स्वास्थ्य संस्थामा न औषधि पाइन्छ न त स्वास्थ्यकर्मी नै !

सरकारले स्वास्थ्य संस्थाहरूमा नियमित स्वास्थ्यकर्मी बस्ने र निःशुल्क औषधि पाइने प्रचार गरिरहे पनि महोत्तरी जिल्लाका गाविस तथा सदरमुकामको अवस्था भने त्यस्तो छैन । गाउँका स्वास्थ्य संस्थाहरूमा न औषधि पाइन्छ, न त सल्लाह दिने स्वास्थ्यकर्मी भेटिन्छन् । नियमित अनुगमन नहुँदा स्वास्थ्य संस्थाहरू बेकामेजस्ता भएका छन् । सर्वसाधारणले रूघाखोकीजस्ता सामान्य समस्या लिएर…

January 15, 2017  
महोत्तरी जिल्ला अस्पतालमा औषधि अभाव

महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा औषधिको अभाव भएको छ । जिल्ला अस्पतालमा पारा सिटामोल, एमोक्सिसिलिन, एन्टासिड, एम्लोडिपिन, कोट्रीमोक्साजोल र मेट्रोन ज्वरो, एन्टीवायोटिक, उच्च रक्तचाप र झाडापखालालगायतका अत्यावश्यक औषधिहरूको अभाव भएको हो । जिल्ला सदरमुकाम जलेश्वरमा रहेको जिल्ला अस्पताल र जिल्ला कै विभिन्न गाविस र नगरपालिकामा रहेको स्वास्थ्य चौकीहरूमासमेत औषधि अभाव हुँदा…

December 26, 2016  
महोत्तरीको असहाय परिवारलाई मधेसी कोरिया समाजद्वारा आर्थिक सहयोग

पशुपतिनगर-४ का ज्येष्ठ नागरिक दम्पतीले उपचार सहयोगका लागि पहल गरिदिन इन्सेकका महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहसँग गरेको आग्रह अनुसार इन्सेक अनलाइनमा कात्तिक ३० गते 'उपचार सहयोगको लागि पहल गरिदिन इन्सेक समक्ष आग्रह' शीर्षकमा समाचार प्रकाशित गरेपछि मधेसी कोरिया समाजले आर्थिक सहयोग गरेको छ । मधेसी कोरिया समाजले पुस १० गते…

December 26, 2016  
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा चित्रकला प्रतियोगिता

६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार रक्षक सञ्जाल महोत्तरीको आयोजनामा मानव अधिकारका मुद्दामा कार्य गर्दै आएका संस्था र सञ्जालहरूले चित्रकला प्रतियोगिता, प्रभातफेरी र मैनबत्ती प्रज्वलन कार्यक्रम गरेका छन् । महोत्तरी सदरमुकाममा मङ्सिर २५ गते निकालिएको प्रभातफेरी जिल्ला शिक्षा कार्यालयको मुलगेटबाट सुरु भई जलेश्वरनाथ महादेवको सामुन्ने समापन भएको…

December 12, 2016  
बालविवाह घटनाका एक जोडी बालबालिकाको उद्धार

फुलकाहा-९ जमुनियाका पञ्चहरूले जबरजस्ती बालविवाह गराउन एक महिनादेखि बन्धक बनाएर राखेका १६ वर्षीय बालक र १४ वर्षीया बालिकाको मङ्सिर १७ गते साँझ उद्धार गरिएको छ । बाल संरक्षण तथा सम्बर्द्धन समिति महोत्तरी, सामुदायिक परिवार कल्याण समाज महोत्तरी, इलाका प्रहरी कार्यालय गौशाला र सञ्चारकर्मी सम्मिलित एक टोलीले ती दुई बालबालिकाको उद्धार…

December 3, 2016  
जलेश्वर कारागारमा झडप हुँदा आठ जना घाइते

जलेश्वर कारागारमा मङ्सिर १२ गते बिहान दुई समूहबिच झडप हुँदा आठ जना कैदीबन्दी घाइते भएका छन् । कारागारका भाइ नाइके कारी साहलाई सन्तोष पण्डितले पानी तान्ने धाराको हृयान्डलले टाउकोमा प्रहार गरेपछि झडप सुरु भएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना घाइते भएका छन् । अन्य घाइतेहरूमा मोहम्मद अलि याकद,…

November 27, 2016  
खुल्ला आकाश मुनी पढ्न बाध्य छन् पुरानो विद्यालयका बालबालिका

बथनाहा गाविस-६ स्थित श्री हनुमान विश्वनाथ जनता सरकारी प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरू खुल्ला आकाश मुनि पढ्न बाध्य छन् । वि.सं. २०१० सालमा स्थापित प्राथमिक विद्यालयको भवन निर्माण तथा पुनर्निर्माण हुन नसक्दा वर्षा र जाडोको शीतलहरमा पठनपाठन समेत ठप्प हुने गरेको छ । २ सय २२ विद्यार्थी रहेको सो प्राथमिक विद्यालयमा…

November 23, 2016  
देवरद्वारा भउजूको हत्या गरेको आरोप

वर्दिवास नगरपालिका-८ प्रेमनगरकी ३२ वर्षीया उषादेवी महतोलाई देवर विजय महतोले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ । कात्तिक १७ गते घरैबाट हराएकी उषाको कात्तिक १९ गते बिहान धनुषा जिल्ला लक्ष्मीनिवास-७ स्थित दालाखाडी खोला नजिक तिलको खेतमा शव भेटिएको थियो । मृतकको पति विनोद महतो वैदेशिक रोजगारीको लागि विगत दुई…

November 18, 2016  
उपचार सहयोगको लागि पहल गरिदिन इन्सेकसमक्ष आग्रह

पशुपतिनगर-४ का ज्येष्ठ नागरिक दम्पतीले उपचार सहयोगका लागि पहल गरिदिन इन्सेकका महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहसँग आग्रह गरेका छन् । दृष्टिविहीन ६७ वर्षीय बहादुर महतो, पत्नी ६३ वर्षीय मनतोरीता देवी महतो र ती दम्पतीका छोरा ३८ वर्षीय दुःखी महतो उपचार अभावमा पीडित भएकाले सहयोग जुटाइदिन इन्सेककर्मीसँग उनीहरूले आग्रह गरेका हुन्…

November 15, 2016  
प्रहरीद्वारा यातना दिएको आरोप, आरोपितलाई कारबाहीको माग

बथनाहा गाविस-४ का ४५ वर्षीय गङ्गा महतोलाई कात्तिक २३ गते दिउँसो प्रहरीले नियन्त्रणमा बथनाहा प्रहरी चौकीमा मरणासन्न हुने गरी यातना दिएको पीडितका भाइ त्रिवेणी महतोले आरोप लगाएका छन् । पीडित महतोलाई उपचारका लागि कात्तिक २४ गते बिहान भारतको सितामढी लगिएको उनका भाइले आफन्तले जनाएका छन् । आर्थिक लेनदेनको विषयमा मुद्दा…

November 9, 2016