धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा अहेबको शव फेला
सर्लाही जिल्ला गोडैता नपा-११ घर भई वीरगञ्ज उमनपाको रमगढवा स्वास्थ्य चौकीमा अहेब पदमा कार्यरत २८ वर्षीया बबिताकुमारी पण्डित कुम्हालको चैत १३ गते बाराको प्रसौनी गाउँपालिका-६ स्थित सिङहा खोला छेउमा हत्या गरिएको अवस्थामा बोरामा शव फेला परेको प्रहरीले जनाएको छ । मृतक बबिताकुमारीका बावु नागेन्द्र पण्डितले घटनाको छानबिन गर्न चैत १५…
मोर्चाका कार्यकर्ताद्वारा एमाले कार्यकर्तालाई दुर्व्यवहार
नेकपा एमालेको कलैयास्थित पार्टी कार्यालयका सचिव कलैया नपा-५ का ५३ वर्षीय शङ्कर भट्टराई र कलैया नगर कमिटी सदस्य कलैया नपा-२ का ५० वर्षीय रामएकवाल पटेललाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले फागुन २५ गते मोसो दलेर दुर्व्यवहार गरेका छन् । 'मोर्चाका कार्यकर्ताले मलाई एमालेको कर्मचारी भएर हिँडेको भन्दै मोसो दलेका हुन्…
पूर्व मन्त्री सांसद पौडेलमाथि आक्रमण प्रयास
व्यवस्थापिका संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आयोजनामा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढको प्रगति अनुगमनबारे निजगढमा फागुन १७ गते आयोजित अन्तक्रिर्या कार्यक्रममा एमाले बाराका क्षेत्र नम्बर ६ का सांसद एवम् पूर्व मन्त्री पुरुषोत्तम पौडेलमाथि माओवादी केन्द्र समर्थकहरूले आक्रमण प्रयाससँगै दुर्व्यवहार गरेका छन् । सांसद पौडेलले मन्तव्य राख्दै गर्दा केही…
क्षमता अभिवृद्धि तालिम सम्पन्न
इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरुका लागि आयोजित तीन दिने क्षमता अभिवृद्धि तालिम फागुन ४ गते सम्पन्न भएको छ । तालिमको समापन कार्यक्रममा इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले समाज तहबाट भइरहेको मानव अधिकारसम्बन्धी ज्यादती बाल सहभागिताले घटाउन सकिने उनको भनाइ थियो । सहभागीको तर्फाट…
मालपोत अधिकृतमाथि दुर्व्यवहार
मालपोत कार्यालय बाराका अधिकृत ५१ वर्षीय सुमन चौधरीलाई माघ १२ गते मखुण्डो लगाएर आएका दुई जनाले मोसो दलेर दुर्व्यवहार गरी भागेको पीडितले बताएका छन् । अमाव गाविस-२ बेलवा गाउँका चौधरी कार्यालयमै बसिरहेका बेला मखुण्डो लगाएर आएका दुई जनाले आफूहरू ऐलानी जग्गामा बस्दै आएकोले काम गरिदिनु भन्दै मोसो छरेर दुर्व्यवहार गरेको…
उपमहानगरपालिका घोषणाको माग गर्दै सात दिनदेखि अनशन
कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै उद्योग वाणिज्य सङ्घको अगुवाइमा सात दिनदेखि कलैयामा रिले अनशन जारी छ । व्यापारी-व्यवसायी, नगरबासी र स्थानीय राजनीतिक दलले रिले अनशन गर्दै आएका हुन् । स्थानीय प्रशासनमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै उनीहरू रिले अनशनमा बसेका हुन् । स्थानीय तह पुनर्संरचना आयोगले कलैयालाई नगरपालिकामै सीमित राखी…
बलात्कार गरी हत्या गरेको कसुरमा ३५ वर्षकैदको फैसला
कलैया नपा-८ की आठ वर्षीया कञ्चन ठाकुरलाई २२ महिना अघि बलात्कार गरी हत्या गरेको ठहरमा पिप्राविर्ता गाविस-३ घर भई कलैया नपा-८ मा बस्दै आएका ३० वर्षीय गुल्लु भन्ने अरबिन्दलाल दासलाई जिल्ला अदालत बाराले ३५ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश सुर्यबहादुर थापाको इजलासले भदौ १९ गते दासलाई ३५ वर्षकैद सजाय…
सशस्त्र प्रहरी र स्थानीयबीच झडप, दुई सर्वसाधारण र एक प्रहरी घाइते
कवहीगोठ गाविस-८ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको रकम हिनामिना भएको विषयमा स्थानीयहरूबीच भएको छलफलको क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन पुगेका सशस्त्र प्रहरी र गाउँलेबीच साउन २६ गते झडप भएको छ । झडपको क्रममा प्रहरीको कुटाइबाट कवहीगोठ गाविस-८ का २८ वर्षीय मन्जय साह कानुको अनुहारमा चोट लागेको छ…