विद्यालय निर्माणको ३९ वर्षसम्म पनि शौचालय निर्माण भएन

वीरगंज मनपा–२० स्थित निरञ्जन साह कलवार प्राथमिक विद्यालय निर्माण भएको ३९ वर्ष हुँदा पनि शौचालय भने बनेको छैन । २०३७ सालमा स्थापना भएको विद्यालयमा कक्षा पाँचसम्म अध्ययन–अध्यापन हुने गरेको छ । एक बालविकास सहजकर्तासहित चार जना शिक्षक कार्यरत यस विद्यालयमा १ सय ३५ जना विद्यार्थीहरू अध्ययनरत छन् । विद्यार्थीहरू शौचालय…

July 10, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया छोरीलाई जेठ ३२ गते यौन दुर्व्यवहार गरेको आरोपमा ४५ वर्षीय बुवालाई विजयवस्ती प्रहरी चौकीका प्रहरीले सोही दिन गिरफ्तार गरेको छ । घटनाका बारेमा पीडित बालिकाले सोही दिन आफन्त र छरछिमेकमा जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो । पीडित बालिकाले घटनाबारे बताएलगत्तै स्थानीयले ती बालिकाका बुवालाई नियन्त्रणमा लिएर प्रहरीको…

June 16, 2020  
समाचार सम्प्रेषण गरेको भन्दै धम्की दिएको पत्रकारको आरोप

जिरा भवानीपुर गाउँपालिका २ सेढवा निवासी प्रतीक दैनिकका सम्वाददाता ३७ वर्षीय  ओमप्रकाश चौधरीलाई असार २५ गते राती सेढवा बजारमा सोही ठाउँका कांग्रेसका कार्यकर्ता हरिनारायण यादवले समाचार सम्प्रेषण गरेको भन्दै कुटपिट गर्ने धम्की दिएको पीडितको आरोप छ । पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको ठोरी गाउँपालिका अन्तर्गतको ओरिया खोलाबाट विकास निर्माणका लागि भण्डारण…

June 11, 2020  
बलात्कार घटनाका आरोपित चौरसिया गिरफ्तार

१४ वर्षिया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  कालिकामाई गाउँपालिका–३ हरिहरपुरबिर्ता निवासी २२ वर्षीय दीपेन्द्र चौरसियालाई वैशाख १९ गते गिरफ्तार गरेको छ । उनी  विरुद्ध  जिल्ला प्रहरी कार्यालय पर्साले जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता गरि अनुसन्धान अगाडि बढाएको छ । वैशाख १९ गते दीपेन्द्र चौरसियाले बलात्कार गरेको भन्दै चार जना युवाहरूको…

May 5, 2020  
छोरी हत्याको आरोपमा बाबु गिरफ्तार

७ वर्षीया छोरीको हत्याको आरोपमा पर्सा प्रहरीले वीरगंज मनपा–१ का २९ वर्षीय सञ्जयकुमार सर्राफलाई  वैशाख ४ गते गिरफ्तार गरि वैशाख ७ गते सार्वजनीक गरेको छ । सर्राफले ७ वर्षीय छोरी अंशुकुमारी सर्राफलाई घाँटी थिचेर मारेको अनुसन्धानबाट खुलेपछि उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी एसपी गंगा पन्तले जानकारी दिनु भयो…

April 21, 2020  
मस्जिदका जमाती विषयलाई लिएर दुई पक्षबिच झडप, आठ भन्दा बढी घाइते

बहुदरामाइ नपा–९ विश्रामपुरको मौजेटोलमा ६ गते बेलुकी दुई पक्ष बीच झडप भएको छ । मौजेटोलमा देवान र कलवार पक्ष बीच भएको झडपमा दुबै पक्षका गरि आठ भन्दा बढि घाइते भएका छन् । घाइते हुनेहरूमा देवान पक्षका ३० वर्षीय फैयाद देवान, १९ वर्षीय फतिमा खातुन, ३४ वर्षीय मखमुल राय भाट र…

April 20, 2020  
बुहारी हत्याको आरोपमा सासु ससुरा गिरफ्तार

बहुदरमाई नपा–८ रामनगरी टोल बस्ने २५ वर्षीया बुहारी उर्मीलादेवी पण्डितको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीय ससुरा सुरेश पण्डित, सासु ४५ वर्षीया फूलकुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवीलाई चैत २२ गते गिरफ्तार गरेको छ । बुहारी पण्डितको हत्या गरेको अभियोगमा अनुसधानकालागि उनीहरूलाई गिरफ्तार गरिएको ईलाक प्रहरी…

April 5, 2020  
उपचार गर्न नमान्ने अस्पतालहरूलाई कारवाही गर्न नागरिक समाजको माग

निजी अस्पतालले बिरामी नागरिकको उपचार नगरेको भन्दै प्रदेश २ को नागरिक समाजले त्यस्ता अस्पताललाई कारवाही गर्न माग गरेका छन् । बिरामी भर्ना गर्न नमानेर निजी अस्पतालहरुले आम नागरिकको स्वास्थ्य उपचारको हक र बाँच्न पाउनु पर्ने अधिकारको हक उल्लङ्घन गरेको नागरिक समाजको ठहर छ । सामुदायीक रेडियो प्रसारक संघ (अकोराव), उपभोक्ता…

April 5, 2020  
कुटपिट घटनाका आरोपित विरुद्ध सार्वजनिक अपराध अन्तर्गत मुद्दा दायर

वीरगंज मनपा–१९ बरेवाका ४३ वर्षीय जगनप्रसाद यादव, ३८ वर्षीय विकाशकुमार यादव, ३२ वर्षीय सञ्जयप्रसाद यादव, ३६ वर्षीय राजु यादव र ४६ वर्षीय सुरेन्द्रप्रसाद यादवलाई चैत २१ गते सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको छ । वीरगंज मनपाले वडास्तरमा सर्वदलीय संयन्त्र बनाएर दैनिक ज्याला गरेर जीवन यापन गर्ने श्रमजीवी नागरिकलाई राहत उपलब्ध…

April 3, 2020  
सञ्चारकर्मी माथि लाठीचार्ज, तीन घण्टा प्रहरी नियन्त्रणमा

न्यूज २४ का क्यमरापर्सन जाकिर हुसेनलाई चैत १२ गते प्रहरीले वीरगंजको रानीघाटमा कुटपीट गर्नुका साथै तीन घण्टा नियन्त्रणमा लिइ छोडेको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणलाई नियन्त्रण गर्न सरकारले लागु गरेको लकडाउनको बारे रिर्पो्टिङ्ग गर्न साँझ हुसैन रानीघाट पुग्नु हुँदा उहाँमाथि प्रहरीले आक्रमण गरेको हो । हुसेनलाई प्रहरीले…

March 27, 2020