बलात्कार प्रयास घटनाको मुद्दा मुल्तबीमा
२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेका कञ्चनरूप नगरपालिका–५ पिप्रा पूर्वका २२ वर्षीय राजेश सरदारविरुद्धको मुद्दा जेठ २२ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले आरोपितविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताउनु भयो । रातको खानाखाई घर पछाडी ट्युववेलमा…
बलात्कार घटनाको कसुरमा दश वर्ष कैद सजाय
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तिरहुत गाउँपालिका–३ का २३ वर्षीय ज्ञानु भनिने ज्ञानकुमार साहलाई जेठ १९ गते १० वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई कसुर ठहर गर्दै १० वर्ष कैद सजायका साथै ५० हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने र फौजदारी कसुर पीडित राहत कोषमा…
सामुदायिक सेवा केन्द्रको पदेन सदस्य र सल्लाहकारमा इन्सेक
सामुदायिक सेवा केन्द्र सप्तरीको जेठ १३ गते सम्पन्न प्रथम पूर्ण वैठकले इन्सेक सप्तरीलाई पदेन सदस्यमा मनोनयन गरेको छ । नवनिर्वाचित अध्यक्ष धिरेन्द्रकुमार दासको अध्यक्षतामा बसेको वैठकले पहिलो पटक इन्सेक सप्तरीलाई पदेन सदस्यमा मनोनयन गर्नुका साथै इन्सेकबाट दुई जनालाई सल्लाहकारमा चयन गरेको छ । कार्य समितिलाई पूर्णता दिदै गठन गरिएको ५…
अपहरण र शरीर बन्धक घटनाका मुद्दा मुल्तबीमा
राजविराज नगरपालिका–१ पडरियाका २३ वर्षीय अजयकुमार दासलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोप लागेका सोही ठाउँका २७ वर्षीय निजामुद्दिन मियाँ र राजविराज नगरपालिका–८ पानी टंकीका २८ वर्षीय गफार मियाँविरुद्धको मुद्दा जेठ ९ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासले फरार रहेका आरोपितहरूविरुद्धको मुद्दा मुल्तबीमा…
बाल विवाह, बाल श्रम, लागु औषधविरूद्ध सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आर्थिक सहयोगमा जेठ ७ गते शम्भुनाथ नगरपालिकाको वडा नम्बर ८, ९ र १० मा सडक नाटक प्रर्दशन भएको छ । बाल अधिकार सचेतना समूह श्री जनता माध्यमिक विद्यालय रामपुर जमुवाको आयोजनामा शम्भुनाथको सदा टोल र शिव चौकलगायतमा सडक नाटक प्रदर्शन भएको कार्यक्रम संयोजक…
शम्भुनाथ नगरपालिकाको विभिन्न स्थानमा सडक नाटक प्रर्दशन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आर्थिक सहयोगमा जेठ ६ गते शम्भुनाथ नगरपालिकाको विभिन्न स्थानमा सडक नाटक प्रर्दशन भएको छ । बाल अधिकार सचेतना समूह श्री रामदयाल माध्यमिक विद्यालय सखुवा कचन्दाहाको आयोजनामा शम्भुनाथको बैरयाही टोल, मिलन चौक र शम्भुनाथ मेलामा सडक नाटक प्रदर्शन भएको हो । इन्सेकद्वारा गठित बाल…
भारत बिहारको मधुवनी जिल्ला प्रहरीको साथ र समन्वयमा बालविवाह राकियो
राजविराज नगरपालिका–१५ देउरी भरुवाकी रेखा शर्माका पति ३० वर्षीय रबिन्द्र शर्मा सुतिहारले जेठ ३ गते राति भारत बिहारको मधुवनी जिल्लाको महदेवमंठ थाना अन्तरगत डकही गढीया गाउँकी १६ वर्षीया बालिकासँग गर्न लागेको बालविवाह तथा बहुविवाह सोही जिल्लाको प्रहरीको साथ र समन्वयमा रोकिएको छ । सप्तरी र भारत बिहारको मधुवनी जिल्लाका प्रहरीको…
बलात्कार घटनाका आरोपित दुई वर्षपछि गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका २० वर्षीय राजु मण्डल खंग खत्वे जेठ ४ गते गिरफ्तार भएका छन् । जिल्ला अदालतमा उपस्थित गराइएका आरोपितलाई जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको आदेशमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाइएको अदालतले जनाएको छ । आरोपितले २०७८ असार १६ गते बलात्कार गरेको…
बलात्कार घटनाको झुठा उजुरी दिनेलाई जरिवाना
१७ वर्षीया बालिकालाई बलात्कार गरेको र गर्भपतन गराएको भन्दै उजुरी दिने उनकी आमालाई जेठ ४ गते ३ हजार रुपियाँ जरिवानाको फैसला भएको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले झुठा उजुरी दिएको आरोपमा जाहेरवाली आमालाई नै सजायको फैसला गरेको अदालतले जनाएको छ । पीडित पक्ष होस्टाइल भएपछि अदालतको इजलासले आरोपित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जेठ ४ गते तिरहुत गाउँपालिका–२ मैनाकडेरीका २७ वर्षीय खुर्सिद भन्ने कुर्सिद मियाँ गिरफ्तार भएका छन् । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले मियाँलाई सोही दिन राजविराज कारागार पठाएको छ । कुर्सिद मियाँको हकमा मद्दा मुल्तबीमा राख्ने फैसला न्यायाधीश इश्वरमणि ओझाको ०७८ पुस २१ गतेको इजलासले…