नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पुर्व वार्षिक समीक्षा सम्पन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सर्लाहीद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ६ गते मलङ्गवामा सम्पन्न गरिएको छ । कार्यक्रममा सन् २०२० मा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना प्रतिवेदन इन्सेक जिल्ला प्रतिनिधि बुधान साहले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनमा राज्यबाट भएको…

December 23, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको मुज्जफरपुर घर भइ हाल सर्लाहीस्थित ससुराली घरमा बस्दै आएका ३५ वर्षीय बाबुलाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गरेको आरोपमा मङ्सिर १४ गते इलाका प्रहरी कार्यालय हरिपुरमा निवेदन दिएको पीडितकी आमाले बताइन् । बालिकालाई आरोपितले पछिल्लो…

December 1, 2020  
चोरीको आरोपमा वडा अध्यक्ष लगायतद्वारा कुटपिट, आरोपितविरुद्ध प्रहरीमा उजुरी

इश्वरपुर नपा–९ का १९ वर्षीय गोविन्द माझीलाई चोरी गरेको आरोपमा सोही वडाका वडा अध्यक्ष ३९ वर्षीय अमिरिलाल साह, सोही ठाउँका ३६ वर्षीय रामचन्द्र महतो र ३४ वर्षीय भरत महतो सुडीले कुटपिट गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ । चोरको झूठो आरोप लगाएर कुटपिट गरेको भन्दै पीडितकी ६५ वर्षीया…

November 1, 2020  
कुटपिट घटनाका आरोपित डिएसपीविरुद्ध उजुरी, प्रहरीद्वारा अस्वीकार

बसबरीया गाउँपालिका–५ का २५ वर्षीय सुनिल यादवलाई कातिक २ गते इलाका प्रहरी कार्यालयका डिएसपी उद्धबसिंह भाटले कुटपिट गरी घाइते बनाएको भन्दै पीडित पक्षले कात्तिक ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । तर, जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गर्न नमानेको पीडितका ४६ वर्षीय बाबु भागिरथ रायले जानकारी दिनु भयो…

October 21, 2020  
कांग्रेस कार्यकर्ता र सुरक्षाकर्मीबिच झडप, नौ जना घाइते

नेपाली कांग्रेसका कर्याकर्ता र सुरक्षाकर्मीबिच असोज २८ गते मलङ्गवामा झडप भएको छ ।  रामनगर गाउँपालिका–७ का ६४ वर्षीय कार्यकर्ता महेन्द्र रामको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै कांग्रेसका नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गर्दै सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रहरी कार्यालयमा प्रवेश गर्न खोज्दा झडप भएको प्रहरीले जनाएको हो । झडपमा जिल्ला प्रहरी कार्यालयका…

October 16, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई साउन ५ गते बलात्कार गरेको आरोपमा प्रहरीले लालबन्दी नपा–७ का २५ वर्षीय सुमन बिकलाई भदौ २५ गते गिरफता्र गरेको छ । आरोपित बिकलाई लालबन्दी नगरपालिका अन्तर्गत परवानीपुरबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर नारायण थापाले बताउनु भयो । लालबन्दीस्थित एक होटलमा भाँडा माझ्ने मजदुरी गर्दै आएकी…

September 11, 2020  
ढुङ्गा प्रहार गरी आमाको हत्या, आरोपित छोरा गिरफ्तार

लालबन्दी नपा–२ पुनर्वासका ५० वर्षीय उर्मिला पासवानलाई भदौ ८ गते ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा ३२ वर्षीय छोरा राजवीर पासवानलाई सोही दिन गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी मदन कुँवरले बताउनु भएको छ । मादक पदार्थ सेवन गरी छोरा राजीरले ५३ वर्षीय बुवा उपेन्द्र पासवानलाई पनि ढुङ्गा प्रहार…

August 25, 2020  
नेकपा र कांग्रेस कार्यकर्ता बिच झडप, १८ जना घाइते

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ता र नेपाली  कांग्रेस कार्यकताहरू बिच धनकौल गाउँपालिका–२ हरकठवामा असार १४ गते साँझ झडप हुँदा गोलीको छर्रा लागेर १५ जना घाइते भएका छन् । झडपका क्रममा तीन जनालाई चोटपटक लागेको छ । गोलीको छर्रा लागी घाइते हुनेहरूमा  कांग्रेस कार्यकर्ता धनकौल गाउँपालिका–२ हरकठबाका ६५ वर्षीय रामचन्द्र हजारी, ५५…

June 29, 2020  
हत्या गरिएको अवस्थामा नेकपा कार्यकर्ताको शव फेला

रामनगर गाउँपालिका–४ बैरिया टोल निवासी नेकपाका कार्यकर्ता ४० वर्षीय रामजुलुम राय यादवको हत्या गरिएको अवस्थामा असार ७ गते बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी मदन कुँवरले जानकारी दिनु भएको छ । दुवै हात–गोडा बाँधिएको अवस्थामा उहाँको खेतमा शव फेला परेको हो । रामनगर गाउँपालिका–४ बैरिया टोलका ३४…

June 21, 2020  
प्रहरी कारवाहीमा मृत्यु भएका पौडेलकी आमाद्वारा किटानी उजुरी

बागमती नपा–२ निवासी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज ४७ वर्षीय कुमार पौडेललाई प्रहरीले हत्या गरेको भन्दै मृतक पौडेलकी आमा दुर्गा देवी पौडेलले जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीमा माघ २४ गते जिल्ला हुलाक कार्यालयमार्फत किटानी उजुरी दिनु भएको छ । मृतक पौडेलकी आमा दुर्गादेवीले…

February 7, 2020