अस्पताल सुधारको माग गर्दै थप चार जना आमरण अनसनमा
राजविराज नपा-३ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सुधारको माग गर्दै आमरण अनसन बसेका नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास तिवारीलाई साथ दिँदै थप चारजना मङ्सिर ९ गते बिहानदेखि आमरण अनसनमा बसेका छन् । आमरण अनसनमा मधेसी मोर्चाका जिल्ला संयोजक एवम् सरिता गिरी नेतृत्वको नेसपाका जिल्ला अध्यक्ष सुबी यादव,…
अस्पताल सुधारको माग गर्दै सद्भावना गजेन्द्रवादीका अध्यक्ष आमरण अनसनमा
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सुधारको माग गर्दै नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास तिवारी मङ्सिर ८ गते अपरान्हदेखि आमरण अनसनमा बसेका छन् । अस्पताल बालमैत्री हुनुपर्ने, बिरामीहरूलाई पोषिलो र स्वच्छ पिउने पानीको व्यवस्था हुनुपर्ने, चिकित्सकहरू उपलब्ध हुनुपर्ने, निर्मार्णाधिन प्रसुति गृह अविलम्ब पुरा हुनुपर्ने, शौचालय र धाराहरू चालु…
बाल अधिकारको माग गर्दै अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइयो
सम्वर्द्धन बाल अधिकारको, कार्यान्वयन संविधानको भन्ने नाराका साथ मङ्सिर ५ गते सप्तरीमा अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइएको छ । जिल्ला बाल क्लब सञ्जालको आयोजनामा राजविराजमा प्रभातफेरी गरी जिल्ला विकास समितिको सभाकक्षमा पुरस्कार वितरणलगायतका कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बालिका दौड प्रतियोगिता, निबन्ध प्रतियोगिता, नाटक प्रतियोगिताका विजेता, उपविजेताहरूलाई पुरस्कार वितरण गरिएको…
बहुविवाह घटनामा कैद तोकिएका फरार अभियुक्त प्रहरी हिरासतमा
बहुविवाह मुद्दामा अदालतबाट सजाय तोकीएका फरार रहेका फत्तेपुर गाविस-२ का मो. मन्सुरीलाई प्रहरीले मङ्सिर १ गते गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको छ । फत्तेपुर प्रहरी चौकीबाट खटिएको टोलीले अदालतबाट एक महिना कैद र दुई हजार जरिबाना सजाय सुनाइएका फरार मन्सुरीलाई गिरफ्तार गरिएको जनाएको छ । जिल्ला अदालतले ०५७ जेठ ३०…
साढे पाँच महिनाको गैरकानुनी कैदबाट मुक्त
कञ्चनरुप नपा-६ का ६१ वर्षीय रामफल मलाहा साढे पाँच महिनाको गैरकानुनी कैदबाट ०७३ कात्तिक २४ गते रिहा भएका छन् । उच्च अदालत जनकपुरको राजविराज इजलासका वरिष्ठ न्यायाधीश कुमार चुडाल र न्यायाधीश लोहितचन्द्र शाहको आदेशमा मलाहा रिहा भएको अधिवक्ता सुजित पोखरेलले जानकारी दिए । बेरुजु कैद असुल गर्न सप्तरी जिल्ला अदालतबाट…
बालक अपहरण घटनाका फरार आरोपित गिरफ्तार
१६ वर्षीय सञ्जीप साहलाई अपहरण गरेको आरोपमा नौ वर्षकैद सजाय फैसला सुनाइएका फरार आरोपित बरही विरपुर गाविस-५ का २८ वर्षीय बिक्रम भनिने धर्मदेव यादवलाई प्रहरीले कात्तिक २१ गते गिरफ्तार गरी कात्तिक २२ गते राजविराज कारागारमा थुनामा पठाएको छ । ६ वर्षअघि छठ पर्वका दिन ०६७ कात्तिक २६ गते गाउँको मिश्रा…
स्थानीय तह पुनःसंरचनासम्बन्धी बैठक बिथोलियो
स्थानीय तह पुनःसंरचनाबारे जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा कात्तिक २० गते आयोजित कार्यक्रम मधेशवादी दलका नेता तथा कार्यकर्ताले बिथोलेका छन् । जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा सुरु भएको कार्यक्रममा परिचय आदानप्रदान सकिएलगत्तै मधेशवादी दलका नेता तथा कार्यकर्ताले माइन्युट रजिष्टर च्यातेर बिथोलेको नेकपा (एमाले)का जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले बताए । स्थानीय…
बहुविवाह घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
कञ्चनप नपा-७ की २८ वर्षीया कुमारी भुजेलले आफू घरमा हुँदाहुँदै अर्को विवाह गरेको आरोपमा ३३ वर्षीय पति सुशिल भुजेल र २७ वर्षीया देवी भुजेलविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कात्तिक १८ गते उजुरी दिएकी छन् । इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी लिन नमानेपछि जिल्ला प्रहरी कार्यालयमा कात्तिक १८ गते दिएको उजुरी दर्ता…
कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
भगवतपुर गाविस-१ की ३४ वर्षीया प्रमिलादेवी रामलाई सोही ठाउँका ४० वर्षीय सुखराम राम र सुखरामकी पत्नी ३६ वर्षीया रामवती रामले कथित बोक्सी आरोप लगाई गालीगलौज गर्नुका साथै कुटपिट गरेको आरोपमा पीडित पक्षले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले कात्तिक १८ गते दर्ता गरेको छ । आरोपितकी छोरीलाई टुनामुना गरी बिरामी पारेको…
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रम्पुरा मल्हनिया गाविस-३ का ५५ वर्षीय बिन्दु मुखियालाई सप्तरी प्रहरीले गिरफ्तार गरी कात्तिक १८ गते मुद्दा दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १८ गते उजुरी दिएका छन् । तिहारको…