बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तेरहौता गाविस-८ का २० वर्षीय सुरेशकुमार सरदारलाई प्रहरीले माघ ११ गते गिरफ्तार गरेको छ । पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले माघ ११ गते आरोपितविरुद्ध मुद्दासमेत दर्ता गरेको छ । पीडित बालिकाको स्वास्थ्य माघ ११ गते राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा गरिएको छ ।

२०७३ माघ ११, मंगलवार २०:३२ गते  
मानव अधिकारकर्मीको टोली प्रभावितहरूको गाउँघरमा

राष्ट्रिय मानव अधिकार आयोगमा परेका उजुरीहरूको यथार्थ अवस्था छानबिन गर्न आयोग र इन्सेककर्मी सम्मिलित टोलीले माघ ६ गते सप्तरीको विभिन्न गाविसमा अवलोकन निरीक्षण गरेको छ । आयोगका मानव अधिकार अधिकृतहरू रेवा रेग्मी, चिरञ्जिवी कोइराला, मानव अधिकार सहायक विभा ढुङ्गाना, इन्सेक सप्तरीका प्रतिनिधि मनोहरकुमार पोखरेलसहितको टोलीले प्रभावितहरूको गाउँघरमा पुगी हालको अवस्थाबारे…

२०७३ माघ ६, बिहीबार २०:०४ गते  
कथित बोक्सी आरोपमा अमानवीय व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

शम्भुनाथ नपा-१० रामपुर जमुवाकी ५२ वर्षीया सुकुन्तीदेवी साहलाई कथित बोक्सीको आरोपमा प्रहरीले अमानवीय व्यवहार गरेको घटनाका आरोपित सोही ठाउँका ३० वर्षीय कमल सदालाई माघ ३ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । शम्भुनाथ नपा-१० रामपुर जमुवाका बुधन सदाको पाँच वर्षीया छोरीको पखालाका कारण ०७१ कात्तिक १४ गते…

२०७३ माघ ३, सोमबार ०९:४७ गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

छिन्नमस्ता गाविस-३ गोबिन्दपुरकी २४ वर्षीया फतमा खातुनका पति २५ वर्षीय अफजल मियाँ र उनकी कान्छी पत्नी २१ वर्षीया हमीदा खातुनलाई प्रहरीले बहुविवाहको आरोपमा पुस २९ गते गिरफ्तार गरेको छ । पीडित महिलाले आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी पुस २८ गते दर्ता गरी आरोपितहरूलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…

२०७३ माघ १, शनिबार ०८:४० गते  
यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा कटैया गाविस-८ का २० वर्षीय दिपेन भनिने पुलकित इशरलाई जिल्ला अदालतले पुस १९ गते तीन वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश शङ्करबहादुर राईको इजलासले आरोपितलाई तीन वर्षकैद सजायको फैसला सुनाएको अदालतका स्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पीडित बालिकालाई आरोपितले ०७२ फागुन…

२०७३ पुष १९, मंगलवार २०:२७ गते  
बहुविवाह घटनाका आरोपितहरू गिरफ्तार

प्रसवनी गाविस-२ की २७ वर्षीया कविता साहका पति ३४ वर्षीय परशुराम साह तेली र उनकी कान्छी पत्नी १९ वर्षीया आशाकुमारी साहलाई प्रहरीले बहुविवाहको आरोपमा पुस १४ गते गिरफ्तार गरेको छ । पीडितले आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी पुस १३ गते दर्ता गरी आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…

२०७३ पुष १४, बिहीबार १९:३९ गते  
इन्सेकको साझेदारीमा सञ्चालित परियोजना समापन

युरोपेली युनियन र डानचर्च एडको सहयोग तथा इन्सेकको मुख्य साझेदारीमा दलित सेवा सङ्घ, सप्तरीद्वारा सञ्चालित दुई वर्षे परियोजनाको समापन भएको जानकारी दिइएको छ । राजविराजमा एक समारोहका बिच नेपालमा विभेद गरिएका समूहको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्धनका लागि मानव अधिकार रक्षक तथा नागरिक समाजको सुदृढिकरण परियोजनाको समापन भएको घोषणा…

२०७३ पुष ९, शनिबार १९:३३ गते  
इन्सेकको पहलमा बालविवाह रोकियो

१५ वर्षीया बालिका र सुनसरी अर्नामा गाविसका २० वर्षीय मो. आरिफ मन्सुरीबिच हुन लागेको बालविवाह इन्सेक र महिला तथा बालबालिका सेवा केन्द्रको पहलमा पुस ८ गते रोकिएको छ । कक्षा ७ मा अध्ययनरत बालिकाको विवाह पुस १४ गते निश्चित भएको भन्ने जानकारी पुस ७ गते प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयको…

२०७३ पुष ८, शुक्रबार २१:५३ गते  
१० वर्षीय देबरको हत्या गरेको कसुरमा भाउजूलाई सर्वस्वसहित जन्मकैद

फकिरा गाविस-५ घर भई राजविराज नपा-५ स्थित दाजु विनोद साहको घरमा बसेर अध्ययन गरिरहेका १० वर्षीय प्रमोदकुमार साहको हत्या गरेको कसुरमा २२ वर्षीया भाउजू सञ्जिलादेवी यादव साहलाई जिल्ला अदालतले पुस ५ गते सर्वस्वसहित जन्मकैद सजायको फैसला गरेको छ । न्यायाधीश शङ्करबहादुर राईको इजलाशले आरोपितलाई कसुरदार ठहर गर्दै जन्मकैद सजायको फैसला…

२०७३ पुष ७, बिहीबार १९:५७ गते  
मानव बेचविखन तथा ओसारपसारको आरोपमा गिरफ्तार

१२ वर्षीया बालिकालाई अपहरण गरी बन्धक बनाई राखेको आरोपमा शम्भुनाथ नपा-६ का २८ वर्षीय रुदल सदालाई सप्तरी प्रहरीले पुस ५ गते गिरफ्तार गरी मानव बेचविखन तथा ओसारपसारविरुद्धको मुद्दा दर्ता गरेको छ । पीडित बालिकाकी आमाको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितले पीडितलाई ०७३ भदौ १९…

२०७३ पुष ५, मंगलवार २१:४६ गते