कथित बोक्सी आरोपमा महिलालाई दुर्व्यवहार

बागमती नगरपालिका-३ धरहराकी ३६ वर्षीया सुनिता मोक्तानलाई छिमेकी दुई जना महिलाले कथित बोक्सीको आरोप लगाउँदै कुटपीट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित महिलालाई साउन ३ गते कुटपिटबाट गम्भीर घाइते भएकी मोक्तानलाई नमूना अस्पताल हरिवनमा सामान्य उपचार गरी भरतपुर 'रिफर' गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । कुटपिटमा…

July 19, 2017  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले मानव अधिकार रक्षाका लागि पीडित केन्द्रित भएर अधिकारकर्मी सक्रिय हुनु पर्ने बताएका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कँडेलले मानव अधिकार उल्लङ्घनको घटना मात्रै खाज्नु भन्दा मुख्य समस्या पत्ता लगाएर…

June 25, 2017  
स्वच्छ निर्वाचनका लागि इमन्दारिता आवश्यकः सरोकारवाला

स्च्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा जेठ ३१ गते सर्लाहीको हरिवनमा आयोजित 'मानव अधिकार र निर्वाचन' विषयक अन्तरक्रिया कार्यक्रममा आसन्न निर्वाचनलाई स्वच्छ तथा मर्यादित बनाउन राजनीतिक दल र उम्मेदवारले संयमता अपनाउनु पर्नेमा वक्ताहरूले जोड दिएका छन् । अन्तरक्रिया कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले निर्वाचन गराउन…

June 15, 2017  
सर्लाहीमा उपेन्द्र यादवलाई सभा स्थलमा जान राजपाको अवरोध

सर्लाहीको विष्णुपुर-५ मधुवन गोठ बजारमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सभा स्थलमा जान राजपाका कार्यकर्ताले अवरोध गर्नुका साथै कालो झण्डा देखाउँदै विरोध जनाएका छन् । जेठ २८ गते मधुवन गोठ बजारमा सङ्घीय समाजवादी फोरमले आयोजना गरेको कार्यकर्ता पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष…

June 11, 2017  
सर्लाहीबाट सात वर्षीय बलाक अपहरित

सर्लाहीको बरहथवा गाउँपालिका-६ निवासी चौपाया ब्यपारी पुकार यादवको सात वर्षीय छोरा राकेश यादवलाई भारतीय नम्बर प्लेटको मोटर साइकल चढेर आएका दुई जनाले अपहरण गरी बेपत्ता बनाएका छन् । जेठ १५ गते सोमबार साँझ घर अगाडि खेलिरहेका बालकलाई अपहरण गरी बेपत्ता बनाएको इलाका प्रहरी कार्यालय बरहथवाका इन्स्पेक्टर ललनप्रसाद कुर्मीले बताए ।…

May 31, 2017  
इन्सेकको पहलमा ६० जना मूसहर बालवालिका विद्यालय भर्ना

राज्यबाट निःशुल्क शिक्षा प्रदान गरेपनि विद्यालयको पहुँचबाट वञ्चित सर्लाहीका ६० जना बालबालिकालाई इन्सेकको सहयोगमा भर्ना गरिएको छ । तराई मधेसका जिल्लामा गरिबीको रेखामूनि रहेका मुसहर जातका बालबालिका विद्यालय भर्ना हुन सकेका थिएनन् । जिल्ला शिक्षा कार्यालयले नयाँ शैक्षिक सत्रमा भर्ना अभियान चलाएपनि गरीब विपन्न दलित मुसहर बस्तीका बालबालिका विद्यालय बाहिर…

May 23, 2017  
कालाजार रोगको उपचारमा लापारबाही, एक वर्षमा सात जनाको मृत्यु

अस्पतलमा निःशुल्क उपचार हुने कालाजार रोगको उपचारमा स्वास्थ्य संस्थाहरूले लापरबाही गरेका कारण एक वर्षमा सात जनाको मृत्यु भएको इश्वरपुरका स्थानीयले आरोप लगाएका छन् । इश्वरपुर-२ राइटरखोरका मुसहर बस्तीका मुसहरहरू भक्तिपुर स्वास्थ्य चौकीमा जाँदा उपचार पाउन नसकेको गुनासो गरेका छन् । समयमा सही उपचारको अभाव हुँदा आठ घरधुरी रहेको मुसहर बस्तीमा…

April 12, 2017  
धारिलो हतियार प्रयोग गरी ६५ वर्षीया महिलाको हत्या

फुलपरासी गाविस-४ की ६५ वर्षीया नुनुदेवी रायलाई माघ २ गते धारिलो हतियार प्रहार गरी हात्या गरेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय र्सलाहीका डिएसपी सिताराम रिजालले बताएका छन् । पीडित महिलाका पति रामपुकार रायको मृत्यु भएको एक महिना नबित्दै माघ २ गते राति विभत्स तरिकाले हत्या भएको प्रहरीले जनाएको छ…

January 16, 2017  
नबालक छोराको हत्यापछि आमाद्वारा आत्महत्या

बरहथवा-११ हिरापुर की २२ वर्षीया सविता पालले पुस २१ गते पाँच वर्षीय छोरा अमन पाललाई विष खुवाएर हत्या गरी आफूले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । विष सेवन गराइएका तीन वर्षीय छोरा प्रिन्स पालको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सिताराम रिजालले बताए । प्रिन्सलाई…

January 5, 2017  
नाबालिका छोरीको हत्या गरी आमाद्वारा आत्महत्या

पिपरिया–३ की ३० वर्षीया गुन्द्रदेवी पण्डितले गरिबीका कारण १० वर्षीया छोरी चन्दाकुमारी पण्डितको हत्या गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पुस १८ गते घरको ढोका बन्द गरी गुन्द्रदेवीले १३ वर्षीया छोरी पुजाकुमारी, चन्दा कुमारी, तीन वर्षीया राधा कुमारीलाई विष खुवाएर आफू पनि विष सेवन गरी आत्म…

January 4, 2017