बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जगरनाथपुर गाउँपालिका–१ पिडारीगुठीका २१ वर्षीय अब्दुल कादिर अन्सारीलाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई विभिन्न प्रलोभनमा पारी गत जेठ १० गतेदेखि असोज ६ गतेसम्म पटकपटकको बलात्कारपछि गर्भवती भएको आरोपमा पीडित पक्षले असोज ८ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो…

November 26, 2021  
सामाजिक सुरक्षा भत्ताको रकम निकासा नहुँदा लाभग्राही समस्यामा

आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकमा ठोरी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, जिराभवानी गाउँपालिका, जगरनाथपुर गाउँपालिकालगायतका स्थानीय तहमा सामाजिक सुरक्षा भत्ताको रकम निकासा नहुँदा लाभग्राही समस्यामा परेका छन् । भत्ता वितरण नहुँदा ज्येष्ठ नागरिक, एकल महिला, दलित, बाल संरक्षण र अपाङ्गता भएका व्यक्तिहरू समस्यामा परेका हुन् । जिराभवानी गाउँपालिका–५ शान्तिनगरका दानबहादुर…

November 13, 2021  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले जीराभवानी गाउँपालिका–१ का १९ वर्षीय शेख सलाउद्दीनलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २५ गते आरोपितले बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले कात्तिक २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । आरोपितलाई पटेर्वा सुगौली इलाका प्रहरी…

November 12, 2021  
बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बेचबिखन गर्न लैजान लागेको आरोपमा प्रहरीले भारतको बिहार राज्य पूर्वी चम्पारण थाना पलनवा, पोष्ट भेलाही, मुसहर्वा ग्रामपञ्चायत वडा नं. ३ घर भएका ३२ वर्षीय रेयान खान भन्ने मुन्ना आलमलाई असोज २० गते गिरफ्तार गरेको छ । सशस्त्र प्रहरी बलले वीरगंज महानगरपालिका–१७ अलौंबाट खानलाई गिरफ्तार गरी जिल्ला प्रहरी…

October 7, 2021  
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई पर्सागढी नगरपालिका-९ बडेरवाका ३१ वर्षीय कमलेश महतो बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ २९ गते दिएको उजुरी जिल्ला प्रहरी कार्यालय पर्साले दर्ता गरी अनुसन्धान थालेको जनाएको छ । पीडित पक्षको उजुरीका आधारमा आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो । पीडित…

September 16, 2021  
बालविवाह घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले बारा जिल्लाको महागढीमाई गाउँपालिका–५ नगरदाह टोल निवासी १९ वर्षीय जितेन्द्र साह कानु र पटेर्वा सुगौली गाँउपालिका–४ फरदहवा निवासी ३५ वर्षीया रेश्मीदेवी थारुलाई  भदौ २४ गते गिरफ्तार गरेको छ । उनीहरूलाई प्रहरीले भदौ २४ गते पर्साको पर्सागढीनगरपालिका–१ मा पर्ने जङ्गलमा कोइलाभार मन्दिर परिसरबाट गिरफ्तार…

September 13, 2021  
नारायणी अस्पतालमा अक्सिजन प्लाण्ट छ, तर उत्पादन छैन !

वीरगंजको नारायणी अस्पतालमा अक्सिजन ग्यास प्लाण्ट जडान भएको दुई साता पुग्न लागे पनि प्लाण्टबाट अक्सिजन उत्पादन भएको छैन । प्लाण्टबाट उत्पादन हुने अक्सिजन अस्पतालका कोठाकोठामा जडान भएको पाइपसम्म पुर्‍याउन आवश्यक पाइप अहिलेसम्म जडान गर्न सकिएको छैन । उत्पादित ग्यास फिलिङ गर्ने आवश्यक उपकरण पनि अहिलेसम्म तयार पारिएको छैन । त्यसैले…

September 13, 2021  
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

पूर्वी नवलपरासीकी २२ वर्षीया, उदयपुरकका १९ र २१ वर्षीया, सुनसरीकी २३ वर्षीया, बागलुङकी २० वर्षीया र पर्साकी २१ वर्षीया युवतीलाई बेचबिखनको प्रयास गरेको आरोपमा प्रहरीले भारतीय प्रहरीको समन्वयमा भारत बिहारको पूर्वी चम्पारण जिल्लाको छौडादानो बस्ने २५ वर्षीय विकास भनिने विकेश कुमार र धनुषा जिल्ला नगराइन नगरपालिका घर भइ छौडादानोमा नै…

August 30, 2021  
भवानी अस्पतालमा आक्रमण, दुई जना स्वास्थ्यकर्मी घाइते

वीरगंज महानगरपालिका–८ लिङ्क रोडमा अवस्थित भवानी अस्पतालले जिउँदो मान्छेलाई मृत घोषित गरेको भन्दै एक समूहको आक्रमण परी वीरगंज महानगरपालिका–१५ निवासी ३२ वर्षीया नर्स कविता चौधरी र वीरगंज महानगरपालिका–१३ निवासी २७ वर्षीय चिकित्सक विजय महतो घाइते हुनु भएको छ । उहाँहरूको उपचार अस्पतालमै भएको छ । मृतकका आफन्त र गाउँलेहरूले अस्पतालमा…

August 2, 2021  
बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिका र २० वर्षीया युवतीलाई बेचबिखन गर्न खोजेको आरोपमा पीडित पक्षले झापा जिल्ला बिर्तामोड नपा–९ का २० वर्षीय लक्ष्मी दास र सुनसरी जिल्ला इटहरी नपा–१२ का १९ वर्षीय खुश्वु विश्वकर्माविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा असार १३ गते उजुरी दिएको छ । आरोपितद्वयलाई प्रहरीले बीरगंज महानगरपालिका–१६ इनर्वाबाट असार १२…

July 30, 2021