सर्लाहीमा छुट्टा छुट्टै दुई स्थानमा बम विष्फोट
सर्लाहीको कर्मैया र मलङ्गवामा मङ्सिर १८ गते बम विष्फोट भएको छ । जिल्ला सदरमुकाम मलंगवास्थित सर्लाही क्षेत्र नं. २ की स्वतन्त्र उम्मेदवार राधा मौसीको घरमा पार्किङ गरेर राखिएको एच पी १९ सी ९९७३ नम्बरको गाडीभित्र बम विष्फोट भएपनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेश थापाले बताएका छन् ।…
गोली प्रहारबाट सुन व्यापारीको हत्या
सर्लाहीमा पहिचान हुन नसकेका मानिसको गोली प्रहारबाट एक सुन व्यापारीको हत्या भएको राससले जनाएको छ । असोज २४ गते साँझ ७ बजे हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै गरेका कविलासी गाउँपालिका-३ पिपरियाका २७ वर्षीय सुनिल साहको अज्ञात समूहले गोली हानी हत्या गरेको हो । मृतकका पिता नागेन्दर साहका…
काङ्ग्रेस नेता अमरेश सिंहका पिएसओद्वारा फायरिङ
नेपाली काङ्ग्रेस नेता अमरेशकुमार सिंहका अंगरक्षकले गोली चलाएका छन् । उनले सर्लाहीको बलरा नगरपालिका-३ मा एक राउण्ड फायर गरेको स्थानीयले बताएका छन् । स्थानीयले उनी चढेको गाडि घेरेर तोडफोड गर्न लागेको भन्दै अत्मरक्षाका लागि फायर खोल्नु परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कांग्रेस नेता सिंहसहित निर्वाचन गतिविधिको लागि…
सर्लाहीको बलरामा बम विष्फोट, बालिका घाइते
सर्लाहीको बलरामा असोज १ गते बिहान सुतली बम विष्फोट हुँदा एक बालिका घाइते भएकी छिन् । भारतीय सीमा नजिकै पर्ने बलरा नगरपालिका-२ हथियौल जमुनिया टोलमा भएको बम विष्फोटमा स्थानीय जयप्रकाश सहनीकी १० वर्षीया छोरी रस्मिता सहनी घाइते भएकी हुन् । बमको छर्राले लागेर सामान्य घाइते भएकी बालिकाको उपचार प्राथमिक स्वास्थ्य…
निर्वाचन आचारसंहिताको चरम उल्लङ्घन
स्थानीय तहको निर्वाचनलाई स्वच्छ र भयरहित बनाउनका लागि आचारसंहिता पालना गराउन खटिएको केन्द्रीय अनुगमन टोलीले कारबाही अभियान तीव्र बनाएको छ । हरेक स्थानीय तहमा पुगेर अनुगमन गरी आचारसंहिता विपरीतका क्रियाकलाप नियन्त्रण कार्य भइरहेको केन्द्रीय अनुगमन टोलीका उद्धव पुडासैनीले बताए । भदौ २९ गते लालबन्दी, हरिपुर, कविलासी, मलङ्गवा नगरपालिकासहित ब्रम्हपुरी गाउँपालिका…
काङ्ग्रेसको प्रचारप्रसारमा प्रयोग भएको जीपमा अज्ञात समूहद्वारा विष्फोट
नेपाली काङ्ग्रेसबाट हरिवन नगरपालिकाका मेयर पदका उम्मेदवार दिलिप राजभण्डारीको प्रचारप्रसारमा प्रयोग भएको जीपमा अज्ञात समूहले बम विष्फोट गराएको छ । हरिवन नगरपालिका-१० नयाँरोड चोकमा रोकेर राखेको जीपमा भदौ २९ गते राति ८ बजेतिर विआर ०१ पिएफ ६९८७ को स्कर्पियो जीपमा बम विष्फोट गराएको हो । मेयरका उम्मेदवार राजभण्डारी र उपमेयरकी…
नियमन् निकाय सक्रिय नहुँदा आचारसंहिता उल्लङ्घन
स्वाच्छ निर्वाचनका लागि नागरिक अभियानले भदौ २८ गते जिल्ला सदरमुकाम मलङ्गवामा अयोजना गरेको कार्यक्रमका वक्ताहरूले स्थानीय तहको निर्वाचनमा नियमन् निकायको लपारबाहीले गर्दा उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाएका छन् । कार्यक्रममा सहभागी वक्ताहरूले निर्वाचन आचारसंहिता लागू भएपछि नियमन् निकाय सक्रिय नहुँदा सरकार र उम्मेदवारले व्यपक रूपमा अचारसंहिता उल्लङ्घन गरेको बताएका…
अविरल वर्षाले तीन जनाको मृत्यु, राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण सर्लाहीमा तीन जनाको मृत्यु हुनुका साथै एक जना बेपता भएका छन् । सर्लाहीमा बाग्मती खोलाले बगेर हरिवन नगरपालिका-८ स्कुल टोलका ८५ वर्षीय हरिबहादुर सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ । शनिबार साँझ कर्मैयास्थित बागमती पुल नजिकै मृत फेला परेका सुवेदीको आज बिहान सनाखत भएको हो । यस…
बलात्कार घटनाका अरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई असार १५ गते बलात्कार गरेको अरोपमा प्रहरीले लालबन्दी नगरपालिका-१० पत्थरकोटका २५ वर्षीय ज्ञानबाहादुर रुम्बालाई साउन ३ गते गिरफ्तार गरेको छ । घटना असार १५ गतेको भएपनि पीडित पक्षले ढिलो गरी जानकारी गराएपछि प्रहरीले आरोपित रुम्बालाई पत्थरकोटबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । पीडित पक्षले…
कथित बोक्सी आरोपमा महिलालाई दुर्व्यवहार
बागमती नगरपालिका-३ धरहराकी ३६ वर्षीया सुनिता मोक्तानलाई छिमेकी दुई जना महिलाले कथित बोक्सीको आरोप लगाउँदै कुटपीट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित महिलालाई साउन ३ गते कुटपिटबाट गम्भीर घाइते भएकी मोक्तानलाई नमूना अस्पताल हरिवनमा सामान्य उपचार गरी भरतपुर 'रिफर' गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । कुटपिटमा…