मानव बेचविखन तथा ओसारपसारको आरोपमा गिरफ्तार

१२ वर्षीया बालिकालाई अपहरण गरी बन्धक बनाई राखेको आरोपमा शम्भुनाथ नपा-६ का २८ वर्षीय रुदल सदालाई सप्तरी प्रहरीले पुस ५ गते गिरफ्तार गरी मानव बेचविखन तथा ओसारपसारविरुद्धको मुद्दा दर्ता गरेको छ । पीडित बालिकाकी आमाको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितले पीडितलाई ०७३ भदौ १९…

२०७३ पुष ५, मंगलवार २१:४६ गते  
बहुविवाह घटनाका आरोपितहरू गिरफ्तार

डिमन गाविस-१ की ३२ वर्षीया रम्भाकुमारी यादवको उजुरीमा उनका पति ३५ वर्षीय उमेशप्रसाद यादव र निजकी कान्छी पत्नी २० वर्षीया बुच्ची भनिने प्रितीकुमारी यादवलाई सप्तरी प्रहरीले पुस ५ गते गिरफ्तार गरेको छ । नर्घो गाविस-५ स्थित माइतीघरमा विस्थापित पीडितले दिएको उजुरी प्रहरीले पुस १ गते दर्ता गरी बहुविवाह घटनाका आरोपितलाई…

२०७३ पुष ५, मंगलवार २०:३० गते  
सडक नाटक र र्‍यालीसहित आप्रवासी दिवस मनाइयो

आप्रवासी कामदार हकहित संरक्षण केन्द्रले चेतनामूलक सडक नाटक र र्‍याली गर्दै कञ्चनरुपमा पुस ३ गते १७ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाएको छ । 'सुरक्षित वैदेशिक रोजगारको प्रतिबद्धता, हामी सबैको ऐक्यबद्धता' भन्ने मूल नाराका साथ रुपनगर चोकबाट निकालिएको र्‍याली विभिन्न भागको परिक्रमा गरी कञ्चनरुप चोकमा समापन गरिएको थियो । कार्यक्रममा संरक्षण…

२०७३ पुष ४, सोमबार १४:१७ गते  
एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा इन्सेक प्रतिनिधि

राजविराज नपा-३ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सञ्चालित लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र जिल्ला समन्वय समितिमा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल छानिएका छन् । निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालयको अध्यक्षतामा सम्पन्न बैठकले लैङ्गिक हिंसाका न्यूनीकरणका क्षेत्रमा कार्यरत अधिकारकर्मीका रूपमा इन्सेक प्रतिनिधि पोखरेललाई पुस ३ गते छनौट गरिएको…

२०७३ पुष ३, आईतवार २०:२९ गते  
बालक हत्या घटनाका आरोपितहरू गिरफ्तार

हरीपुर गाविस-३ का आठ वर्षीय बालक दुर्गानन्द साहको हत्या गरेको आरोपमा हरीपुर गाविस-३ का २७ वर्षीय चुडामणी ठाकुर, हरीपुर गाविस-१ का १९ वर्षीय रामबाबु गुप्ता साह र देउरी गाविस-२ घर भई राजविराज नपा-५ स्थित मनीषा कम्युनिकेशनका सञ्चालक २२ वर्षीय कपिलदेव दासलाई प्रहरीले मङ्सिर ३० गते गिरफ्तार गरेको छ । मोबाइल…

२०७३ मंसिर ३०, बिहीबार २०:१५ गते  
लक्षित वर्गका लागि छुट्याइएको बजेट अन्यत्रै खर्च

लक्षित वर्गको नाममा आउने विनियोजित बजेट सम्पूर्ण रूपमा खर्च हुन नसकी फ्रिज हुने र खर्च भएको बजेट समेत दुरुपयोग हुँदै आएको सरोकारवालाले आरोप लगाएका छन् । जिल्ला विकास समिति सप्तरीमा लक्षित वर्गको २ करोड ५० लाख रुपियाँमध्ये १ करोड ५५ लाख ५४ हजार मात्र खर्च भएको जिविसका अधिकृत गङ्गाराम साहले…

२०७३ मंसिर २९, बुधबार ०९:०० गते  
सप्तरीमा वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सप्तरी जिल्लामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा मङ्सिर २८ गते समीक्षा गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलले सन-२०१६ को अवधिमा एक असई, एक बालक, दुई बालिका, चार महिला र कथित बोक्सोको आरोपमा एक जना…

२०७३ मंसिर २८, मंगलवार १५:१९ गते  
चार बुँदे सहमतिपछि १८ औँ दिन अनसन तोडियो

अस्पताल सुधारको माग गर्दै १८ दिनदेखि आमरण अनसनमा बसेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का केन्द्रीय अध्यक्ष विकास तिवारीले मङ्सिर २५ गते अनसन तोडेका छन् । स्वास्थ्य मन्त्री गगन थापाको उपस्थितिमा सरकारी पक्ष र अनसनरत तिवारीका प्रतिनिधीबिच चार बुँदे सहमतिपछि तिवारीले कोचाभखारी लोखरमकी १४ महिने कुपोषित बालिका निलमकुमारी मण्डलको हातबाट जुस…

२०७३ मंसिर २५, शनिबार १५:५६ गते  
तिवारीको स्वास्थ्य अवस्था जोखिमपूर्ण

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल सुधारको माग गर्दै विगत १७ दिनदेखि अनसनरत नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीको स्वास्थ्यमा नकारात्मक र जोखिमपूर्ण परिवर्तन देखा पर्न थालेको चिकित्सकहरूले वताएका छन् । लामो अनसनका कारण गलेका तिवारीको छाती दुख्ने, जिउ र मांसपेशी बटारिने, रक्तचाप घटनेलगायतका समस्या दिनदिनै बढिरहेको जनाउँदै…

२०७३ मंसिर २४, शुक्रबार १५:४१ गते  
कुटपिट गरी घाइते बनाएको आरोपमा ससुरा र देवरविरुद्ध उजुरी

सिम्राहा सिग्यौन गाविस-२ की २९ वर्षीया शोभिला यादवलाई उनका ६० वर्षीय ससुरा रामप्रित यादव र पीडित महिलाका २५ वर्षीय देवर श्रवणकुमार यादवले बाँसको कप्टेराले कुटपिट गरी घाइते बनाएको आरोपमा पीडित पक्षले मङ्सिर २३ गते प्रहरीमा उजुरी दिएको छ । पीडितका भाइ राजविराज नपा-९ का नरेशकुमार यादवले पीडितका तर्फबाट आरोपितहरूविरूद्ध जिल्ला…

२०७३ मंसिर २३, बिहीबार १४:२५ गते