सप्तरीमा चार ओटा मतदानस्थल परिवर्तन

सप्तरी जिल्लामा चार ओटा मतदान केन्द्र रहेको विष्णुपुर गाउँपालिकास्थित गाविस भवन जमुनी मधेपुराबाट मतदान स्थल आज परिवर्तन गरिएको छ । सो मतदान स्थललाई एक सय मिटरको दुरीमा रहेको शारदा माध्यमिक विद्यालय जमुनी मधेपुरामा सारिएको जिल्ला निर्वाचन अधिकारी रमेशप्रसाद जोशीले जानकारी दिनु भयो । पहिले तोकिएको मतदानस्थलमा स्थान अभावका कारण मतदान…

May 11, 2022  
निर्वाचनको अन्तिम तयारी, २ सय ८ अति संवेदनशील मतदान स्थल

यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी सप्तरीमा अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनु भएको छ । “कर्मचारीलाई नियुक्ति पत्र, मतपत्र, मतपेटिका लगायत निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पठाउन सुरु गरेका छौँ,”–उहाँले भन्नु भयो, –“मतदान केन्द्र (बुथ) निर्माणको कामसमेत सुरु गरिएको छ ।” सप्तरीका…

May 11, 2022  
कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, पाँच जना घाइते

नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच अग्नीसाइर कृष्णसवरन गाउँपालिका–६ मोहनपुरमा वैशाख २३ गते राति झडप हुँदा दुबै पक्षका पाँच जना घाइते भएका छन् । झडपमा परी एमाले कार्यकर्ता ५५ वर्षीय टिकाराम अधिकारी, २६ वर्षीय सुमन परियार र २८ वर्षीय सरोजकुमार मगर घाइते भएको एमाले तर्फबाट वडा अध्यक्षका उम्मेदवार कुसुम आचार्यले…

May 7, 2022  
बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा खडक नगरपालिका–९ का २६ वर्षीय मो. सद्दामलाई अदालतले वैशाख २१ गते आठ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश इश्वरमणी ओझाको इजलासले अभियोग दावी पुग्ने भन्दै आठ वर्ष कैद र २ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको सप्तरी जिल्ला अदालतले जनाएको छ ।…

May 4, 2022  
बलात्कार गरेको कसुरमा १५ वर्ष कैदको फैसला

बोल्न नसक्ने अपाङ्गता भएकी १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशाराम रामलाई अदालतले वैशख २१ गते १५ वर्ष कैद सजाय गरेको छ । यायाधीश इश्वरमणी ओझाको इजलासले अभियोग दावी पुग्ने भन्दै १५ वर्ष कैद र ५ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको आरोपितका…

May 4, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तकोशी नगरपालिका–५ बस्ने ६८ वर्षीय रामप्रसाद बरहीलाई सप्तरी प्रहरीले वैशाख २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकी आमाले दिएको उजुरी दर्ता गरी आरोपितलाई गिरफ्तार गरिएको सप्तरी प्रहरीले जनाएको छ । सप्तकोशी नगरपालिका–५ स्थित गंगाजली खोला छेउ धारमा २०७९ वैशाख १८ गते दिउँसो दाउरा…

May 4, 2022  
राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन

राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले पालना गर्नुपर्ने आचरण विपरित सप्तरीमा चुनावी प्रचारप्रसार अभियान जारी राखेका छन् । निर्वाचन आचारसंहिता, २०७८ को परिच्छेद ४ को दफा १२ को उपदफा (ज) मा घर वा जग्गा धनीको अनुमति नलिई कसैको निजी घर वा जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका…

May 1, 2022  
स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता, आचारसंहिता उल्लङ्घन

निर्वाचन आचार संहिता, २०७२ र स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ उल्लङ्घन गर्दै वैशाख १२ गते विभिन्न राजनीतिक दलहरुले सप्तरीमा मनोनयन दर्ता गरेका छन् । राजविराज नगरपालिकासहित विभिन्न पालिकामा उम्मेदवारी दिन गएको जुलुसमा चुनाव चिन्ह अंकित टिसर्ट, बालबालिकाको व्यापक प्रयोग र मोटरसाइकल र्‍याली गरिएको छ । जुलसमा प्रयोग भएका  व्यानर…

April 25, 2022  
छोरी हत्याकी कसुरदार आमा गिरफ्तार

हनुमाननगर कङ्कालीनी नगरपालिका–७ की दुई वर्षीया प्रमिलाकुमारी मण्डलको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीया आमा रानीदेवी मण्डललाई वैशाख ८ गते गिरफ्तार गरेको छ । जन्मकैदको सजाय पश्चात ‘फरार’ रहेकी आरोपितलाई राजगढ गाउँपालिका–५ स्थित प्रेमी शिवशङ्कर मालीको घरमा बसिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको हो । मण्डललाई ठहर भएको कैद भुक्तानको लागि…

April 22, 2022  
वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बाल अधिकार चेतना समूहले तयार पारेको कार्ययोजना अनुसार वैशाख ८ गते सप्तरीको राजविराज नगरपालिकास्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश जनकपुरधामद्वारा सञ्चालित इएलपी परियोजनाअन्तर्गत स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमअन्तर्गत बाल अधिकार चेतना समूहको कार्य योजनाअनुसार…

April 21, 2022