बलात्कार घटनाको कसुरमा सात वर्ष कैद

५२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बोदेबर्साइन नगरपालिका-९ महनौरीका ३६ वर्षीय कामेश्वर मण्डललाई ०८१ असोज ६ गते सात वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले अभियोग दावी पुग्ने फैसला गर्दै आरोपितलाई सात वर्ष कैद गर्ने, ३ लाख रुपियाँ जरिवाना तिराउने, १५ हजार रुपियाँ क्षतिपूर्ति भराउने…

२०८१ आश्विन ७, सोमबार १८:३७ गते  
बलात्कार घटनाका आरोपितविरुद्धको उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका-८ का २६ वर्षीय लालेश्वर दासविरुद्ध जिल्ला प्रहरी कार्यालयले ०८१ भदौ २८ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी व्यारेज घुमाउन लगी आरोपितले भदौ १४ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा भदौ २३ गते उजुरी…

२०८१ भाद्र ३१, सोमबार १९:४२ गते  
शम्भुनाथ नगरपालिकामा विविध कार्यक्रमका साथ राष्ट्रिय बालअधिकार दिवस

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा शम्भुनाथ नगरपालिकामा ०८१ भदौ २९ गते हाजिरी जवाफ, सुन्दर लेखन प्रतियोगिता र नृत्य कार्यक्रम गरी ६०औं राष्ट्रिय बालअधिकार दिवस मनाइएको छ । “बालबालिकामा लगानीः सुनिश्चित भबिष्यको थालनी” भन्ने मुल नाराका साथ शम्भुनाथ नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शम्भुनाथ नगरपालिका वडा नं. ७…

२०८१ भाद्र ३०, आईतवार १६:४२ गते  
एम्बुलेन्स तोडफोड र चालकमाथि कुटपिट

हनुमाननगर कंकालिनी नगरपालका-५ योगिनियामा सडक बन्दकर्ता पक्षले भदौ ७ गते जनमुखी बहुमुखी सहकारी संस्थाको स.१च १८१४ नम्बरको एम्बुलेन्स तोडफोड गर्नुका साथै चालकमाथि कुटपिट गरेको छ । एम्बुलेन्स तोडफोड र चालकमाथि कुटपिट गरेका दोषीमाथि कारबाहीको लागि पहल गर्न माँग गर्दै संयुक्त एम्बुलेन्स चालक संघ सप्तरीले भदौ ७ गते इन्सेक सप्तरी प्रतिनिधिसमक्ष…

२०८१ भाद्र ९, आईतवार ११:०६ गते  
यौन दुर्व्यवहार घटनाकाे कसुरमा कैद सजाय

पाँच वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा खडक नगरपालिका-३ का २० वर्षीय भविया भनिने मो. नजामलाई २०८१ साउन ३१ गते ६ महिना कैद सजाय भएको छ । जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले आरोपितलाई ६ महिना कैद सजायको फैसला गरेको अदालतले जानकारी दिएको छ । ढिलो गरी १०औं पेशीमा फैसला हुँदा…

२०८१ श्रावण ३२, शुक्रबार २०:३१ गते  
बलात्कार घटनाका फरार आरोपित दुई वर्षपछि हाजिर

१४ वर्षीया बालिका बलात्कारका फरार आरोपित राजविराज नगरपालिका-१ डुमरी टोलका २२ वर्षीय दुर्गानन्द राम दुई वर्षपछि ०८१ साउन ३० गते सप्तरी जिल्ला अदालतमा हाजिर भएका छन् । हाजिर भएका आरोपित जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले साउन ३० गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका छन् । बालिकालाई २०७९ असार २२…

२०८१ श्रावण ३१, बिहीबार १३:४६ गते  
बलात्कार घटनाका फरार आरोपित हाजिर

५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका बोदे बर्साइन नगरपालिका-६ फुलकाहीका ५२ वर्षीय बैद्यनाथ दास ०८१ साउन ३० गते सप्तरी जिल्ला अदालतमा हाजिर भएका छन् । हाजिर भएका आरोपितले धरौटी रकम बुझाउन नसकेपछि पुर्पक्षका लागि साउन ३० गते राजविराज कारागारमा थुनामा परेका छन् । जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले…

२०८१ श्रावण ३१, बिहीबार १०:२६ गते  
दुर्व्यवहार घटनाका आराेपित गाउँपालिका अध्यक्षविरूद्ध उजुरी

कान्तिपुर टेलिभिजनका संवाददाता राजविराज नगरपालिका-२ का ४१ वर्षीय रामनारायण विश्वास, राजविराज दैनिकका प्रकाशक राजविराज नगरपालिका-८ का ४६ वर्षीय नवीनकुमार गुप्ता, नेपाल समाचारपत्रका संवाददाता बोदे बर्साइन नगरपालिका-३ का ३२ वर्षीय विद्यानन्द रामलाई राजगढ गाउँपालिका अध्यक्ष राजगढ गाउँपालिका-४ बेल्ही चपेनाका ४९ वर्षीय ओमप्रकाश मण्डलले ०८१ साउन २२ गते दुर्व्यवहार गरेको भन्दै पीडित पत्रकारहरुले…

२०८१ श्रावण २३, बुधबार २०:२० गते  
मानव अधिकार समूहको कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहले ०८१ साउन २१ गते कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न गरेको छ । विद्यालयहरूको अनुगमन, सरसफाइ कार्यक्रम, वृक्षारोपण, लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन सम्बन्धमा सर्वसम्मतिले कार्ययोजना निर्माण भएको छ । सबै वडामा मानव अधिकार समूह गठन…

२०८१ श्रावण २२, मंगलवार १७:०१ गते  
वैध-प्रकाश मानव अधिकार पुरस्कारबाट चौधरी सम्मानित

बैद्य-प्रकाश मानव अधिकार पुरस्कारबाट सप्तरीको रुपनी गाउँपालिका-६ तेरहौताका ५५ वर्षीय मानव अधिकार रक्षक दिलिप कुमार चौधरी सम्मानित हुनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक महासचिव प्रकाश काफ्लेको ३२औं स्मृति दिवसकाे अवसरमा साउन १८ गते आयोजित नवौं बैध-प्रकाश मानवअधिकार पुरस्कार २०८१ बाट चौधरीलाई सम्मान गरिएको हो । चौधरीलाई…

२०८१ श्रावण १८, शुक्रबार १५:५२ गते