साढे पाँच महिनाको गैरकानुनी कैदबाट मुक्त

कञ्चनरुप नपा-६ का ६१ वर्षीय रामफल मलाहा साढे पाँच महिनाको गैरकानुनी कैदबाट ०७३ कात्तिक २४ गते रिहा भएका छन् । उच्च अदालत जनकपुरको राजविराज इजलासका वरिष्ठ न्यायाधीश कुमार चुडाल र न्यायाधीश लोहितचन्द्र शाहको आदेशमा मलाहा रिहा भएको अधिवक्ता सुजित पोखरेलले जानकारी दिए । बेरुजु कैद असुल गर्न सप्तरी जिल्ला अदालतबाट…

२०७३ कार्तिक २५, बिहीबार ०६:४९ गते  
बालक अपहरण घटनाका फरार आरोपित गिरफ्तार

१६ वर्षीय सञ्जीप साहलाई अपहरण गरेको आरोपमा नौ वर्षकैद सजाय फैसला सुनाइएका फरार आरोपित बरही विरपुर गाविस-५ का २८ वर्षीय बिक्रम भनिने धर्मदेव यादवलाई प्रहरीले कात्तिक २१ गते गिरफ्तार गरी कात्तिक २२ गते राजविराज कारागारमा थुनामा पठाएको छ । ६ वर्षअघि छठ पर्वका दिन ०६७ कात्तिक २६ गते गाउँको मिश्रा…

२०७३ कार्तिक २२, सोमबार १४:३० गते  
स्थानीय तह पुनःसंरचनासम्बन्धी बैठक बिथोलियो

स्थानीय तह पुनःसंरचनाबारे जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा कात्तिक २० गते आयोजित  कार्यक्रम मधेशवादी दलका नेता तथा कार्यकर्ताले बिथोलेका छन् । जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा सुरु भएको कार्यक्रममा परिचय आदानप्रदान सकिएलगत्तै मधेशवादी दलका नेता तथा कार्यकर्ताले माइन्युट रजिष्टर च्यातेर बिथोलेको नेकपा (एमाले)का जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले बताए । स्थानीय…

२०७३ कार्तिक २१, आईतवार १४:५६ गते  
बहुविवाह घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

कञ्चनप नपा-७ की २८ वर्षीया कुमारी भुजेलले आफू घरमा हुँदाहुँदै अर्को विवाह गरेको आरोपमा ३३ वर्षीय पति सुशिल भुजेल र २७ वर्षीया देवी भुजेलविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कात्तिक १८ गते उजुरी दिएकी छन् । इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी लिन नमानेपछि जिल्ला प्रहरी कार्यालयमा कात्तिक १८ गते दिएको उजुरी दर्ता…

२०७३ कार्तिक २०, शनिबार ०५:२३ गते  
कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

भगवतपुर गाविस-१ की ३४ वर्षीया प्रमिलादेवी रामलाई सोही ठाउँका ४० वर्षीय सुखराम राम र सुखरामकी पत्नी ३६ वर्षीया रामवती रामले कथित बोक्सी आरोप लगाई गालीगलौज गर्नुका साथै कुटपिट गरेको आरोपमा पीडित पक्षले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले कात्तिक १८ गते दर्ता गरेको छ । आरोपितकी छोरीलाई टुनामुना गरी बिरामी पारेको…

२०७३ कार्तिक १९, शुक्रबार ०९:४४ गते  
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रम्पुरा मल्हनिया गाविस-३ का ५५ वर्षीय बिन्दु मुखियालाई सप्तरी प्रहरीले गिरफ्तार गरी कात्तिक १८ गते मुद्दा दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १८ गते उजुरी दिएका छन् । तिहारको…

२०७३ कार्तिक १८, बिहीबार १४:३७ गते  
कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा मुद्दा दर्ता

महदेवा गाविस-७ की ४० वर्षीया बुधनीदेवी सुतिहारलाई उनका जेठाजु ५८ वर्षीय सिताराम सुतिहार, जेठानी दिदी ४० वर्षीया शान्तिदेवी सुतिहार र भतिजा १८ वर्षीय रामदेव सुतिहारले कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले कात्तिक १८ गते उजुरी दर्ता गरेको छ । आरोपितकी छोरी रामवती सुतिहारलाई बिरामी बनाएको दोषारोपण लगाउँदै…

२०७३ कार्तिक १८, बिहीबार १४:१३ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा फर्से गाविस-७ का ६३ वर्षीय मिस्टर मियाँ भनिने मो. जमाललाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १७ गते मौखिक उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको…

२०७३ कार्तिक १८, बिहीबार १०:०३ गते  
बलात्कार गरेको ठहरमा नौ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै कञ्चनरूप नपा-२ का ३५ वर्षीय उपेन्द्रदास तत्मालाई जिल्ला अदालतले कात्तिक ५ गते नौ वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश इश्वरीप्रसाद गौतमको इजलासले पीडित बालिकालाई ललाईफकाई नियन्त्रणमा लिएर यौनशोषण गरेको आरोपमा कैद र जरिबानाको फैसला गरेको जिल्ला अदालतले जनाएको…

२०७३ कार्तिक ७, आईतवार ००:४७ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनगढी गाविस-८ महनौरीका २२ वर्षीय  दर्शनकुमार मण्डल र १८ वर्षीय सञ्जिबकुमार मण्डललाई प्रहरीले कात्तिक ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वय सहित रामउदगार मण्डलले असोज ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका…

२०७३ कार्तिक ६, शनिबार ०१:२३ गते