वैवाहिक बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय पतिविरुद्ध पीडितले ०८१ असोज १७ गते इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिनुभएको छ। आरोपितले ०८१ साउन २५ गते आफूलाई बलात्कार गरेको भन्दै पीडितले असोज १७ गते उजुरी दिएको इलाका प्रहरी कार्यालय गरुडाका असइ सुवोध मिश्रले जानकारी दिनुभयो । उजुरीपश्चात आरोपित फरार रहेकोले खोजि कार्य भइरहेको…
अविरल वर्षाको कारण तीन जनाको मृत्यु, १ हजार २ सय भन्दा बढी विस्थापित
०८१ असोज १० गतेदेखि परेको अविरल वर्षाको कारण रौतहटस्थित बागमति र लालबकैया नदिको बाध फुट्दा तीन जनाको मृत्यु भएको छ भने १ हजार २ सय ४५ भन्दा बढी घर परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका एसपी दिलिप घिमिरेले जानकारी दिनुुभएको छ । लाल बकैया खोलामा आएको बाढी कटान भएर गाउँ…
अविरल वर्षाका कारण जिल्ला कारागार गौरका कैदि बन्दिहरू छतमा बस्नु परेको अवस्था
०८१ असोज १० गतेदेखि परेको अविरल वर्षाका कारण बागमती र लालबकैया नदीको पानी गौर नगरपालिका-३ स्थित जिल्ला कारागारभित्र पसेको छ । कारागारका कैदी बन्दिहरू छतमा बस्नु परेको अवस्था रहेको छ । अविरल वर्षाका कारण जिल्ला कारागार गौरका कैदी बन्दिहरू छतमा बस्नु परेको अवस्था रहेको कारागारमा कार्यारत कर्मचारी बुद्धि पुरीले बताउनु भयो…
मट्टीतेल खन्याएर पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार
इशानाथ नगरपालिका-२ औरैयाकी २२ वर्षीया पिंकी देवी साहलाई मट्टीतेल खनाएर आगो लगाई हत्या गर्न खोजेको आरोपमा २४ वर्षीय पति रोशन साह सोनारलाई ०८१ असोज १ गते प्रहरीले गिरफ्तार गरेको छ । असोज १ गते विश्वकर्मा पुजाको दिन खेतमा पानी हाल्ने पम्पको ट्याङ्कीबाट मट्टीतेल झिकेर आगो लगाई गम्भीर घाइते बनाएका थिए…
प्रधानाध्यापक सरुवाको विषयमा विवाद हुँदा विद्यार्थीहरूद्वारा प्रदर्शन तथा तोडफोड
देवाहिगोनाही नगरपालिका-९ स्थित जयकिसान माध्यमिक विद्यालय धरहरिका प्रधानाध्यापक सञ्जय साहलाई सरुवा गरेको निहुँमा विद्यार्थीहरूले ०८१ असोज ८ गते प्रदर्शन गर्नुका साथै नगरपालिकाको भवनमा ढुङ्गा मुढा गरेका छन् । नगरपालिकाको भवन क्षतिग्रस्त भएको छ । प्रधानाध्यापक साहको सरुवाको विषयमा विद्यालय व्यवस्थापन समिति, देवाहीगोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह, वडा नं ९…
रौतहटको राजपुर नगरपालिकामा हैजाको प्रकोप बढ्दो
राजपुर नगरपालिका-४ मा ०८१ असोज २ गते एक जनामा देखिएको झाडापखाला अहिले सोही नगरपालिका वडा नं ३ मा पनि फैलिएको छ । राजपुर नगरपालिका-३ र ४ हालसम्म ७१ जनामा हैजा फैलिएको राजपुर नगर स्वास्थ्य संयोजक खुर्सेद आलमले बताउनु भयो । एक जनामा देखिएको झाडापखालाको आइडिटि र कल्चर जाँच गरेपछि हैजा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा निजका ३० वर्षीय काकालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ०८१ भदौ २८ गते गिरफ्तार गरेको छ। आरोपितले भदौ २८ गते बलात्कार गरेकाे भन्दै पीडितले सोहि दिन इलाका प्रहरि कार्यालय चपुरमा उजुरी दिएको इन्स्पेक्टर सुरेन्द्र बर्तौलाले जानकारी दिनु भयो । आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट चार दिनको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित चन्द्रपुर नगरपालिका-१० का २८ वर्षीय दिनेश सहनीलाई ०८१ भदौ २७ गते इलाका प्रहरी कार्यालय चपुरले गिरफ्तार गरेको छ। आरोपित सहनिले ०८१ वैशाख १९ गते बालिकालाई यौन दुर्व्यवहार गरी फरार भएको भन्दै पीडित पक्षले जेठ ३ गते इलाका प्रहरी कार्यालय चपुरमा उजुरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा १५ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय गौरले ०८१ भदौ २८ गते गिरफ्तार गरेकाे छ । आराेपित बालकले भदौ २८ गते बालिकालाई बलात्कार गरेकाे भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दिएकाे डिएसपी एलिजा गिरीले जानकारी दिनु भयाे । आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट पाँच…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परोह नगरपालिका-८ मोतीपुर नरकटिया टोल की २९ वर्षीया लालु कुमारी पटेललाई साेही टोल निवासी पत्रकार ३५ वर्षीय अभिमन्यु पटेल, निजका भाइहरू ३३ वर्षीय राकेश पटेल, र ३० वर्षीय मुकेश पटेलले कुटपिट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र गौरमा ०८१ भदौ २७ गते उजुरी दिनु…