बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिवन नगरपालिका-४ का ३७ वर्षीय श्याम कुमार महरा चमारलाई ०८१ भदौ १८ गते इलाका प्रहरी कार्यालय हरिवनले गिरफ्तार गरेको छ । आरोपित महराले पीडित महिलालाई भदौ २ गते पीडित महिलाकी घरमा कोही नभएको अवस्थामा भदौ २ गते आराेपित महराले पीडित महिलालाई धाक धम्की…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लालबन्दी नगरपालिका-१६ का २८ वर्षीय दिलबहादुर घलानविरुद्ध पीडित पक्षले ०८१ भदौ १७ गते इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिनुभएको छ । घरमा कोही नभएको मौका छोपी ०८१ साउन २३ गते आरोपितले पीडित बालिकालाई धाक धम्की दिई बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित घलानविरुद्ध इलाका…
बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१३ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेको आरोपमा गोडैता नगरपालिका-२ जयपुरका ३४ वर्षीय महेन्द्र यादवलाई ०८१ भदौ १२ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडित बालकलाई आरोपितले ०८१ भदौ ९ गते नयाँ कपडा, नगद ५ सय रुपियाँ र रोजगारीको प्रलोभन दिई भारतको उडिसा राज्य लग्दै गरेको पीडित बालकाका काकाले…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-८ का २९ वर्षीय बिले भनिने भविन कार्कीविरुद्ध पीडित पक्षले ०८१ भदौ १२ गते इलाका प्रहरी कार्यालय केशरगञ्जमा उजुरी दिनुभएको छ । घरमा कोही नभएको मौका छोपी ०८१ साउन ४ गते आरोपितले पीडित बालिकालाई धाक धम्की दिई बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-५ का ३६ वर्षीय राजेन्द्र महतो कोइरीलाई ०८१ भदौ ४ गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गरेको छ । आरोपितले ०८१ असार २४ गते पीडित महिलालाई बलात्कार प्रयास गरेको भन्दै सोही दिन पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको थियो…
बलात्कार घटनाको कसुरमा नौ वर्ष कैद
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बागमती नगरपालिका-१ का ३१ वर्षीय दिलिप कार्कीलाई सर्लाही जिल्ला अदालतले ०८१ साउन ३१ गते नौ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश सुर्यबहादुर थापाको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै नौ वर्ष कैद सजाय र ३५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिने गरी मुद्दाको फैसला…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८१ साउन २८ गते ईश्वरपुर नगरपालिका-९ का ३६ वर्षीय सोनेलाल महतोविरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा उजुरी दिनु भएको छ । आरोपितले पीडित महिलालाई असार १८ गते पीडितकै घरमा गई रोजगारीको प्रलोभन देखाई बलात्कार प्रयास गरेको पीडित पक्षले बताउनु भयो । घटनापश्चात…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८१ साउन २८ गते बरहथवा नगरपालिका-७ का ३८ वर्षीय कोसिन्द्र उप्रेतीविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ । आरोपितले पीडित महिलालाई असार १६ गते धाक धम्की र कुटपिट समेत गरी बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो । उजुरीपश्चात आरोपित…
पूर्व राज्यमन्त्रीको हत्या आरोपित गिरफ्तार
मलंगवा नगरपालिका-४ निवासी पूर्व राज्यमन्त्री ७७ वर्षीय रामचन्द्र राय यादवको ०८१ साउन ६ गते राति चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित निजको कृषि फारममा हत्या गरेको आरोपमा दुई जना गिरफ्तार भएका छन् । गिरफ्तार हुनेहरूमा पूर्व राज्यमन्त्री रामचन्द्र राय यादवका भान्से कविलासी नगरपालिका-३ घर भई चन्द्रनगर गाउँपालिका-१ रतनपुर बस्ने २५ वर्षीय रामउजैन राय र साेही…
बलात्कार घटनाको कसुरमा तीन वर्ष कैद
२६ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको कसुरमा हरिवन नगरपालिका-४ का ३२ वर्षीय जमरुदीन अन्सारी र ३४ वर्षीय मो. मकसुद अन्सारीलाई जिल्ला अदालत सर्लाहीले ०८१ साउन १० गते तीन वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले आरोपितहरूलाई तीन/तीन वर्ष कैद सजाय र ३० हजार रुपियाँ पीडितलाई…