चिकित्सकको लापरवाहीका कारण बिरामी मार्कामा
मलङ्गवा नपा–८ स्थित सर्लाही जिल्ला अस्पतालको लापरवाहीका कारणले गर्दा सेवाग्राही बिरामीहरू मार्कामा पर्ने परेका छन् । अस्पतालमा स्वास्थ्यकर्मीले बिरामीहरूको कुनै हेरचाह नगरेको तथा सलाइन पानी सकिन लागेको भएतापनि ध्यान नदिएको र बिरामीको अवस्था गम्भीर हुने गरेको कविलासी नगरपालिकाका बिरामी महेन्द्र रायका कुरूवा ३२ वर्षीय छोरा दिनेश राय यादवले बताए ।…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बलरा नगरपालिका–६ मिर्जापुरका २३ वर्षीय राकेश यादवलाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ३० गते यौन दुर्व्यवहार गर्दैगर्दा बालिका कराएको आवाज सुनी छिमेकीहरूले इलाका प्रहरी कार्यालय बलरा, सर्लाहीमा जानकारी गराएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला…
स्थानीय र प्रहरीबिच भएको झडपमा एकको मृत्यु, आठ जना घाइते
इश्वरपुर नगरपालिकास्थित बाँके चोकमा प्रहरी र स्थानीय बिच असार १५ गते झडप हुँदा प्रहरीको गोली लागेर इश्वरपुर नपा–१३ श्रीनगरका २७ वर्षीय सरोज सिंह भनिने देवन महतोको मृत्यु भएको छ । उनको टाउकोमा गोली लागेको थियो । झडपमा इश्वरपुर नगरपालिकाका वडा अध्यक्ष ३४ वर्षीय रामकरण महतो, २६ वर्षीय राजकुमार महतो र…
अपरिचित व्यक्तिहरूको समूहको गोली प्रहारबाट एक जना मजदुर घाइते
लालबन्दी नपा–१ नबलपुर बस्ने ३० वर्षीय जयनाथ महतोलाई असार १४ गते अपरिचित व्यक्तिहरूको समूहले गोली प्रहार गरी घाइते बनाएको छ । लालबन्दी नपा–१ नवलपुरमा ब्रह्मस्थानको मन्दिर निर्माणमा मजदुरीको काम गर्दै गरेको अवस्थामा महतोलाई मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरेको हो । महतोको दाहिने हातमा गोली लागेको छ ।…
प्रहरीको गोलीबाट विप्लव नेतृत्वको नेकपाका सर्लाही इञ्चार्जको मृत्यु
बागमती नगरपालिका–२ निवासी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज ४७ वर्षीय कुमार पौडेलको असार ५ गते दिउँसो प्रहरी कारवाहीमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले असार ५ गते विज्ञप्ति जारी गरी यस घटनाको पुष्टि गरेको हो । लालबन्दी नगरपालिका–१ लखनदेवी जङ्गलमा दुई ओटा मोटरसाइकलमा…
दाइजो नल्याएको भन्दै कुटपिट, प्रहरी प्रशासन मौन
कौडेना गाउँपालिका–५ छप्कहीया टोलकी २३ वर्षीया रिन्कीदेवी यादवलाई ०७६ वैशाख २९ गते २७ वर्षीय पति रामविश्वास राय यादवले २० लाख रुपियाँ दाइजो नल्याएको भन्दै कुटपिट गरी झुण्ड्याएर हत्या प्रयास गरेको घटना एक महिना नाघ्दासमेत प्रहरी प्रशासन मौन रहेको पीडित पक्षको आरोप छ । घाइते रिन्कीदेवीको उपचार सर्लाही जिल्ला अस्पताल मलङ्गवामा…
पोखरीको ठेक्कामा समावेश नगराएको भन्दै राजपा कार्यकर्ताद्वारा कुटपिट
कौडेना गाउँपालिका–६ सक्रौलका ४४ वर्षीय नागेन्द्र सहनी मल्लाहलाई जेठ ३१ गते पोखरीको ठेक्कापटामा समावेश नगराएको भन्दै राजपा नेपालका कार्यकर्ताहरू कौडेना गाउँपालिका–६ सक्रौल ब्रहम टोलका ३६ वर्षीय विजय राय, ४० वर्षीय सन्तोष राय, ४८ वर्षीय सुरेन्द्र सहनी, ५२ वर्षीय रामपुकार राय यादव, ५५ वर्षीय वीरेन्द्र राययादव र सोनफी सहनी मलाहले कुटपिट…
कुटपिट घटनाका आरोपित विरूद्ध उजुरी
मलङ्गवा नपा–२ की ५४ वर्षीया मिनादेवी ठाकुरलाई हजामको कार्य तथा नङ नकाटिदिएको आरोपमा सोही ठाउँका २४ वर्षीय रञ्जितकुमार राय, २५ वर्षीय नागेन्द्रकुमार महतो र ३२ वर्षीय पप्पु साहले कुटपिट गरेको भन्दै पीडित पक्षले जेठ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । कुटपिटबाट मिनादेवी ठाकुरको दाहिने हात भाँचिएको छ…
पत्रकार दियालीमाथि कुटपिट
लालबन्दी नगरपालिका परवानीपुर निवासी सामुदायिक रेडियो सर्लाही हरिवनका स्टेशन म्यानेजर ३२ वर्षीय सोम दियालीलाई माघ २९ गते बिहान ११ बजे एक समूहले कुटपिट गर्दा घाइते भएका छन् । घाइते पत्रकारको अनुहारलगायत शरीरको विभिन्न अङ्गमा चोट लागेको छ । उनको स्वभिमान अस्पताल हरिवनमा उपचारपछि थप उपचारका लागि काठमाडौँ लगिएको पत्रकार टङ्क…
निर्वाचित वडा अध्यक्षसहित गाउँलेबाट कुटिए दलित युवा, उल्टै १४ लाख रुपियाँको तमसुक
बह्रम्पुरी गाउँपालिका–८ पिरारीका १८ वर्षीय जयनाथ राम चमार एक दलित युवकले गैरदलित युवतीसँग पे्रम सम्बन्ध राखेको भन्दै निर्वाचित वडा अध्यक्षसहित गाउँलेहरूले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । कुटपिट मात्रै हैन उल्टो १४ लाख रुपियाँको कपाली तमसुक समेत बनाए । ब्रहम्पुरी गाउँपालिका–६ निवासी १८ वर्षीय जयनाथ राम चमार र स्थानीय…