निर्वाचन विथोल्ने चेतावनीसहित मधेसी मोर्चाद्वारा प्रदर्शन
सरकारले संविधान संशोधनको नयाँ विधेयक संसदमा दर्ता गरेपछि स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चैत ३१ गते राजविराजसहित विभिन्न शहरमा विरोध प्रदर्शन गरेको छ । संविधान संशोधनको नयाँ विधेयकले मोर्चा र गठबन्धनले उठाएका माग सम्बोधन नगरेको भन्दै मोर्चाले मुद्दा सम्बोधन गराउन आन्दोलनलाई निरन्तरता दिएको जनाउँदै…
एमाले नेताको घरमा कालो झण्डा
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तकोशी गाउँपालिका-५ कमलपुरस्थित नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् प्रदेश नं. २ का संयोजक सत्यनारायण मण्डलको घरमा चैत २७ गते कालो झण्डा झुण्ड्याएका छन् । मोर्चाका जिल्ला संयोजक दिनेशकुमार यादवको नेतृत्वमा मोटरसाइकल र्यालीसहित पुगेका मोर्चाका कार्यकर्ताहरूले पूर्व खेलकुद मन्त्री मण्डलको घरमा कालो झण्डा झुण्ड्याउनुका साथै घरमा…
नेताका परिवारमाथि मोर्चाका कार्यकर्ताद्वारा दुर्व्यवहार
राजविराज नपा-४ का नेकपा (एमाले) का केन्द्रीय सदस्य सुमनराज प्याकुरेलको परिवारमाथि उनको घरमा चैत १५ गते संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । घरबाट बाहिर निस्किरहेका बेला प्याकुरेल पत्नी ५४ वर्षीया ज्योति प्याकुरेल र बुहारी ३० वर्षीया रक्तिम प्याकुरेलको बा.१० ज ५४३७ नम्बरको गाडीलाई घेराउ गरी उनीहरुले…
संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिको टोली घटनास्थलमा
व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिद्वारा गठित उप-समितिले चैत १० गते सप्तरीको बसविट्टीमा भएको घटनास्थलको स्थलगत अध्ययन गरेको छ । सांसद मोख्तार अहमदको संयोजकत्वमा आएको सात सदस्यीय टोलीले मृत्यु भएका मलेठ गाविसका तीन जनाको परिवार, स्थानीयवासी, प्रत्यक्षदर्शी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूसँग जानकारी लिएका छन् । टोलीले…
मोर्चाका कार्यकर्ताद्वारा स्थानीय तहमा तालाबन्दी
संविधान संशोधनसहितका माग सम्बोधन नभएसम्म स्थानीय निर्वाचन हुन नदिने भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्लाको पातो नगरपालिका, बेल्ही चपेना गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा चैत ६ गते तालाबन्दी गरेका छन् । मोर्चाको आन्दोलन जारी रहेको र स्थानीय तहको पुर्नसंरचना विभेदपूर्ण भएकोले कार्यान्वयन हुन नदिने भन्दै मोर्चाले स्थानीय निकायहरूमा तालाबन्दी गरेको…
मोर्चाद्वारा स्थानीय तहमा मधेस प्रदेश सरकार लेख्दै तालाबन्दी
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चैत ३ गते राजविराज क्षेत्रमा रहेका स्थानीय तहका कार्यालयहरूमा मधेस प्रदेश सरकार लेख्दै तालाबन्दी गरेका छन् । [caption id="attachment_4039" align="aligncenter" width="640"] अहिले[/caption] [caption id="attachment_4040" align="aligncenter" width="640"] पहिले[/caption] मोर्चाका संयोजक दिनेशकुमार यादवको नेतृत्वमा पुगेका मोर्चा कार्यकर्ताहरूले जिल्ला समन्वय समितिको कार्यालय र राजविराज नगरपालिकाको कार्यालयका प्रमुखको र प्रशासन…
औषधि अभावले बिरामी मर्कामा
राजविराजस्थित एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा एक महिनादेखि रेबिज रोगविरुद्ध लगाइने सुईको अभावले कुकुरको टोकाईबाट घाइते भएकाहरू मर्कामा परेका छन् । फागुन महिनाको अवधिमा बहुला कुकुरको टोकाईबाट घाइते भई अस्पताल आउनेको सङ्ख्या २५ नाघेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । सुई अभावको सूचना पाएका घाइतेहरूले अस्पताल नआई…
सप्तरी घटनाका पाँचै जना मृतकको शवयात्रा निकालियो
सप्तरीमा भएको झडपमा गोली लागेर मृत्यु भएका पाँच जना मृतकको शवयात्रा फागुन २८ गते राजविराजबाट निकालिएको छ । दिउँसो एक बजे राजविराजबाट मोटरसाइकल, कार, जिप, म्याजिक भ्यान, बससहित शवयात्रा निकालिएको थियो । हनुमाननगर, भारदह, कञ्चनरुप, सितापुर, रुपनी, कठौना, कदमाहा हुँदै सिरहाको लहानस्थित शहीद चोकसम्म शवयात्रा लगिने कार्यक्रम रहेको संयुक्त लोकतान्त्रिक…
यात्रुवाहक बसमा आगजनी, सवारीधनीलाई कुटपिट
मलेठ गाविस-२ स्थित राजविराज-रुपनी सडक खण्डमा ना. ५ ख. ६७१३ नम्बरको 'स्वस्तिका' बसमा फागुन २६ गते राति आगजनी भएको छ । बीरगञ्जबाट राजविराज आउँदै गरेको बसका यात्रुहरूलाई ओरालेर तोडफोड गर्नुका साथै पेट्रोल खन्याएर आगजनी गरिएको प्रत्यक्षदर्शीहरूले बताए । उक्त बसमा सवार राजविराज नपा-६ की ३७ वर्षीया सवारीधनीलाई कुटपिट गरेको पीडितले…
मोर्चाका कार्यकर्ताद्वारा राष्ट्रिय मानव अधिकार आयोगको गाडी तोडफोड
सप्तरी घटनामा मृत्यु भएका सञ्जन मेहताका दाजु मलेठ गाविस-२ का २८ वर्षीय रन्जन मेहताले फागुन २६ गते मलेठ गाविस-२ स्थित नहर चोकमा राष्ट्रिय मानव अधिकार आयोगको बा.७ च ७४७९ नम्बरको गाडी तोडफोड गरेका छन् । सप्तरीमा फागुन २३ गते भएको घटनामा मृत्यु भएका मलेठ गाविसका तीन जनाको परिवारलाई भेटेर फर्कने…