बलात्कार घटनाको कसुरमा तीन वर्ष कैद सजाय

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा लालबन्दी नगरपालिका–८ का ३३ वर्षीय बिदुर भन्ने बुधीप्रसाद ढुङ्गानालाई जिल्ला अदालत सर्लाहीले भदौ ६ गते तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश कपिलमणी गौतमको इजलासले आरोपितलाई तीन वर्ष कैद सजाय र ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिने गरी मुद्दाको…

August 24, 2023  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बलरा नगरपालिका–१ हथियौलका २५ वर्षीय चन्द्रकिशोर भन्ने चन्दन गिरीविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा भदौ ४ गते पीडित पक्षले उजुरी दिनु भयो । पीडित बालिकालाई आरोपितले भदौ २ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएको पीडित बालिकाका बुबाले बताउनु भयो । पीडित बालिकाको…

August 24, 2023  
जातीय विभेद घटनाका आरोपितविरुद्ध उजुरी

गोडैता नगरपालिका–१० सिसौटियाका ३२ वर्षीय रामकिशोर महरा चमारलाई जातीय विभेद गरेको आरोपमा गोडैता नगरपालिका–११ सिसौटियाका ४६ वर्षीय श्याम कुमार यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यलय मलङ्गवामा भदौ ५ गते उजुरी दिनु भयो । आरोपित यादवले जातीय विभेद तथा छुवाछुत र कुटपिट समेत गरेको भन्दै पीडितले आरोपितलाई कानुन बमोजिम कारबाहीको लागि…

August 24, 2023  
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

मानव बेचबिखन प्रयास घटनाका आरोपित सिन्धुली जिल्लाकाे कमलामाई नगरपालिका–५ कमलामाई का ३६ वर्षीय दिपमान खड्कालाई भदौ ३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवाले गिरफ्तार गरेको छ । आरोपित खड्काले दुई जना महिलालाई रोजगारीको प्रलोभन देखाई भारत तर्फ लग्दै गरेको आवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीको विशेष टोलीले बेचबिखन प्रयास गरेको आसङ्कामा गिरफ्तार…

August 23, 2023  
गर्भपतन घटनाको कसुरमा कैद सजाय

हरिवन नगरपालिका–३ की २७ वर्षीया आशा कुमारी यादवको गर्भपतन गराएको कसुरमा हरिवन नगरपालिका–१ का ३९ वर्षीय मुकेश कुमार यादव, ३७ वर्षीय नथुनी यादव, ३९ वर्षीया राजकली देवी यादव, ३७ वर्षीया बिदिया यादव, ३४ वर्षीय मिथिलेश यादव र ३६ वर्षीय राजेन्द्र राय यादवलाई २०८० साउन ३२ गते दुई/दुई महिनाको कैद सजाय…

August 18, 2023  
जातीय छुवाछुत घटनाका आरोपितविरुद्ध उजुरी

मलङ्गवा नगरपालिका–१२ गम्हरीया की ४२ वर्षीया लिलमदेवी पासवानलाई सोही ठाउँका ४९ वर्षीया निर्मलादेवी यादव, २८ वर्षीया छोरी सुशिला देवी यादव, २५ वर्षीया छोरी रविता कुमारी यादव र २८ वर्षीया बुहारी नगियादेवी यादवले जातीय छुवाछुत तथा दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा साउन ३० गते उजुरी दिएका छन्…

August 18, 2023  
जातीय विभेदका घटनाका आरोपितविरुद्ध उजुरी

ब्रहमपुरी गाउँपालिका–६ का ५२ वर्षीय रामाशिस महराका १६ वर्षीय छोरा विवेक कुमार रामलाई जातीय विभेद गरेको आरोपमा सोही वडा का ५६ वर्षीय धरखन साह तेलीको ३२ वर्षीय छोरा प्रमोद साह तेलीविरुद्ध पीडितका बुबाले जिल्ला प्रहरी कार्यलय मलङ्गवामा साउन ३० गते उजुरी दिनु भयो । आरोपित साहले जातीय विभेद तथा छुवाछुत…

August 18, 2023  
कथित बोक्सीको आरोपमा कुटपिट

चक्रघटा गाउँपालिका–२ की ४४ वर्षीया जकिला खातुनलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा सोही ठाउँका ३६ वर्षीय आरिफ अन्सारी र उहाँकी ३४ वर्षीया पत्नी जलियाविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा ०८० साउन २५ गते उजुरी दिनु भयो । आरोपितहरूले पीडितलाई साउन १४ गते बोक्सीको आरोपमा गालीगलौच गर्नुको साथै कुटपिट…

August 12, 2023  
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी

मलङ्गवा नगरपालिका–६ की २५ वर्षीया सुनिता देवी साहलाई साउन ८ गते १९ वर्षीय देवर मनोज कुमार साह र ५१ वर्षीया सासू पपिया देवी साहले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा ०८० साउन २२ गते उजुरी दिइन् । दाइजोको बहानामा पीडितलाई आरोपित देवर र सासूले कुटपिट गरी…

August 9, 2023  
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी

हरिपुर नगरपालिका–५ की २४ वर्षीया मोमिता कुमारी यादवलाई साउन १० गते २७ वर्षीय पति रामाशंकर यादव र ५२ वर्षीया सासू दिपिया देवी यादवले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा इलाका प्रहरी कार्यालय हरिपुरमा साउन २२ गते उजुरी दिनु भयो। आरोपितहरूले पीडितलाई थप दाईजो नगद एक लाख रुपियाँ नल्याएको भन्दै कुटपिट…

August 9, 2023