्का भुजेललाई हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २० वर्षीय किसन साह र १९ वर्षीय अनिष दाहाललाई भदौ २ गते गिरफ्तार गरेको छ । साउन ३१ गते राति ९ बजेदेखि हराएकी प्रियङ्काको शव घरदेखि करिब तीन किलोमिटरको दुरीमा रहेको कालिन्जोर खोला किनारमा पुरिएको अवस्थामा भदौ…

२०७८ भाद्र ३, बिहीबार २०:३९ गते