स्थगित निर्वाचन जेठ १ गते हुने
मतदान अधिकृतमाथि कुटपिट र मतपेटिका तोडफोडपछि स्थगित भएको सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ को दुई ओटा मतदान केन्द्रको निर्वाचन जेठ १ गते हुने भएको छ । डाक्नेश्वरी नगरपालिकाका निर्वाचन अधिकृत शम्भुनाथ मगरको उपस्थितीमा मतदानस्थलमै वैशख ३० गते बसेको वैठकले स्थगित जनता मावि हरिराहाको दुई वटा मतदान केन्द्रमा जेठ १ गते विहान ७…
सप्तरीको रुपनीमा पाँच राउन्ड हवाइ फायर
रुपनी गाउँपालिका–५ बसविट्टीस्थित वडा कार्यालय भवनमा भएको मतदानस्थलमा वैशाख ३० गते राति साढे ६ बजे पाँच राउन्ड हवाइ फायर भएको छ । मतदानस्थलमा उत्पन्न विवादले झडपको रुप लिएकाले हवाइ फायर गरिएको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनु भयो । हवाइ फायर भएपछि मतदाताहरु तितरबितर भएका छन् । दिउँसो सवा ४ बजे…
सप्तरीमा चार ओटा मतदानस्थल परिवर्तन
सप्तरी जिल्लामा चार ओटा मतदान केन्द्र रहेको विष्णुपुर गाउँपालिकास्थित गाविस भवन जमुनी मधेपुराबाट मतदान स्थल आज परिवर्तन गरिएको छ । सो मतदान स्थललाई एक सय मिटरको दुरीमा रहेको शारदा माध्यमिक विद्यालय जमुनी मधेपुरामा सारिएको जिल्ला निर्वाचन अधिकारी रमेशप्रसाद जोशीले जानकारी दिनु भयो । पहिले तोकिएको मतदानस्थलमा स्थान अभावका कारण मतदान…
निर्वाचनको अन्तिम तयारी, २ सय ८ अति संवेदनशील मतदान स्थल
यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी सप्तरीमा अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनु भएको छ । “कर्मचारीलाई नियुक्ति पत्र, मतपत्र, मतपेटिका लगायत निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पठाउन सुरु गरेका छौँ,”–उहाँले भन्नु भयो, –“मतदान केन्द्र (बुथ) निर्माणको कामसमेत सुरु गरिएको छ ।” सप्तरीका…
कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, पाँच जना घाइते
नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच अग्नीसाइर कृष्णसवरन गाउँपालिका–६ मोहनपुरमा वैशाख २३ गते राति झडप हुँदा दुबै पक्षका पाँच जना घाइते भएका छन् । झडपमा परी एमाले कार्यकर्ता ५५ वर्षीय टिकाराम अधिकारी, २६ वर्षीय सुमन परियार र २८ वर्षीय सरोजकुमार मगर घाइते भएको एमाले तर्फबाट वडा अध्यक्षका उम्मेदवार कुसुम आचार्यले…
बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला
२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा खडक नगरपालिका–९ का २६ वर्षीय मो. सद्दामलाई अदालतले वैशाख २१ गते आठ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश इश्वरमणी ओझाको इजलासले अभियोग दावी पुग्ने भन्दै आठ वर्ष कैद र २ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको सप्तरी जिल्ला अदालतले जनाएको छ ।…
बलात्कार गरेको कसुरमा १५ वर्ष कैदको फैसला
बोल्न नसक्ने अपाङ्गता भएकी १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशाराम रामलाई अदालतले वैशख २१ गते १५ वर्ष कैद सजाय गरेको छ । यायाधीश इश्वरमणी ओझाको इजलासले अभियोग दावी पुग्ने भन्दै १५ वर्ष कैद र ५ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको आरोपितका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तकोशी नगरपालिका–५ बस्ने ६८ वर्षीय रामप्रसाद बरहीलाई सप्तरी प्रहरीले वैशाख २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकी आमाले दिएको उजुरी दर्ता गरी आरोपितलाई गिरफ्तार गरिएको सप्तरी प्रहरीले जनाएको छ । सप्तकोशी नगरपालिका–५ स्थित गंगाजली खोला छेउ धारमा २०७९ वैशाख १८ गते दिउँसो दाउरा…
राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन
राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले पालना गर्नुपर्ने आचरण विपरित सप्तरीमा चुनावी प्रचारप्रसार अभियान जारी राखेका छन् । निर्वाचन आचारसंहिता, २०७८ को परिच्छेद ४ को दफा १२ को उपदफा (ज) मा घर वा जग्गा धनीको अनुमति नलिई कसैको निजी घर वा जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका…
स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता, आचारसंहिता उल्लङ्घन
निर्वाचन आचार संहिता, २०७२ र स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ उल्लङ्घन गर्दै वैशाख १२ गते विभिन्न राजनीतिक दलहरुले सप्तरीमा मनोनयन दर्ता गरेका छन् । राजविराज नगरपालिकासहित विभिन्न पालिकामा उम्मेदवारी दिन गएको जुलुसमा चुनाव चिन्ह अंकित टिसर्ट, बालबालिकाको व्यापक प्रयोग र मोटरसाइकल र्याली गरिएको छ । जुलसमा प्रयोग भएका व्यानर…