जिल्ला कारागार कार्यालयको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवान र एडभोकेसी फोरम नेपाल, मधेस प्रदेशका प्रदेश संयोजक राजकुमार महासेठको टोलीले भदौ ४ गते जिल्ला कारागार कार्यालय, पर्साको स्थलगत अनुगमन गरेको छ । कारागारको स्थलगत अनुगमनको क्रममा टोलीले कारागारका निमित्त प्रमुख र चौकीदारहरूसँग छलफल गरी कारागार र कैदी तथा बन्दीहरूको…
इन्सेक मधेस प्रदेशको नेतृत्वमा बाल सुधार गृहको अनुगमन
वीरगंज महानगरपालिकामा रहेको मधेस प्रदेशको एक मात्र बाल सुधार गृहको इन्सेक नेतृत्वको टोलीले अनुगमन गरेको छ । बाल सुधार गृहको क्षमता ५० जनाको रहेको छ । तर, १ कठ्ठा १८ धुरमा रहेको बाल सुधार गृहमा हाल थुनुवा ९९ र कैदी ३२ गरी १ सय ३१ जना रहेका छन् । जसम्धे १८…
बोक्सी घटनाको इन्सेक टोलीद्वारा अनुगमन
वीरगंज महानगरपालिका—२४ की ७० वर्षीया पार्वतीया देवी अहिरिनलाई बोक्सीको आरोपमा सोही ठाउँका ५० वर्षीय काशी राउत अहिर र उनका २५ वर्षीय छोरा ब्रजेश यादवले कुटपिट गरेको भनिएको घटनाको इन्सेक टोलीले साउन ४ गते स्थलगत अध्ययन गरेको छ । स्थलगत अध्ययनका क्रममा बोक्सी घटनाका पीडित पार्वतीया देवीले घरमा कोही नभएको मौका छोपि…
अपहरण तथा शरीर बन्धक र बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षिया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा वीरगंज महानगरपालिका–२१, परवानीपुर का २१ वर्षिय महम्मद असाहव अन्सारीविरुद्ध पीडित पक्षले असार ११ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिनु भयो । आरोपितले पीडितलाई वीरगंजको मुर्लीबाट ०८० जेठ ३ गते अपहरण गरी काठमाण्डौं महानगरपालिका–९ को सिनामङ्गलमा रहेको होटेल एभरेष्ट…
बलात्कार घटनाका आरापितविरुद्ध उजुरी
१९ वर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा वीरगंज महानगरपालिका–२९ रतनपुरका २३ वर्षिय जैनुल अन्सारीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् । पीडितलाई आरोपितले ०८० जेठ १ गते माया प्रेममा पारेर बिभिन्न प्रलोभन देखाई बलात्कार गरेको भन्दै ०८० असार ११ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको पीडित पक्षले…
मानव अधिकारका लागि सरकारसँग साझेदारी र खबरदारी गर्नु आवश्यकः अध्यक्ष डा.अर्याल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले मानव अधिकारका लागि सरकारसँग साझेदारी र सरकारलाई खबरदारी गर्नु पर्नेमा जोड दिनु भएको छ । इन्सेक मधेस प्रदेशको आयोजनामा जेठ २५ गते वीरगंजमा आयोजित मानव अधिकार, सामाजिक न्याय र आजको सन्दर्भ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरामा जोड दिएका हुन्…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८० जेठ २२ गते झड्केलो बुबाविरुद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुेरी दिनु भयो । पीडित बालिकाकी आमाले आफू आरोपित पतिसँग छुट्टिएर अलगै बसेको अवस्थामा ०७७ साल वैशाखदेखि आरोपित पतिले पीडित बालिकालाई निरन्तर बलात्कार गरिरहेको बताउनु भयो । आरोपित रोजगारीको लागि विदेश गएपछि…
प्रशासन कार्यालयमा स्तनपान कक्ष नहुँदा सेवाग्राही सुत्केरी महिलाहरू समस्यामा
जिल्ला प्रशासन कार्यालय पर्सामा स्तनपान कक्ष नहुँदा सेवाग्राही सुत्केरी महिलाहरू समस्यामा पर्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा करिब सात करोडको लागतमा सुविधा सम्पन्न नयाँ भवन बनाइएको भएपनि त्यसमा स्तनपान कक्षको भने व्यवस्था गरिएको छैन । नागरिकता, पासपोर्ट, नाता प्रमाणीत लगाएतका सेवा लिन आउँदा बालबालिका लिएर आउने महिलाले छोरा–छोरीलाई स्तनपान…
वैशाखमा हुने महायज्ञमा दलित समुदायको सहभागिताको माग गर्दै प्रहरीमा उजुरी
आगामी वैशाख १२ गतेदेखि वीरगंज महानगरपालिका–१८ को सखुचैनामा हुने महायज्ञमा दलित समुदायको सहभागिताको माग गर्दै दलित अगुवाहरूले ०७९ चैत २७ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् । वैशाख १२ गते देखि सुखचैनामा हुन लागेको महायज्ञमा सहभागि गराउन माग गर्दै दलित अगुवा धुरुपलाल राम र प्रहलाद रामसहित जिल्लाका दलित…
इन्सेक मधेस प्रदेश संयोजकद्वारा बालसुधारको गृह अनुगमन
बीरगंज महानगरपालिकामा रहेको मधेस प्रदेशको एक मात्र बालसुधारगृह अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवानले अनुगमन गर्नुभएको छ । बाल सुधार गृहको क्षमता ५० जनाको हो । तर अहिले बाल सुधार गृहमा १ सय ३६ जना बस्दछन । बाल सुधार गृहमा बस्ने बालकले कारागार नियमावलीले तोकेको…