कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

हरिपुर्वा नपा–९ का ३८ वर्षीय व्यापारी रमेश रायलाई फागुन २९ गते साँझ सोही नपा–८ का जनता समाजवादी पार्टीका ३५ वर्षीय कार्यकर्ता राजकुमार यादवले कुटपिट गरेको भन्दै पीडितकी पत्नी रासकलीया देवी रायले चैत २ गते इलाका प्रहरी कार्यालय हरिपुर्वामा उजुरी दिनु भएको छ । विगत पाँच वर्षदेखि व्यापार/व्यवसाय गर्दै आउनु भएका…

March 17, 2021  
गाउँपालिका सार्न खोजेको भन्दै गरिएको प्रदर्शनमा झडप हुँदा १२ जना घाइते

चन्द्रनगर गाउँपालिका–७ मा रहेको गाउँपालिका कार्यालय वडा नं. २ स्थित बबरगञ्जमा सार्न खोजेको भन्दै स्थानीय, नेपाली कांग्रेस तथा नेकपाका कार्यकर्ताहरू संयुक्त रुपमा मिली चन्द्रनगर गाउँपाकिलाको कार्यालयमा तालाबन्दी गरी फागुन २१ गते प्रदर्शन गरेपछि प्रहरीले लाठी चार्ज गर्नुका साथै १४ राउण्ड अश्रु ग्याँस प्रहार गर्दा नौ जना घाइते भएको कांग्रेसका पुर्व…

March 7, 2021  
अपरिचित व्यक्तिहरूको समूहबाट कांग्रेस कार्यकर्ताको घरमा आगजनी

धनकौल गाउँपालिका–५ छठियाघाटमा नेपाली कांग्रेसका कार्यकर्ता ४४ वर्षीय बिलास महतोको काठको दुईतले घरमा अपचरित व्यक्तिहरूद्वारा आगजनी गरेको आरोपमा पीडितले फागुन १३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिनु भएको छ । फागुन १२ गते राति १० बजे काठ र बाँसको टाटी भएको घरमा अपरिचित व्यक्तिहरूले डिजेल र पेट्रोल छर्केर…

February 27, 2021  
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई माघ २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले हरिपुर नपा–६ हरिपुर बस्ने २४ वर्षीय सिकिन्द्र राय यादव विरुद्ध इलाका प्रहरी कार्यालय हरिपुरमा माघ २४ गते उजुरी दिएको छ । आरोपित यादवविरुद्ध इलाका प्रहरी कार्यालय हरिपुरमा लिखित उजुरी दिएको पीडित बालिकाको बुवाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य…

February 9, 2021  
प्रहरी हस्तक्षेपका कारण आन्दोलनमा सहभागी तीन विद्यार्थी घाइते

नियमित पठन–पाठन नभएको, अतिरिक्त क्रियाकलाप अन्तर्गत भ्रमण खर्च नदिएको र विद्यालयमा भौतिक संरचना व्यवस्थित नहुँदा पठनपाठनमा समस्या भएको भन्दै माघ १८ गते प्रर्दशन गरिरहेका विद्यार्थीहरुमाथि प्रहरीले हस्तक्षेप गर्दा चक्र जनता सहिद गङ्गा माध्यमिक विद्यालयका तीन जना विद्यार्थी घाइते भएका छन् । प्रहरीको लाठी चार्जबाट बरहथवा नपा–४ का १४ वर्षीय अभिशेक…

February 1, 2021  
जातीय विभेद घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

कबिलासी नपा–७ का २२ वर्षीय महेश पासवनलाई जातीय विभेद गरेको आरोपमा कबिलासी नपा–८ का ३६ वर्षीय रामपृत ठाकुरविरुद्ध पीडितले इलाका प्रहरी कार्यलय हरिपुरमा दिएको उजुरी पुस २७ गते दर्ता भएको छ । ठाकुरले जातीय विभेद र अपमान गरी धम्की दिएको भन्दै न्यायको लागि इलाका प्रहरी कार्यालय हरिपुरमा पुस २० गते…

January 12, 2021  
चक्रघट्टा गाउँपालिकामा नेकपा र कांग्रेसका कार्यकर्ताबिच झडप, सात जना घाइते

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्डनेपाल समूह) का कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबिच पुस २६ गते झडप हुँदा सात जना घाइते भएका छन् । चक्रघट्टा गाउँपालिका अध्यक्ष विक्रम यादव पक्षले चक्रघट्टा गाउँपालिका–६ गोहियाहीका ६१ वर्षीय रामजिनिस साहलाई कुटपिट गरेको विषयमा दुई पक्षबिच झडप भएको हो । झडपका क्रममा दुई पक्षबिच ढुङ्गा हानहान…

January 12, 2021  
विद्यार्थीहरूले तालाबन्दी गरेपछि बरकुर्वामा १६ दिनदेखि पठनपाठन बन्द

चन्द्रनगर गाउँपालिका–३ बरकुर्वास्थित श्री राम आधारभूत विद्यालयमा आन्दोलित विद्यार्थीहरूद्वारा पुस ९ गतेदेखि तालाबन्दी गरिएको छ । विद्यालय बन्द हुँदा १६ दिनदेखि विद्यालयको पठनपाठन ठप्प रहेको छ । विद्यालयमा व्यापक राजनीतिक चलखेलका कारणले भौतिक संरचना, शौचालय, खानेपानी, डेस्कबेञ्च, सरसफाईको अभावमा विद्यालयको कक्षा कोठा तथा मैदान फोहोर र दुर्गन्धित भएको भन्दै विद्यालयमा…

January 12, 2021  
बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई पुस २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इश्वरपुर नपा–११ रामनगर बस्ने २६ वर्षीय राहुलकुमार महतोविरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा पुस २६ गते उजुरी दिएको छ । बलात्कार घटनाका आरोपित महतोविरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा लिखित उजुरी दिएको पीडित बालिकाको बुवाले बताउनु भयो । घटनाका आरोपित महतो…

January 11, 2021  
नेकपाका कार्यकर्ताबिचको विवादका कारण एक घरमा आगजनी  

मलङ्गवा नपा–३ विश्वकर्मा चोक निवासी नेकपा (केपी ओली पक्ष)का कार्यकर्ता ४२ वर्षीय रामबचन साहको घरमा नेकपा (प्रचण्ड र माधव पक्ष)का कार्यकर्ता मलङ्गवा नपा–१० का ३४ वर्षीय रामेश्वर राय यादव लगायतले आगजनी गरेको आरोपमा पुस १९ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ । पुस १५ गते…

January 4, 2021