नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मलङ्गवामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ११ गते सम्पन्न गरिएको छ । समिक्षा कार्यक्रम जिल्ला प्रशासन कार्यलय, मलगंवा सर्लाहीको प्रशासकीय अधिकृत हरिकिशोर प्रसाद चन्द्रवंशीको अध्यक्षता, जिल्ला प्रहरी कार्यलय, सर्लाहीको मुदाफाटको इन्सपेक्टर कुन्दन देवको अतिथि तथा…
इन्सेकलगायत विभिन्न सङ्घ संस्थाले गरे बहोअर्वा घटनाको अनुगमन
रामनगर गाउँपालिका–४ बहोअर्वामा कात्तिक १२ गते वडा अध्यक्षमाथि १५/१६ जनाको समूहले आक्रमण गरी घाइते बनाएको र भोलिपल्ट १३ गते गोली प्रहारबाट ५६ वर्षीय रामविलास महतोको मृत्यु भएको थियो । एक जनाको मृत्यु र गोलीको छर्राबाट सात जना घाइते भएका उक्त घटनाको अनुगमनका लागि इन्सेकलगायत विभिन्न सङ्घसंस्थाले कात्तिक २० गते घटनास्थल…
वडा अध्यक्षलाई कुटपिट गरेको आरोपमा एक जना गिरफ्तार
रामनगर गाउँपालिका–४ बहोअर्वाका वडाध्यक्ष रामनरेश महतोलाई कुटपिट गरेको आरोपमा उपेन्द्र राय यादवलाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ । घरबाट वडा कार्यलय गइरहेका वडाध्यक्ष महतोलाई बिच बाटोमा कात्तिक १२ गते यादवलगायत १५÷१६ जनाले कुटपिट गरेको पीडित पक्षको आरोप छ । कुटपिटबाट घाइते भएका वडा अध्यक्ष महतोको टाउको, गोडा, डाढमा…
सामूहिक बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
४५ वर्षीया महिलालाई हरिपुर नपा–३ फरहदवाका ३४ वर्षीय शेख मोतिबुन, ३५ वर्षीय गङ्गाधर साह तेली र एक जना परिचय नखुलेका व्यक्तिले सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितहरूले कात्तिक ८ गते राति महिलाको मुख थुनी आँखामा पट्टी बाँधेर…
गोली प्रहारबाट मारिएका रामविलासको शव परिवारले बुझेन
कात्तिक १३ गते नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा गोली लागी मृत्यु भएका रामनगर गाउँपालिका–४ बहुअर्वाका ५६ वर्षीय रामविलास महतोको शव मृतकको परिवारले बुझ्न मानेको छैन । मृतकलाई सहिद घोषणा गर्नुपर्ने, हत्यारालाई छिटो भन्दा छिटो गिरफ्तार गर्नुपर्ने, मृतकको परिवारलाई उचित राहत दिनुपर्ने, घाइतेहरूको उपचारमा लाग्ने सम्पुर्ण खर्चहरू सरकारले व्येहोर्नुपर्ने मागहरू…
नेकपा र कांग्रेस कार्यकर्ताबिच भएको झडपमा गोली चल्दा एकको मृत्यु
नेकपा र कांग्रेस कार्यकर्ताबिच कात्तिक १३ गते रामनगर गाउँपालिका-४ बहुवर्बामा भएको झडपमा गोली प्रहार गर्दा सोही ठाउँका ५६ वर्षीय रामविलास महतोको मृत्यु भएको छ । गोली कुन पक्षबाट चलेको हो एकिन नभएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कुन्दन देवले बताए । घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए । महतोको मुख र…
रामनगर गाउँपालिकाका वडा अध्यक्षमाथि कुटपिट
रामनगर गाउँपालिका-४ का वडा अध्यक्ष रामनरेश महतोमाथि पहिचान नखुलेका व्यक्तिहरूले कात्तिक १२ गते कुटपिट गरी घाइते बनाएका छन् । वडा अध्यक्ष दिनहुँ वडा कार्यालय जाने तालिका अनुसार घरबाट वडा कार्यलय गइरहेको बेला वडा नं. ४ को बहोर्वामा रोकी पहिचान नखुलेका करिब १५-१६ जनाको सामूहले कुटपिट गरी घाइते बनाएको पीडितले बताए…
उजुरी दिएको साढे दुई महिना बितिसक्दा पनि दर्ता नगरेको भन्दै विरोध
विष्णपुर गाउँपालिका-२ का ३४ वर्षीय अजय रामलाई पानी छोएको आरोपमा जातीय विभेद गरेको घटनाका आरोपित सोही वडाका वडा अध्यक्ष ४५ वर्षीय सञ्जय साहविरूद्ध पीडितले दिएको उजुरी प्रहरीले दर्ता नगरेको भन्दै पीडित तथा दलित अधिकारकर्मीहरूले कात्तिक ११ गते जिल्ला सदरमूकाम मलङ्गवामा विरोध प्रदर्शन गरी जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।…
जातीय विभेद गरेको भन्दै वडा अध्यक्षविरूद्ध प्रहरीमा उजुरी
विष्णु गाउँपालिका-२ का ३४ वर्षीय अजय रामलाई पानी छोएको आरोपमा जातीय विभेद गरेको भन्दै सोही वडाका वडाध्यक्ष ४५ वर्षीय सञ्जय साहविरूद्ध पीडितले साउन २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । वडा कार्यालय सहयोगी नागेन्द्र चौधरीले टेबुलमाथि राखेको जगको पानी पीडित रामले खाइरहेको देख्दा वडा अध्यक्ष साहले-'चमार जाति भएर…
काङ्ग्रेस र राजपा कार्यकर्ताबिच झडप, दुई जना घाइते
नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताबिच मङ्सिर २५ गते सर्लाही सदरमुकाम मलङ्गवमा मतगणनाको विषयमा विवाद भएपछि झडप भएको छ । विवादपछि मतगणना भइरहेको स्थल सर्लाही क्याम्पस अगाडि काङ्ग्रेस र राजपा नेपालका कार्यकर्ताबिच झडप हुँदा दुई जना घाइते भएका छन् । झडपमा परी ३५ वर्षीय कपलेश्वर मण्डल र ५०…