बाल अधिकार चेतना समूहको अगुवाइमा वृक्षारोपण
कलैया उपमहानगपालिका–१५ खमवा स्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार चेतना समूहको अगुवाइमा वैशाख १३ गते वातावरण संरक्षण गोष्ठी र वृक्षारोपण कार्यक्रम गरिएको छ । कार्यक्रममा सोही वडाका वडा अध्यक्ष भोरीकप्रसाद यादवले जलवायु परिवर्तनको नकरात्मक असर रोक्न सहकार्य आवश्यक भएको बताए ।…
बाल अधिकार चेतना समूहको अगुवाइमा विद्यालय भर्ना अभियान
कलैया उपमहानगरपालिका–१५ खमवास्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार सचेतना समूहको अगुवाइमा वैशाख ८ गते विद्यालय भर्ना अभियान, र्याली र घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ । वडा अध्यक्ष भोरिकप्रसाद यादवले बालबालिका र विद्यालय परिवारको प्रयासलाई वडा कार्यालयले सहयोग गरेको बताए । उनले…
हावाहुण्डरीबाट बाराका १६ ओटा गाउँमा क्षति
चैत १७ गते साँझ आएको हावाहुण्डरीले बाराका १६ वटा गाँउमा क्षति भएको छ । क्षति हुने गाउँहरुमा कलैया उपमहानगरपालिका–१२ धर्मनगर, कलैया उपमहानगरपालिका–१८ दलित बस्ती भरवलिया गाँउ, फेटा गाउँपालिका–१ भलुही, फेटा गाँउपालिका–२ भरवलिया, फेटा गाँउपालिका–६ पुरैनिया, फेटा गाउँपालिका–७ गम्हरिया, प्रसौनी गाउँपालिका–४ खुटुवा, परवानीपुर गाउँपालिका चैनपुरगाउँ, देवताल गाउँपालिका रमपुर्वा, महागढीमाई नगरपालिका–७ तेलगाई,…
राजनीतिक नेतृत्वबाट हावाहुरी प्रभावित क्षेत्रको अवलोकन
प्रधामन्त्री केपी शर्मा ओलीले चैत १८ गते कलैया अस्पतालमा उपचाररत बारा जिल्लाका पीडितसँग भेटघाट गरी उपचार गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा पनि जिल्ला अस्पताल कलैया पुगी घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । अस्पतालमा उपचार गराइरहेका ४९ जना घाइतेको…
हावाहुरीले सयौँ घर भत्काएपछि सर्वसाधारण स्थानीय खुला आकाशमुनी
हावाहुरीले बाराको फेटा गाउँपालिका–६ पुरैनियामा ५५ जना भन्दा बढी व्यक्तिको घरमा क्षति पुगेको छ । हावाहुरीले साफी मिया अन्सारी, बगर मिया अन्सारी, मोजम मिया अन्सारी, अब्दुल हकिम मिया, अनताफ मिया अन्सारी, सफिक मिया अन्सारी, मोबारक मिया अन्सारी, सबिर मिया अन्सारी, जाकिर मिया ठकुराई, मुस्तुफा अन्सारी, सहबजान मिया अन्सारी, सकुर मिया…
हावाहुरीका कारण २७ को मृत्यु, ६ सय जनाभन्दा बढी व्यक्ति घाइते
प्रदेश २ का बारा र पर्सा जिल्लामा चैत १७ गते साँझ आएको हावाहुरीका कारण मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । ६ सय जनाभन्दा बढी घाइते भएका छन् । मृत्यु तथा घाइते हुनेमा फेटा गाउँपालिका, प्रसौनी गाउँपालिका, कलैया उपमहानगरपालिका, सुवर्ण गाउँपालिका, भारत, पर्सा जिल्ला भानीपुर र महागढीमाई नगरपालिका बरियारपुरका रहेको…
परिक्षार्थी र प्रहरीबिच झडप, विद्यार्थी र प्रहरी दुवैतर्फका घाइतेको उपचार हुँदै
माध्यमिक शिक्षा परीक्षा एसइइ स्थगित भएको विरोधमा जितपुर सिमरा उपमहानगरपालिक–७ जितपुर सडक खण्डमा चैत १६ गते बिहान ७ बजेदेखि परिक्षार्थी र प्रहरीबिच झडप हुँदा भिड नियन्त्रण गर्न प्रहरीले दर्जनौँ सेल आश्रुग्यास र गोली चलाएको छ । प्रहरीको लाठी प्रहारबाट जितपुर सिमरा उपमहानगरपालिक–५ बकुलियामा रहेको नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा अध्ययनरत…
दलित समुदायले पुजा गर्न नपाएको आरोप
परवानीपुर गाँउपालिका–१ मा शुभारम्भ भएको विष्णु महायज्ञमा दलित समुदायलाई पुजा गर्न नदिएको स्थानीय दलित समुदायका व्यक्तिहरूले आरोप लगाएका छन् । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र्र सोनलले चैत १३ गते पूजा गरी बिष्णु महायज्ञको शुभारम्भ गरे पनि दलितलाई पुजा गर्न रोक लगाइएको हो । यज्ञ सञ्चालन गर्न गाउँका…
गुणस्तरीय शिक्षाले सबै क्षेत्र सुधार हुन्छः नगर प्रमुख यादव
कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले सबैभन्दा पहिला गुणस्तरीय शिक्षा प्रदान गरिए सबै क्षेत्रको सुधार हुने बताएका छन् । कलैया उपमहानगरपालिका वडा नम्बर २२ भोडहा स्थित साना किसान कृषि सहकारी संस्थाको सभा हलमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधाम र मानव अधिकार निगरानी समूह भोडहाको आयोजनामा चैत १२…
कुटपिटका कारण एकजनाको अवस्था चिन्ताजनक, आरोपितविरुद्ध प्रहरीमा उजुरी
प्रसौनी गाँउपालिका–६ बेलहीयाका २२ वर्षीय श्यामसुन्दर साह चैत ७ गते बेलुका ६ बजे देखि ८ बजे सम्म सोही गाउँका स्थानीयहरुको समुहले कुटपिट र दुव्र्यवहार गरेको पीडित पक्षको आरोप छ । स्थानीयमध्ये केही व्यक्तिले उनी माथि छुरा प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । पेटमा छुराले काटेर आन्द्रा बाहिर निस्किएको छ । मुटुमा…