बर्दिबासका स्वतन्त्र उम्मेदवार क्षेत्रीका समर्थकमाथि कुटपिट
बर्दिबास नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रह्लाद क्षेत्रीका समर्थकहरुमाथि वैशाख ३० गते आक्रमण भएको छ । प्राप्त जानकारी अनुसार बर्दिवास नगरपालिका–६ किसाननगरबाट बर्दिबासतर्फ मतपेटिका बोकेको गाडीसँग सँगै आइरहेका स्वतन्त्र उम्मेदवार क्षेत्रीका समर्थकमाथि बर्दिबासका निवर्तमान मेयर विदुरकुमार कार्कीका आफन्त र समर्थकहरुले कुटपिट गरेको हो । कुटपिटबाट बर्दिवास–६ बस्ने ३४ वर्षीय…
लोसपाबाट मठिहानी मेयर पदका उम्मेदवार मण्डलमाथि हातपात
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट महोत्तरीको मठिहानी नगरपालिकाका मेयर पदका उम्मेदवार हरिप्रसाद मण्डलमाथि एक समूहले हातपात गरेको पीडितको आरोप छ । वैशाख २७ गते राती ८ बजे चुनाव प्रचारको क्रममा मठिहानीबाट बरदाहा तर्फ जाँदै गर्दा मण्डल सवार गाडी एकिकृत समाजवादी पार्टीबाट मेयर पदका उम्मेदवार रहेका बिजय चौधरीका छोरा दिपेशले…
महोत्तरीमा दलहरूद्वारा आचारसंहिताको उल्लङ्घन
महोत्तरीमा दलहरूद्वारा रुपमा निर्वाचन आचारसहिंताको उल्लङ्घन गरिएको देखिएको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको उल्लङ्घनसम्बन्धी निर्देशिका अनुसार सार्वजनिक स्थानमा कुनै पनि राजनीतिक दलको झण्डा राख्न नपाइने बताइएपनि प्रायजसो सबै दलहरुले सार्वजनिक स्थलहरूमा राजनीतिक दलको झण्डा र चुनाव चिन्ह अङ्कित ठूलठूला व्यानरहरू झुण्ड्याएका छन् । औरही नगरपालिका, वडा कार्यालय,…
एमाले उम्मेदवारमाथि कार्यकर्ताद्वारा हातपात
गौशाला नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार अजयकुमार कुशवाहामाथि कार्यकर्ताले हातपात गरेको पीडितले आरोप लगाउनु भएको छ । गौशालामा नेकपा एमालेले वैशाख १३ गते मेयरमा कुशवाहालाई टिकट दिने टुङ्गो लगाएपछि अर्का मेयरका आकांक्षी रामऔतार महासेठले वडा नं. ४ को वडाध्यक्षमा टिकट माग गर्दै आफ्ना समर्थक सहित कुशवाहाको घर घेराउ गरेको कुशवाहाको…
इन्सेकको नेतृत्वमा स्थानीय तहको निर्वाचन मनोयनको पहिलो दिन अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नेतृत्वमा स्थानीय तहको निर्वाचन मनोनयन दर्ताको पहिलो दिन अनुगमन गरिएको छ । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयका मानव अधिकार अधिकृत मनमाया राना मगर, सहायक प्रथम राजिवकुमार कर्ण र प्रादेशिक बाल अधिकार सञ्जाल मधेस प्रदेशका अध्यक्ष आशुतोष झाले…
मधेस प्रदेशमा १ हजार ६३ मतदान केन्द्र अति संवेदनशील
वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मधेस प्रदेशका १ हजार ६३ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले मधेस प्रदेशमा १ हजार ६३ मतदान केन्द्रलाई अति संवेदनशील, ८ सय ८८ संवेदनशील र २ सय १२ केन्द्रलाई सामान्य मतदान केन्द्रको सूचीमा…
पीडितलाई औषधोपचार का लागि सहयोग, कानुनी कारवाहीको माग
६ वर्षीया बालिकालाई चैत १२ गते मकवानपुर जिल्ला बागमती गाउँपालिका–८ राइगाउँ घर भई रामगोपालपुर नगरपालिका–३ दोलाठी बस्ने २० वर्षीय राजेश लामाले बलात्कार गरेको भनिएको घटनाको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवानलगायतको टोलीले चैत २६ गते स्थलगत अध्ययन गरी घटनाको…
आमाको नामबाट नागरिकता दिनबाट वञ्चित गराउनु दुर्भाग्य होः मुख्यमन्त्री राउत
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राज्यले आमाको नामबाट नागरिकता नदिनु दुर्भाग्य भएको बताउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत २५ गते जनकपुरधाममा आयोजना गरेको मानव अधिकारसम्बन्धी कार्ययोजना कार्यान्वय विषयक छलफल कार्यक्रममा मुख्यमन्त्री राउतले २१ औँ शताब्दीमा पनि आमाको नामबाट नागरिकता नदिइ संवैधानिक हकबाट वञ्चित गराउनु दुर्भाग्य भएको बताउनु…
सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
गौशाला नगरपालिका–२ निगौलमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित इएलपी परियोजना अन्तर्गत सार्वजनिक सुनुवाइ कार्यक्रम फागुन ३० गते सम्पन्न गरिएको छ । इन्सेक जनकपुरको आर्थिक सहयोग तथा मानव अधिकार निगरानी समूह गौशालाको आयोजनामा गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा छलफल गरिएको थियो । कार्यक्रममा गौशालाका…
क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी, व्यवस्थापनमा समस्या
महोत्तरी कारागारमा रहेका कैदीबन्दीको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको छ । क्षमताभन्दा झण्डै चार गुणा बढी सङ्ख्याका कैदीबन्दीहरू कारागारमा बस्नु पर्दा सुत्न, बस्न र खाना पकाउन समस्या भएको छ । पछिल्लो पाँच वर्षयता ३ सय ५० को हाराहारीमा रहँदै आएको कैदीबन्दीको सङ्ख्या अहिले ५ सय पुगेको छ । कारागारको १ सय…