रामगोपालपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, ६ जना घाइते

रामगोपालपुर नगरपालिकामा स्थानीय प्रदर्शनकारी र प्रहरी बीच मङ्सिर २९ गते झडप भएको छ । झडपमा परी सुरक्षाकर्मी सहित ६ जना घाइते भएका छन् । मङ्सिर २६ गते घरेलु हिंसा मुद्दामा जिल्ला अदालत महोत्तरीले संरक्षणात्मक आदेश गरेपछि औरही नपा–१ माइतबाट रामगोपालपुुर नगरपालिका घर फर्किएकी नेहा चौधरीले घर प्रवेश नपाएको विषयलाई लिएर…

December 15, 2022  
दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

रामगोपालपुर नपा–५ बस्ने २१ वर्षीय पत्नी नेहा चौधरीलाई दाइजोका कारण घरेलु हिंसा गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति डा. पङ्कज चौधरीलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ । पत्नी नेहाले दाइजो तथा घरेलु हिंसा विरुद्ध दिएको उजुरीको आधारमा आरोपित डा. पङ्कजलाई गिरफ्तार गरेको महोत्तरी जिल्ला प्रहरी कार्यालय, जलेश्वरका डीएसपी सन्तोष…

December 15, 2022  
७४औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

“सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने नाराका साथ लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको अन्तिम दिन मंसीर २४ गते महोत्तरीमा अन्तरक्रिया सम्पन्न गरिएको छ। जिल्ला प्रशासन कार्यालयको आयोजना तथा इन्सेक, ओरेक, टिपीओ नेपाल, स्पर्श नेपाल, जिल्ला प्रहरी कार्यालय र युवा जिल्ला संजाल लगायत विभिन्न संघ संस्थाको समन्वयमा ७४…

December 12, 2022  
स्वतन्त्र उम्मेदवार योन्जन चढेको गाडिबाट १ लाख ५० हजार रुपियाँ बरामद

महोत्तरी निर्वाचन क्षेत्र नं. १ ’ख’ का स्वतन्त्र उम्मेदवार बिष्णुबहादुर योन्जन चढेको गाडिबाट १ लाख ५० हजार रुपियाँ रकम बर्दिवास नपा–११ स्थित खयरमाराको पाँचे टोलबाट बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय एसपी कृष्ण पंगेनिले मङ्सिर २ गते साँझ पाँचे टोलमा पुगेका योन्जनको गाडिबाट उक्त रकम फेला पारिएको जानकारी दिनु…

November 19, 2022  
इन्सेकको निर्वाचन पर्यवेक्षक टोलीद्वारा महोत्तरीका सरोकारवालाहरुसँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को निर्वाचन पर्यवेक्षकहरुको एक टोलीले कात्तिक २७ गते महोत्तरी जिल्लाका सरोकारबालाहरुसँग छलफल गरेका छन् । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानको नेतृत्वमा रहेको इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साह, धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंह, इन्सेकका कार्यक्रम फोकल पर्सन बरुण बस्याल, वोरेकका महोत्तरी कार्यक्रम संयोजक तथा इन्सेकका निर्वाचन…

November 13, 2022  
मोबाइल चोरीको आरोपमा तीन जना बालकमाथि कुटपिट

गौशाला नगरपालिकामा मोबाइल चोरीको आरोपमा तीन जना बालकलाई कुटपिट गरिएको घटना सार्वजनिक भएको छ । गौशाला नगरपालिका–१२ पररिया बस्ने १२ वर्षीय, १४ वर्षीय र १३ वर्षीय बालकलाई मोबाइल चोरीको आरोपमा कात्तिक १५ गते कान्तिबजारमा सोही ठाउँ बस्ने २५ वर्षीय कान्छा भनेर चिनिने राम दरेश महतोले कुटपिट गरेको पीडित पक्षको आरोप छ…

November 3, 2022  
भङ्गाहा घटनाका विषयमा सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट आठ बुँदे सहमति

हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा भंगहा नगरपालिका–८ पररियामा बिहीबार भएको झडपका सन्दर्भमा आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकले आठ बुँदे सहमति गरेको छ । कात्तिक ११ गते बिहान जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि आठ बुँदे सहमति भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले…

October 28, 2022  
झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागी दुई घाइते

भंगहा नगरपालिका–८ पररियामा कात्तिक १० गते दुई समुदाय बिच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागी भंगहा नगरपालिका–८ पररियाका २१ वर्षीय मो. इम्तियाज राइन घाइते भएका छन् । उनको दाहिने हातको नाडीमा गोली लागेको छ । जनकपुरधाम स्थित दैविक अस्पतालमा उपचार पछि थप उपचारको लागि उनलाई धरान रेफर गरिएको…

October 28, 2022  
दुई पक्षबिच झडप भएपछि भङ्गाहामा अनिश्चितकालीन कर्फ्यु

दुई पक्षबिच भएको झडपमा हिंसा भड्किएपछि भङ्गाहा नगरपालिका क्षेत्रमा कात्तिक १० गतेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीद्वारा जारी कर्फ्यु आदेशमा साम्प्रदायिक सद्भाव खलल पुग्ने गरी कात्तिक १० गते दुई पक्षबिच झडप भएको उल्लेख छ । हिंसा नियन्त्रणमा लिन र शान्ति सुरक्षा कायम गर्न…

October 28, 2022  
महोत्तरीमा १ सय ४३ मतदानस्थल अति संवेदनशील

आगामि मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको लागि महोत्तरीमा २ सय ५८ मतदान स्थलमध्ये १ सय ४३ मतदान स्थल अति संवेदनशील रहेको जनाइएको छ । छिमेकी राष्ट्र भारतसँग करिब ३९ किलोमिटर खुला सीमा जुटेको महोत्तरीमा आम निर्वाचन आफैंँमा चुनौती भएको हुँदा भौगोलिक अवस्थितिलाई दृष्टिगत गरी २…

October 12, 2022