शिक्षक सङ्गठनका अध्यक्षमाथि मोर्चा कार्यकर्ताद्वारा दुर्व्यवहार
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रौतहटका जिल्ला अध्यक्ष ४७ वर्षीय मणिशङ्कर निधिलाई ०७३ फागुन २३ गते साँझ मधेशी मोर्चाका कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेका छन् । जिल्ला सदरमुकाम गौरस्थित वीपी चोकबाट मोटरसाइकलमा आफ्नो निवासतर्फगइरहेका निधिलाई मोर्चाका दुई जना कार्यकर्ताले मोटरसाइकल रोकी अनुहार र शरीरमा मोबिल खन्याएर भागेको नेकपा एमालेका जिल्ला सचिव…
धारिलो हतियार प्रहार गरी महिलाको हत्या
कनकपुर गाविस-२ की २५ वर्षीया सहनाज खातुनको शव फागुन २२ गते बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको छ । आफ्नै घरमा सुतिरहेकी खातुनलाई बिहान ४ बजेको समयमा घर बाहिर अज्ञात व्यक्तिले चोर आयो भनी हल्ला गरेपछि सँगै सुतेका पीडितका पति ३० वर्षीय शेष…
मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच भएको झडपमा तीन जना घाइते
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच फागुन १५ गते रौतहटको सदरमुकाम गौरमा झडप हुँदा तीन जना घाइते भएका छन् । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जिल्ला सदरमुकाम गौरमा पार्टी कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न गौर आउने कार्यक्रम राखेपछि मोर्चाले बिहानैदेखि गौरका विभिन्न…
बालिकाको अपहरण गरी बलात्कार पश्चात हत्या गरेको घटनाका आरोपित गिरफ्तार
घरमा सुतिरहेकी मर्यादपुर गाविस-१ की ६ वर्षीया शिला कुमारीलाई अपहरण गरी बलात्कार पश्चात हत्या गरेको आरोपमा कटहरीया गाविस-१ हर्षाहा टोलका २८ वर्षीय बालकिशोर चौरसियालाई जिल्ला प्रहरी कार्यालय रौतहटले गिरफ्तार गरी भदौ १० गते सार्वजनिक गरेको छ । पीडित बालिकालाई ०७३ भदौ ८ गते राति घरमा सुतिरहेको बेला अपहरण गरी बलात्कार…
सामूहिक बलात्कार आरोपमा उजुरी दर्ता
१२ वर्षीया बालिकालाई सिम्रा भवानीपुर गाविस-६ का ३० वर्षीय सलाहुद्धिन अन्सारी, सोही ठाउँका २६ वर्षीय असताफ देवान, सोही ठाउँका ३५ वर्षीय सहिद अन्सारी र सोही गाविस-५ का १८ वर्षीय असरफ मियाँले साउन ३१ गते राति सामूहिक बलात्कार गरेको आरोपमा पीडित बालिकाले भदौ ३ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा जाहेरी दर्ता…
बन्धक बनाएर बलात्कार गरेको घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले पचरुखी गाविस-८ छर्तौना टोलका १८ वर्षीय राजेश महरा चमारलाई साउन २७ गते गिरफ्तार गरेको छ । साउन २५ गते साँझ पीडित बालिकालाई रातभर हातगोडा बाँधेर आरोपित चमारले बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गङ्गा पिपरामा साउन २७ गते उजुरी…
बलात्कार गरेको आरोपमा उजुरी दर्ता
आठ वर्षीया बालिकालाई चन्द्रपुर नपा-९ का ४१ वर्षीय लक्ष्मीबहादुर वलले साउन २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा साउन २३ गते उजुरी दर्ता गराएको छ । आरोपित फरार रहेकाले उनको खोजतलास र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर ज्ञानकुमार सेटीले बताए । पीडितको स्वास्थ्य…