स्थानीय निर्वाचन बिथोल्ने चेतावनी दिँदै मशाल जुलुस प्रदर्शन
राष्ट्रिय जनता पार्टी नेपालले राजविराजमा जेठ १३ गते स्थानीय निर्वाचन बिथोल्ने चेतावनी दिँदै मशाल जुलुश प्रदर्शन गरेको छ । संविधान संशोधन नगरी स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने चेतावनी दिँदै आन्दोलनमा उत्रिएको राजपा नेपालले मशाल जुलुस प्रदर्शन गरेको हो । सरकारले पटक-पटक गरेको सहमति कार्यान्वयन नगरी धोका दिएपछि निर्वाचनमा…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
कृष्णासबरन गाउँपालिका-१ जण्डौलकी २८ वर्षीया अनीता चौधरीका पति ३० वर्षीय शिवकुमार चौधरी र सोही ठाउँकी २९ वर्षीया ममता चौधरीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले गिरफ्तार गरी जेठ १० गते मुद्दा दर्ता गरेको छ । पीडित महिलाले जेठ ८ गते दिएको उजुरीपछि आरोपितद्वयलाई जेठ ९ गते घरबाटै गिरफ्तार गरी बहुविवाहको मुद्दा दर्ता…
स्थानीय निर्वाचनमा राजपाद्वारा सहभागी नहुने जानकारी
राष्ट्रिय जनता पार्टी(राजपा) सप्तरीको जेठ १० गते राजविराजमा सम्पन्न बैठकले आसन्न स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा सहभागी नहुने जनाएको छ । मधेसको माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक भएको औँल्याउँदै राजपा सप्तरीले जेठ १० गते एक विज्ञप्ति जारी गरी संविधान संशोधनबिना मधेसमा चुनाव हुन नसक्ने जनाएको हो । अधिकारका लागि…
सरकारी नीति बमोजिम दलितले छात्रवृत्ति नपाएको गुनासो
सरकारले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ मा गरेको छात्रवृत्तिसम्बन्धी व्यवस्थाअनुसार सप्तरीका दलितहरूले छात्रवृत्ति नपाएको भन्दै दलित सरोकार मञ्च सप्तरीले आक्रोश व्यक्त गरेको छ । जेठ ८ गते सञ्चारकर्मी भोला पासवानले अध्ययन गरेको प्रतिवेदनका आधारमा सप्तरीमा सञ्चालित नीजि विद्यालयहरूमा दलितहरूले पाउनुपर्ने छात्रवृत्ति नपाइरहेको गुनासो गरेका हुन् । जिल्लामा दर्ता…
निर्वाचन शिक्षा सामग्रीमा आगजनी
सङ्घीय गठबन्धनका कार्यकर्ताहरूले रुपनी गाउँपालिका-२ स्थित तेरहौतामा निर्वाचन शिक्षा सामग्रीमा जेठ ७ गते आगजनी गरेका छन् । वडा कार्यालयमा आयोजित निर्वाचन शिक्षा कार्यक्रममा संविधान संशोधन बिना कुनै पनि निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न नदिने चेतावनी दिँदै गठबन्धनका कार्यकर्ताले निर्वाचन शिक्षा सामग्रीमा आगजनी गरेका हुन् । आगामी जेठ ३१ गतेको दोश्रो चरणको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया सुस्त मनस्थिति भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, कञ्चनरुपले कृष्णासवरन गाउँपालिका-२ का २६ वर्षीय जयनारायण पौडेललाई जेठ ७ गते गिरफ्तार गरी ८ गते उजुरी दर्ता गरेको छ । पीडित महिलालाई आरोपितले जेठ ७ गते बलात्कार गरेको आरोपमा मौखिक उजुरी आए लगत्तै आरोपितलाई तत्कालै गिरफ्तार गरिएको…
बलात्कार घटनाका आरोपितहरूविरुद्ध मुद्दा दर्ता
४० वर्षीया एक महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले जेठ ७ गते हनुमाननगर कंकालिनी नपा-१ भारदहका ३५ वर्षीय बमबम मुखिया, तिरहुत गापा-३ गोइठीका महेन्द्र महात्मान यादव, भारत घर भई हनुमाननगर कंकालिनी नपा-३ पोर्ताहा बस्ने २८ वर्षीय सुरज साह र ३० वर्षीय एक अपरिचितविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेको…
घरेलु हिंसाविरुद्ध मुद्दा दर्ता
शम्भुनाथ नपा-६ मोहनपुरकी १८ वर्षीया कल्पनाकुमारी साहलाई दाइजो माग्दै यातना दिएको आरोपमा जिल्ला प्रहरी कार्यालयले ०७४ जेठ ७ गते उनका पति २५ वर्षीय श्यामसागर साह र सासु ४७ वर्षीया देवकीदेवी साहविरुद्ध घरेलु हिंसा मुद्दा दर्ता गरेको छ । पीडितका बुवा धनुषाको पर्छवा गाविस-२ का रामऔतार साहले दिएको उजुरीका आधारमा आरोपितहरू…
बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता
१२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले जेठ ४ गते शम्भुनाथ नपा-२ बस्ने २४ वर्षीय सञ्जय सदाविरुद्ध मुद्दा दर्ता गरेको छ । पीडित बालिकाकी आमाले जेठ २ गते दिएको उजुरीका आधारमा मुद्दा दर्ता गरी आरोपितको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी यादवराज उप्रेतीले जानकारी दिए…
सामूहिक बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ४ गते डाक्नेश्वरी नपा-१ कविलासाका २८ वर्षीय भोगेन्द्र साह र २३ वर्षीय जनकुमार साहविरुद्ध उजुरी दर्ता गरेको छ । पीडितका अभिभावकले जेठ २ गते दिएको उजुरीका आधारमा उक्त उजुरी दर्ता गरी आरोपितहरूको खोजीकार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी यादवराज उप्रेतीले…