बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोडैता नगरपालिका–१ बहादुरपुरका २३ वर्षीय रविन्द्र महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा चैत ९ गते पीडित बालिकाका बुबाले उजुरी दिनु भएको छ । पीडित बालिकालाई आरोपितले फागुन २४ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएको पीडितका बुबाले बताउनु भयो । घटनापछि आरोपित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले धनकौल गाउँपालिका–६ छटौल का २८ वर्षीय राजा भनिने राजेन्द्र प्रसाद सिंहलाई चैत ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा फागुन ८ गते उजुरी दिनुभएको थियो ।…
‘बोक्सी’को आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
बसबरीया गाउँपालिका–१ मानपुरकी ४६ वर्षीया सकिला खातुनलाई ‘कथित बोक्सी’को आरोपमा कुटपिट गरी अभक्ष कोच्याउने प्रयास गरेको आरोपमा सोही ठाउँका ३४ वर्षीय राहुल भण्डारी र २९ वर्षीय सुुनिल यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा चैत ७ गते उजुरी दिएको छ । माघ २८ गते घरमा आइ ‘बोक्सी’को आरोपमा गालिगलौज गर्दै कुटपिट…
दुर्व्यवहार र धम्की विरुद्ध उजुरी
कविलासी नगरपालिका–१० सलेमपुरकी ४२ वर्षीया अञ्जु कुमारी यादवले आफूलाई दुर्व्यवहार तथा धम्की दिएको आरोपमा मलङ्गवा नगरपालिका–१२ का ३७ वर्षीय भोला राय यादव, मलङ्गवा नगरपालिका–४ का ३२ वर्षीय वर्षीय निरज ठाकुरविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा २०७९ चैत ५ गते उजुरी दिएकी छिन् । चैत २ गते राती आरोपितहरू घरमा आई दुर्व्यवहार…
बलात्कार कसूरमा आठ वर्ष कैद सजाय
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा कविलासी नगरपालिका–८ का ३१ वर्षीय सुवोध महरालाई जिल्ला अदालत सर्लाहीले फागुन ३० गते आठ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश श्री कविप्रसाद न्यौपानेको इजलासले आरोपितलाई आठ वर्ष कैद सजाय र एक लाख रुपियाँ पीडितलाई क्षतिपुर्ति दिने गरी मुद्दाको अन्तिम फैसला गरेको जिल्ला…
बलात्कार घटनाको कसूरमा सात वर्ष कैद
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा कविलासी नगरपालिका–५ का २६ वर्षीय रामकिशोर यादवलाई जिल्ला अदालत सर्लाहीले फागुन ३० गते सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायधीश श्री कविप्रसाद न्यौपानेको इजलासले आरोपितलाई सात वर्ष कैद सजाय र ५० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिने गरी मुद्दाको अन्तिम फैसला गरेको जिल्ला…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्सा गाउँपालिका–३ नारायणपुरका ३२ वर्षीय रामपुकार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा फागुन २८ गते पीडित बालिकाका बुबाले उजुरी दिएका छन् । पीडित बालिकालाई आरोपितले फागुन २१ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएको पीडितका बुबाले बताए । घटनापछि आरोपित यादव भारततर्फ…
थप दाइजो नल्याएको भन्दै पतिद्वारा पत्नीलाई कुटपिट
बसवरीया गाउँपालिका–६ सोहडवा माइती भएकी २२ वर्षीया रागनी कुमारी साहलाई थप दाइजो बापत एक थान मोटरसाइकल र नगद ७० हजार रुपियाँ नल्याएको भन्दै बसबरीया गाउँपालिका–४ धनगढाका २४ वर्षीय पति राकेश साहले माघ १४ गते कुटपिट गरेको छ । पीडितले पति राकेश साह र ४८ वर्षीय ससुरा रामकिशोर साहविरूद्ध जिल्ला प्रहरी…
बलात्कार कसूरमा आठ वर्ष कैद सजाय
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ईश्वरपुर नगरपालिका–२ का २८ वर्षीय बिरेन्द्र सहनीलाई जिल्ला अदालत सर्लाहीले फागुन १५ गते आठ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश श्री रमेशकान्त अधिकारीको इजलासले आरोपितलाई कसूरदार ठहर गर्दै आठ वर्ष कैद सजाय र ५० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिने…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चक्रघट्टा गाउँपालिका–५ पिडरियाका ३६ वर्षीय समिर मन्सुरविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा फागुन ८ गते पीडितको बुबाले उजुरी दिएको छ । पीडितलाई आरोपितले फागुन १ गते पीडितकै घरको उत्तर तर्फ रहेको फूलबारीमा बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएको पीडितकी बुबा ४२ वर्षीय…