बलुन बेच्ने सानो व्यापारीलाई कुटपिट गरेको घटनाकाे विराेधमा प्रदर्शन

वीरगंज महानगरपालिकाको–१९ का बरुण रामलाई अस्थायी प्रहरी पोष्ट बिन्दवासिनीका असई नवलेश तिवारीले कुटपिट गरेको भन्दै ०८० कात्तिक ५ गते स्थानियहरूले प्रहरी पोस्ट घेराउ गर्नुका साथै विरोध प्रदर्शन समेत गरेका छन् । पीडित विन्दवासिनीमा लागेको मेलामा बलुन बेचिरहेका थिए । वीरगंज महानगरपालिका–१९ विन्दवासिनीस्थित बिन्दवासिनी मन्दिरमा ०८० कात्तिक ५ गते वडादसैँको अवसरमा लागेको…

October 24, 2023  
पत्नी हत्या घटनाका आरोपित पतिविरुद्ध उजुरी

वीरगंज महानगरपालिका–१४ बहुअरीकी ३५ वर्षीया महिमा खातुनको हत्या गरेको आरोपमा ४७ वर्षीय पति इजहारुल अन्सारीविरुद्ध पीडित पक्षले ०८० कात्तिक ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । सोही घटनामा संलग्न रहेको आरोपमा इजहारुल अन्सारीकी ४० वर्षीया जेठी पत्नी नुजाहन खातुन, ६५ वर्षीय ससुरा हचकरिम अन्सारी र ६० वर्षीया सासुविरुद्ध…

October 23, 2023  
जनप्रतिनिधिबाट कर्मचारीमाथि दुर्व्यवहार, सेवा प्रवाह बन्द

बिन्दबासिनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख कपिल लामिछानेलाई ०८० असोज ३० गते वडा नं. १ का वडाध्यक्ष अच्छेलाल महतो र वडा नं. ३ का वडाध्यक्ष जयप्रकाश चौरसियाले दुर्व्यवहार गरेको भन्दै गाउँपालिकाका कर्मचारीहरूले सेवा प्रवाह बन्द गरेका छन् । कर्मचारी दुर्व्यवहार गर्ने वडाध्यक्ष महतो र चौरसियालाई कारबाहीको माग गर्दै गाउँपालिकाका कर्मचारीहरू ०८०…

October 18, 2023  
प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच झडप; चार विद्यार्थी सहित ६ जना घाइते

बिन्दबासिनी गाउँपालिकामा विद्यार्थीहरू ०८० असोज २१ गते प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा विद्यार्थी र प्रहरीबीच झडप हुँदा चार जना विद्यार्थी सहित ६ जना घाइते भएका छन् । गाउँपालिकाद्वार गरिएको शिक्षक सरुवा बदर हुनु पर्ने, नियमित कक्षा सञ्चाल हुनु पर्ने, विद्यालयमा विज्ञान प्रयोगशालाको व्यवस्था हुनुपर्ने, दिवा खाजा सञ्चालन हुनुपर्ने, छात्रवृत्ति…

October 8, 2023  
हत्या घटनाका आरोपित जेठाजुसहित तीन जना गिरफ्तार

जगरनाथपुर गाउँपालिका–५ मसिहानी टोलकी ५६ वर्षीया कान्ति देवी विनको हत्या आरोपमा उनको जेठाजुसहित तीन जनालाई ०८० असोज १४ गते प्रहरीले गिरफ्तार गरेको छ । विनको हत्या आरोपमा उनका जेठाजुहरू ५९ वर्षीय चन्द्रिका राउत र ५७ वर्षीय अमिका भनिने अमीरीका राउत विन र अर्का एक जना जगरनाथपुर गाउँपालिका–५ मसिहानी टोलकै ३६…

October 5, 2023  
बालसुधार गृहबाट भागेका बालकहरू पुनः गिरफ्तार

वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट भागेका दुई जना बालकहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते भागेका दुई जना बालक फरकफरक ठाउँबाट पुनः गिरफ्तार भएका हुन् । एक जना ०८० असोज १३ गते राति सर्लाहीको नेपाल भारत सिमाबाट र अर्का…

October 1, 2023  
कमजोर व्यवस्थापनका कारण दुई जना बालकहरू बालसुधार गृहबाट फरार

वीरगंज महानगरपालिका–४ विर्तास्थित बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण ०८० असोज १२ गते बिहान दुई जना बालकहरू फरार भएका छन् । बालसुधार गृहको छतमाथिबाट हाम फालेर ती बालकहरू फरार भएका हुन् । फरार भएका बालकहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमार विक्रम थापाले बताउनु भयो । उहाँले भन्नु…

September 29, 2023  
इन्सेक तथा मानव अधिकारकमीहरूको टोलीद्वारा बाल सुधार गृहको अनुगमन

वीरगंज महानगरपालिका–४ स्थित बाल सुधार गृहको इन्सेक तथा मानव अधिकारकमीहरूको टोलीले ०८० असोज ११ गते अनुगमन गरेको छ । बाल सुधार गृहको स्थलगत अवलोकनबाट मापदण्ड बमोजिम सुधार गृह सञ्चालन नभएको भेटिएको इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले बताउनु भयो । उहाँले सुधार गृहको क्षमता भन्दा दोबर संख्यामा बालबालिकाहरू राख्दा समस्या हुने…

September 29, 2023  
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता गर्‍यो । आरोपितले भदौ ९ गते राति ८ बजे घरबाट नियन्त्रणमा लिई गाउँभन्दा बाहिर सरेहमा लागेर आफूलाई बलात्कार गरेको पीडितको…

September 27, 2023  
वार्ता पछि बाल सुधार गृहको अवस्था सामान्य

वीरगंज महानगरपालिका–४ बिर्तास्थित बाल सुधार गृहको अवस्था भदौ २७ गते अपरान्हदेखि सामान्य भएको छ । स्थानीय प्रशासन र बाल सुधार गृहका प्रदर्शनकारी बालकहरूबीच भदौ २७ गते भएको वार्ता पछि तनावग्रस्त अवस्थामा रहेको बाल सुधार गृहका बालकहरू प्रदर्श तथा ढुङ्गा मुढा गर्न बन्द गरेका छन् । वार्तामा सिडिओ हिरालाल रेग्मीले आफ्नो तहबाट…

September 14, 2023