अधिवक्तालाई मोसो, कार्यालयहरूमा ढुङ्गामुढा तथा मोटरसाइकलमा आगजनी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले राजविराज नपा-१ मा रहेको जिल्ला वन कार्यालय र राजविराज नपा-८ मा रहेको क्वाटरमा फागुन २४ गते आगजनीको प्रयास गरेका छन् । उनीहरूले राजविराज नपा-१ स्थित नेपाल दुरसञ्चार कार्यालय र नगरपालिका कार्यालयमा ढुङ्गा प्रहार गरी झयालका सिसा फुटाएका छन् भने राष्ट्रिय बाणिज्य बैङ्कमा ढुङ्गा र पेट्रोल…

२०७३ फाल्गुन २५, बुधबार ०६:२१ गते  
मोर्चाका कार्यकर्ताद्वारा शान्ति समितिको कार्यालयमा आगजनी

राजविराज नपा-६ स्थित स्थानीय शान्ति समितिको कार्यालयमा फागुन २४ गते दिउँसो संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका कार्यकर्ताहरूले आगजनी गरेका छन् । कार्यालयको बोर्डलगायतका सामग्रीहरु तोडफोड गर्दै मोर्चाका कार्यकर्ताहरूले आगजनी गरेका हुन् । आगजनीबाट कार्यालयभित्र रहेका फर्निचर सामग्रीलगायत कागजातहरू जलेर क्षति पुगेको छ । स्थानीय शान्ति समितिको संयोजकमा हाल नेकपा (एमाले)…

२०७३ फाल्गुन २४, मंगलवार १५:१५ गते  
प्रहरीको गोली लागि तीन जनाको मृत्यु

सप्तरीको राजविराजमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको बताइएको छ। यद्यपी प्रहरीले भने सप्तरी मलेठ-२ का सञ्जन मेहताको मात्रै मृत्यु भएको पुष्टि गरेको छ । सप्तरी मलेठ-४ का पिताम्बर मण्डल र आनन्द शाहको मृत्यु भएको राससले जनाएको छ । झडपका क्रममा प्रहरीको गोली लागी गम्भीर घाइते भएका…

२०७३ फाल्गुन २३, सोमबार २१:५८ गते  
एमालेको कार्यक्रमस्थल नजिक बम फेला

नेकपा (एमाले) को मेची-महाकाली राष्ट्रिय अभियानअन्तर्गत फागुन २३ गते आमसभाका लागि तय गरिएको बसविट्टी गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र नजिकै एउटा सकेट बम फेला परेको छ । बम निष्कृय बनाउन श्री कृष्ण दल गणको बम डिस्पोजल टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दानबहादुर कार्कीले जानकारी दिए । नेकपा (एमाले)…

२०७३ फाल्गुन २३, सोमबार १४:०९ गते  
एमाले अभियान विथोल्न भन्दै मसाल जुलुस प्रदर्शन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले नेकपा (एमाले) को मेची महाकाली राष्ट्रिय अभियान सप्तरी प्रवेश गर्ने अघिल्लो दिन फागुन २२ गते साँझ राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ । स्थानीय हरिनन्देश्वर महादेव मन्दिरबाट निस्किएको मसाल जुलुस नगर परिक्रमा पश्चात शहीद दर्शन चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा वक्ताहरूले कुनै…

२०७३ फाल्गुन २२, आईतवार २१:०१ गते  
अज्ञात समूहद्वारा विद्यालयमा आगजनी

हरीहरपुर गाविस-३ स्थित सुर्य इङ्गलिश बोर्डिङ् स्कूलमा अज्ञात समूहले फागुन २१ गते राति आगजनी गरेको छ । आगजनीले विद्यालयको फुसको घर भएको ब्लक पूर्ण रूपले क्षतिग्रस्त भएको विद्यालय प्रशासनले जनाएको छ । स्थानीय गाउँलेहरूले आगोलाई नियन्त्रणमा लिएकोले अन्य ब्लकमा आगो सर्न नपाएको विद्यालयका संस्थापक देवनारायण चौधरीले जानकारी दिए । चौधरी…

२०७३ फाल्गुन २१, शनिबार २१:२८ गते  
मधेसी मोर्चाका कार्यकर्ताद्वारा सांसद झामाथि आक्रमण

व्यवस्थापिका संसदको महिला-बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति रन्जु झामाथि राजविराजमा फागुन २० गते अपरान्ह संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले आक्रमण गरेका छन् । कालो झण्डा बाँधेर मोटरसाइकलमा आएका मोर्चाका कार्यकर्ताहरूले बा.१ झ ८४८९ नम्बरको सांसद झा चढेको गाडीमाथि ढुङ्गा र लाठी प्रहार गरी गाडीमा क्षति पुर्‍याएका छन्…

२०७३ फाल्गुन २०, शुक्रबार २२:०५ गते  
मोर्चाद्वारा एमालेका जिल्ला नेतामाथि मोसो दलेर दुर्व्यवहार

नेकपा (एमाले) सप्तरीका उपसचिव प्रतापनारायण चौधरीलाई राजविराज नपा-१ स्थित मालपोत कार्यालय अगाडि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले फागुन २० गते मोसो दलेर दुर्व्यवहार गरेका छन् । मेची महाकाली राष्ट्रिय अभियानको तयारी बैठक गरी घर फर्किरहेका चौधरी चढेको मोटरसाइकलर्ला १०-१२ वटा मोटरसाइकलमा आएका मोर्चाका स्थानीय नेता, कार्यकर्ताहरूले घेरी दुर्व्यवहार गर्दै मोसो…

२०७३ फाल्गुन २०, शुक्रबार २२:०१ गते  
विद्यालय अगाडि राखिएको बमले विद्यार्थी आतङ्कित, पठनपाठन प्रभावित

राजविराज नपा-५ स्थित लक्ष्मी इङ्लिश बोर्डिङ् स्कूल अगाडि फागुन १८ गते सकेट बम फेला परेपछि विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ । विद्यालय अगाडि अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) को रातो पर्चासहित सकेट बम फेला परेपछि पढ्न गएका विद्यार्थी र स्थानीयबासी आतङ्कित भएका छन् । विद्यालयका कर्मचारीले एका बिहानै रातो…

२०७३ फाल्गुन १८, बुधबार १६:४१ गते  
विद्यालय अगाडि बम, विद्यार्थी आतङ्कित

राजविराज नपा-९ स्थित पिस जोन मोडल सेकेण्डरी स्कूल अगाडि फागुन १७ गते सकेट बम फेला परेपछि पढ्न गएका विद्यार्थी र स्थानीयवासी आतङ्कित भएका छन् । विद्यालय अगाडि बम राखिएको स्थान नजिकै अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) को रातो पर्चा समेत फेला परेपछि स्थानीय त्रसित हुनुका साथै पठनपाठन समेत प्रभावित…

२०७३ फाल्गुन १७, मंगलवार १४:५९ गते