स्वतन्त्र उम्मेदवार योन्जन चढेको गाडिबाट १ लाख ५० हजार रुपियाँ बरामद
महोत्तरी निर्वाचन क्षेत्र नं. १ ’ख’ का स्वतन्त्र उम्मेदवार बिष्णुबहादुर योन्जन चढेको गाडिबाट १ लाख ५० हजार रुपियाँ रकम बर्दिवास नपा–११ स्थित खयरमाराको पाँचे टोलबाट बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय एसपी कृष्ण पंगेनिले मङ्सिर २ गते साँझ पाँचे टोलमा पुगेका योन्जनको गाडिबाट उक्त रकम फेला पारिएको जानकारी दिनु…
इन्सेकको निर्वाचन पर्यवेक्षक टोलीद्वारा महोत्तरीका सरोकारवालाहरुसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को निर्वाचन पर्यवेक्षकहरुको एक टोलीले कात्तिक २७ गते महोत्तरी जिल्लाका सरोकारबालाहरुसँग छलफल गरेका छन् । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानको नेतृत्वमा रहेको इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साह, धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंह, इन्सेकका कार्यक्रम फोकल पर्सन बरुण बस्याल, वोरेकका महोत्तरी कार्यक्रम संयोजक तथा इन्सेकका निर्वाचन…
मोबाइल चोरीको आरोपमा तीन जना बालकमाथि कुटपिट
गौशाला नगरपालिकामा मोबाइल चोरीको आरोपमा तीन जना बालकलाई कुटपिट गरिएको घटना सार्वजनिक भएको छ । गौशाला नगरपालिका–१२ पररिया बस्ने १२ वर्षीय, १४ वर्षीय र १३ वर्षीय बालकलाई मोबाइल चोरीको आरोपमा कात्तिक १५ गते कान्तिबजारमा सोही ठाउँ बस्ने २५ वर्षीय कान्छा भनेर चिनिने राम दरेश महतोले कुटपिट गरेको पीडित पक्षको आरोप छ…
भङ्गाहा घटनाका विषयमा सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट आठ बुँदे सहमति
हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा भंगहा नगरपालिका–८ पररियामा बिहीबार भएको झडपका सन्दर्भमा आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकले आठ बुँदे सहमति गरेको छ । कात्तिक ११ गते बिहान जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि आठ बुँदे सहमति भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले…
झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागी दुई घाइते
भंगहा नगरपालिका–८ पररियामा कात्तिक १० गते दुई समुदाय बिच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागी भंगहा नगरपालिका–८ पररियाका २१ वर्षीय मो. इम्तियाज राइन घाइते भएका छन् । उनको दाहिने हातको नाडीमा गोली लागेको छ । जनकपुरधाम स्थित दैविक अस्पतालमा उपचार पछि थप उपचारको लागि उनलाई धरान रेफर गरिएको…
दुई पक्षबिच झडप भएपछि भङ्गाहामा अनिश्चितकालीन कर्फ्यु
दुई पक्षबिच भएको झडपमा हिंसा भड्किएपछि भङ्गाहा नगरपालिका क्षेत्रमा कात्तिक १० गतेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीद्वारा जारी कर्फ्यु आदेशमा साम्प्रदायिक सद्भाव खलल पुग्ने गरी कात्तिक १० गते दुई पक्षबिच झडप भएको उल्लेख छ । हिंसा नियन्त्रणमा लिन र शान्ति सुरक्षा कायम गर्न…
महोत्तरीमा १ सय ४३ मतदानस्थल अति संवेदनशील
आगामि मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको लागि महोत्तरीमा २ सय ५८ मतदान स्थलमध्ये १ सय ४३ मतदान स्थल अति संवेदनशील रहेको जनाइएको छ । छिमेकी राष्ट्र भारतसँग करिब ३९ किलोमिटर खुला सीमा जुटेको महोत्तरीमा आम निर्वाचन आफैंँमा चुनौती भएको हुँदा भौगोलिक अवस्थितिलाई दृष्टिगत गरी २…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
मटिहानी नगरपालिका–१ धीरापुर बस्ने ४० वर्षीया आमना खातुनलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २४ वर्षीय मोजाहिर अन्सारीलाई असोज ९ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार खातुनलाई अन्सारीले असोज ७ गते घाँस काट्न गएको बेला चौरमा बलात्कार गरी हत्या गरेर फरार भएको प्रहरीले…
आठ दिनदेखि नगरपालिकाको कामकाज बन्दगरिएपछि सेवाग्राही मर्कामा
भंगहा नगरपालिकाका प्रशासन, योजना तथा अनुगमन प्रमुख बिजय कुमार यादवमाथि कार्यकक्षमै दुव्र्यवहार गरिएको भन्दै कर्मचारीहरूले कार्यालयको कामकाज बन्द गरेपछि सेवा प्रवाह प्रभावित भएको छ । कर्मचारीहरू आन्दोलित भएपछि विगत आठ दिनदेखि नगरपालिकाका सेवाग्राहीहरू मर्कामा परेका हुन् । गत भदौ २० गते नगर उपप्रमुख शान्ति कुमारी सिंहको नेतृत्वमा नगरपालिकामा कर्मचारीलाई कामकाज गर्न…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सोनमा गाउँपालिका–७ घर भई गौशाला नगरपालिका–५ स्थित प्रभु बचत तथा ऋण सहकारी संस्थामको प्रबन्धक पदमा कार्यरत ३५ वर्षीय शत्रोधन यादवलाई भदौ २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन ३१ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय गौशालामा…