बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

मटिहानी नगरपालिका–१ धीरापुर बस्ने ४० वर्षीया आमना खातुनलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २४ वर्षीय मोजाहिर अन्सारीलाई असोज ९ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार खातुनलाई अन्सारीले असोज ७ गते घाँस काट्न गएको बेला चौरमा बलात्कार गरी हत्या गरेर फरार भएको प्रहरीले…

October 1, 2022  
आठ दिनदेखि नगरपालिकाको कामकाज बन्दगरिएपछि सेवाग्राही मर्कामा

भंगहा नगरपालिकाका प्रशासन, योजना तथा अनुगमन प्रमुख बिजय कुमार यादवमाथि कार्यकक्षमै दुव्र्यवहार गरिएको भन्दै कर्मचारीहरूले कार्यालयको कामकाज बन्द गरेपछि सेवा प्रवाह प्रभावित भएको छ । कर्मचारीहरू आन्दोलित भएपछि विगत आठ दिनदेखि नगरपालिकाका सेवाग्राहीहरू मर्कामा परेका हुन् । गत भदौ २० गते नगर उपप्रमुख शान्ति कुमारी सिंहको नेतृत्वमा नगरपालिकामा कर्मचारीलाई कामकाज गर्न…

September 15, 2022  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सोनमा गाउँपालिका–७ घर भई गौशाला नगरपालिका–५ स्थित प्रभु बचत तथा ऋण सहकारी संस्थामको प्रबन्धक पदमा कार्यरत ३५ वर्षीय शत्रोधन यादवलाई भदौ २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन ३१ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय गौशालामा…

August 19, 2022  
पतिबाट जलाइएकी महिलाको उपचारको क्रममा मृत्यु, पति गिरफ्तार

आगोले पोलेर घाइते भङ्गहा नगरपालिका–९ की ३५ वर्षीया प्रमिला सदाको उपचारका क्रममा कीर्तिपुरस्थित बर्निङ अस्पतालमा साउन २९ गते राति मृत्यु भएको छ । सदालाई रामगोपालपुर नगरपालिका–८ का ३८ वर्षीय पति शङ्कर सदाले शरीरमा मट्टीतेल छर्केर आगो लगाएपछि घाइते बनाएको आरोप छ । भङ्गहा नगरपालिका–९ कञ्चनवनस्थित माइतीघरमा आमासँगै सुतेकी प्रमिलालाई आरोपितले…

August 16, 2022  
माइजनलाई ५ लाख रुपियाँ बुझाउन नसक्दा शव उठाउन नपाएको पीडित पक्षको दुःखेसो

बर्दिवास नगरपालिका–१४ मा छोरा नभएका बर्दिवास नगरपालिका–१४ का ७० वर्षीय फकिरा साह सोनारको मृत्यु भएपछि दाहसंस्कार र काजक्रियाका लागि बसेको जातीय भेलामा जातीय अगुवा (माइजन)ले ५ लाख रुपियाँ नदिएको भन्दै शव नउठ्ने बताए पछि मृत्यु भएको एक दिन एक रात लास उठ्न नसकेको पीडित पक्षले दुःखेसो पोखेका छन् । मृत्यु…

August 15, 2022  
पत्नी र सासूलाई जलाएर हत्या प्रयासको आरोप, आरोपित फरार !

भङ्गहा नगरपालिका–९ की ३५ वर्षीया प्रमिला देवी सदा र प्रमिलाकी ६५ वर्षीया आमा रेशमादेवी सदालाई रामगोपालपुर नगरपालिका–८ का ३८ वर्षीय शङ्कर सदाले साउन २१ गते राति जलाएर हत्याको प्रयास गरेको पीडित पक्षको आरोप छ । प्रमिलाका पति आरोपित शङ्कर सदाले पीडित दुवै जनाको शरीरमा डिजल छर्कोर आगो लगाएपछि ‘फरार’ भएको…

August 8, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

वर्दिवास नगरपालिकामा आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २४ वर्षीय काकालाई साउन १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १० गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले इलाका प्रहरी कार्यालय वबर्दिवासमा साउन ११ गते उजुरी दिएको छ । आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान…

July 31, 2022  
पत्रकारलाई कुटपिट गरेको घटनाका आरोपितविरूद्ध उजुरी

न्युज २४ का जिल्ला समाचारदाता तथा बर्दिवास नगर पत्रकार सञ्जालका अध्यक्ष बर्दिवास नगरपालिका–३ गौरीडाडाका २६ वर्षीय ललन मण्डल र सोही ठाउँका २५ वर्षीय अजित चौधरीलाई साउन ९ गते गौशाला बजारमा कुटपिट गरेको आरोपमा गौशला नगरपालिकाका ४२ वर्षीय सञ्जय रौनियार, ४१ वर्षीय अशोक यादव र ४२ वर्षीय वित्त यादवविरुद्ध पीडितले साउन…

July 26, 2022  
मोटरसाइकल चोरेको शङ्कामा कुटपिट तथा अमानवीय व्यवहार

औरही नगरपालिका–६ वैरीया टोलमा चोरीको शङ्कामा एक परिवारको आमा र छोरालाई स्थानीय केही व्यक्तिहरुले कुटपिट तथा अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ । वैरीया टोलका आमा र छोरालाई डोरीले हात बाँधेर, घिसार्दै र कुटपिट गर्दै एक घरमा तीन घण्टासम्म बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले असार २४ गते उद्धार गरेको…

July 11, 2022  
मानव अधिकार रक्षक जिल्ला संयोजकमा इन्सेक प्रतिनिधि चयन

मानव अधिकार रक्षक जिल्ला संजालको संयोजकमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साह चयन हुनु भएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरमा असार २० गते सम्पन्न मानव अधिकारकर्मीहरूको भेलाले इन्सेक प्रतिनिधि साहलाई सर्वसम्मत चयन गरिएको हो । सञ्जालको सचिवमा ओरेक नेपाल महोत्तरी कार्यक्रम संयोजक लिला दियालीलाई चयन गरिएको…

July 5, 2022