बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

५३ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा चन्द्रपुर नपा—२ जुडिबेलाका ५० वर्षीय लालबहादुर घलानविरुद्ध पीडितले असार ३२ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले असार २५ गते बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएको बताएकी छन् । पीडित महिलाले दिएको उजुरी सोहि दिन दर्ता…

July 17, 2022  
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

६ वर्षीया बालिकालाई ०७९ असार १९ गते चन्द्रपुर नपा–४ का ५५ वर्षीय बन्हु चौधरी थारुले यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाको आमाले इलाका प्रहरी कार्यालय चन्द्रपुरमा असार २१ उजुरी दिएकी छिन् । पीडित परिवारले दिएको उजुरी सोही दिन दर्ता गरी घटनाको अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगहापुरका डिएसपी सन्तुलाल प्रसाद…

July 8, 2022  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गरुडामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि अभिलेखित घटानहरुको पुष्टि तथा पुनःपुष्टिका लागि अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाले ०७८ पुस १७ गतेदेखि ०७९ वैशाख मसान्तसम्म अभिलेख गर्नु भएको मानव अधिकार उल्ङ्घन तथा ज्यादतीका ३० ओटा…

June 17, 2022  
मानव अधिकार संरक्षण र सम्बर्द्धनमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना र नेपाल पत्रकार माहासङ्घ रौतहट शाखाको समन्वयमा जेठ ३१ गते जिल्ला सदरमूकाम गौरमा मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि सञ्चारकर्मीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल पत्रकार माहासङ्घ रौतहट शाखाका कोषाध्यक्ष धर्मेन्द्र साहले पीडितलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्दा आफैँ…

June 16, 2022  
शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारको विषयमा सार्वजनिक सुनुवाइ सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना र मानव अधिकार निगरानी समूह चन्द्रपुर तथा चन्द्रपुर नगरपालिकासँगको सहकार्यमा चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा सार्वजनिक सुनुवाइ कार्यक्रम जेठ ३० गते सम्पन्न गरिएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा चन्द्रपुर नगरपालिका–८ सन्तपुरकी रमिता रामले खाद्य तथा मल बिउ बिजन लिन कृषि शाखामा जाँदा लालपूर्जा माग्ने…

June 15, 2022  
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे

इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान नेतृत्वको टोलीले जेठ १२ गते पीडित परिवार, जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला अदालत, जिल्ला कारागार…

May 28, 2022  
वडाध्यक्षलाई कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीले उजुरी लिन नमानेको आरोप

राजपुर नपा–१ का ४० वर्षीय शेष अमिरुल्लाहलाई सोही ठाउँका नेपाली कांग्रेसका कार्यकर्ता ६० वर्षीय शेख अबदुल, ५० वर्षीय खैरुल्लाह, ४२ वर्षीय शेख अजित र ४५ वर्षीय शेख मुस्तकलगायत करिब ३०/४० जनाको समूहले ०७८ वैशाख ३० गते निर्वाचनको दिन कुटपिट गरी घाइते बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा पटक–पटक उजुरी लिएर जाँदा…

May 23, 2022  
रौतहटमा स्थगित गरिएका २४ मतदान केन्द्रको मतदान सुरु

स्थानिय निर्वाचन ०७९ देशभरी एकैसाथ वैशाख ३० गते भएकोमा रौतहट जिल्लाको ६ ओटा पालिकाका ११ मतदान स्थलको २४ ओटा मतदान केन्द्रमा विभिन्न कारणले स्थगित भएको निर्वाचन जेठ ४ गते जिल्ला भरि एकै साथ सुरु भएको छ । वैशाख ३० गते भएको निर्वाचनमा यमुनामाई गाउँपालिका–१ मा नेकपा माओवादी र जासपा बिच…

May 18, 2022  
मतदाताले नै लुटे मतपेटिका

यमुनामाई गाउँपालिका–१ को जेठरहीया मावि (क) मतदान स्थलबाट मतदाताहरुले नै मतपेटिका लिएर भागेका छन् । सो मतदान स्थलको दुई ओटा मदतान केन्द्रको मतपेटिका स्थानीयले लिएर भागेका हुन् । नेकपा माओवादी केन्द्र र जसपा बिच विवाद हुँदा मतपेटिका खोसाखोस भएको थियो । माओवादीले सो केन्द्र कब्जा गर्न खोजेको भन्दै अन्य दलहरुले…

May 13, 2022  
इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले संविधानको मौलिक हकमा व्यवस्था गरिएको शिक्षा, स्वास्थ्य, खाद्य र अवास हकलाई स्थानीय तहले नीति…

May 1, 2022