शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगहापुरमा वैशाख १६ गते सम्पन्न भएको छ । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देलले दिवा खाजाको कार्यक्रम शिक्षा क्षेत्रमा प्रभावकारी रहेको उल्लेख गर्नुहुँदै…
इन्सेकद्वारा चन्द्रनिगहापुरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहद्वारा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेखि बनाउने परियोजना अन्तर्गत मानव अधिकारसम्बन्धी एक दिने अन्तक्रिया कार्यक्रम रौतहटको चन्द्रनिगहापुरमा सम्पन्न भएको छ । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले समुदायमै पुगेर इन्सेकले मानव अधिकार संरक्षण र…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
१९ वर्षीया महिलालाई चैत १८ गते बलात्कार गरेको आरोपमा देवाही गोनाही नगरपालिका–७ उचिहिड स्थायी घर भई हाल चन्द्रपुर नगरपालिका–१० बडेरवा बस्दै आएका २१ वर्षीया कुन्दन साहविरूद्ध पीडितले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा चैत २१ गते उजुरी दिएकी छन् । पीडित पक्षबाट उजुरी आएपछि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर…
नेपाली कांग्रेसका नगर सभापति र वडाध्यक्षको समूहबिच झडप, पाँच जना घाइते
देवाही गोनाही नगरपालिका–७ प्रेमपुर गोनाहीका नेकपा एमालेको तर्फबाट प्रतिनिधित्व गरेका ५५ वर्षीय वडाअध्यक्ष जगरनाथ राय यादव र नेपाली कांग्रेसका नगर सभापति ५५ वर्षीय रामअयोध्या राय यादव पक्षबिच चैत ५ गते झडप हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा ६० वर्षीय फेकु राय यादव, ५८ वर्षीय रामबाबु राय यादव,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
रौतहटकी १४ वर्षीया बालिकालाई फागुन ८ गते बलात्कार गरेको आरोपमा बौधिमाई नगरपालिका–७ का २१ वर्षीय पवन जैसवाल र १९ वर्षीय मन्जय साह कानुलाई प्रहरीले गिरफ्तार गरेको छ । मन्जय साह कानुलाई फागुन ९ गते र पवन जैसवाललाई फागुन ११ गते गिरफ्तार गरिएको प्रहरीले जनायो । घटनाका अन्य आरोपितहरू बौधिमाई नगरपालिका–७…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चन्द्रपुर नगरपालिका–२ का २० वर्षीय सुजन सिंजाली मगरविरूद्ध पीडितले माघ २८ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा उजुरी दिएकी छन् । विवाह गर्छु भनी डर, धम्की, प्रलोभन, देखाएर करिब एक वर्षदेखि पटक–पटक बलात्कार गर्दै आएको र पछिल्लो पटक आरोपितले माघ २२ गते बलात्कार गरेको पीडितको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
राजपुर नगरपालिका–२ की १६ वर्षीया बालिकालाई अहरण गरी शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले राजपुर नपा–२ का ६५ वर्षीय गोनाउर मियालाई ०७८ माघ २५ गते गिरफ्तार गरेको छ । पीडितलाई ०७७ फागनु १४ गते सोही ठाउँका २८ वर्षीय तबरेज मिया, ६५ वर्षीया गोनाउर मिया र ३० वर्षीया प्रवेज मियाले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फतुवाविजयपुर नगरपालिका–३ नेवाकीका ३१ वर्षीय चन्दन साह कानुलाई माघ १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ १२ गते बलात्कार गरेको आरोपमा आरोपितविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय विजयपुरमा माघ १३ गते उजुरी दिएकी थिइन् । आरोपितविरूद्ध जबरजस्ती करणीसम्बन्धी शीर्षकमा उजुरी…
जनमत पार्टीका आठ जना कार्यकर्ता गिरफ्तार
पुर्वपश्चिम राजमार्ग स्थित चन्द्रनिगाहापुरमा बन्द गराउँदै हिँडेका सिके राउत नेतृत्वको जनमत पार्टीका आठ जना कार्यकर्तालाई प्रहरीले पुस १६ गते गिरफ्तार गरेको छ । सिके राउत नेतृत्वको जनमात पार्टीले पुस १५ गतेदेखि आह्वान गरेको अनिश्चितकालीन हाइवे बन्दको दोस्रो दिन दिनभरी बन्दको प्रभावले सर्वसाधारणको जनजीवन कष्टकर बनेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।…
मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा गरिएको छ । जनवरीदेखि डिसेम्वर १५ सम्मको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पुस ८ गते रौतहटमा आयोजित एक कार्यक्रममा इन्सेक रौतहट प्रतिनिधि कोपिला तिमिल्सिनाले प्रतिवेदन…