बलात्कार घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका-१९ इनर्वाका ३० वर्षीय महम्मद तैयब हुसेन, २९ वर्षीय नुरुल होदा र ३० वर्षीय महम्मद तबरेजलाई असार २७ गते दिउँसो गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितत्रयले असार २७ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले असार २७ गते प्रहरीमा उजुरी दिएपछि…
परियोजनाको जिल्लास्तरीय परामर्श बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा परियोजनाको जिल्लास्तरीय परामर्श बैठक असार २४ गते नेपाल पत्रकार महासङ्घ पर्साको सभा कक्षमा सम्पन्न भएको छ । कार्यक्रममा मानव अधिकार निगरानी समूह मधुवन मथौलका अध्यक्ष दिनेश तिमिल्सिनाले खाद्य, शिक्षा र स्वास्थ्यका क्षेत्रमा सरकारले ग्रामीण तहसम्म उपलब्ध गराएको सेवा…
मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि पर्सा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको विषयमा अर्धवार्षिक समीक्षा असार १५ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले सन् २०१७ को जनवरीदेखि जुनसम्मका घटनाहरूका विषयमा जानकारी गराएका थिए । ६ महिनाको अवधिमा हत्याका पाँच,…
निर्वाचन नागरिकको आधारभूत अधिकारः वक्ताहरू
स्थानीय तहको निर्वाचन नागरिकको आधारभूत अधिकार भएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा बीरगञ्जमा जेठ ३० गते आयोजित मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सो कुरा बताएका हुन् । नागरिक समाजका विभिन्न सरोकार समूहका अगुवाहरूको सहभागिता रहेको उक्त कार्यक्रममा निर्वाचनको अपरिहार्यता र…
पत्रकार तिवारीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष अनुप तिवारीलाई जेठ २२ गते बेलुका खाजा खाँदै गरेको अवस्थामा तीन/चार जनाको समूहमा आएका युवाहरूले एक्कासी मोविल खन्याएर आक्रमण गरेको भन्दै महासङ्घ पर्साका अध्यक्ष श्याम बञ्जाराको नेतृत्वमा गएको टोलीले जेठ २३ गते जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द साहलाई…
बलात्कार प्रयास घटनाका आरोपितलाई स्थानीयले प्रहरीमा बुझाए
१९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित महिलाका ५० वर्षीय ससुरालाई स्थानीयले नियन्त्रणमा लिएर वैशाख ७ गते पटेर्वा सुगौली गाउँपालिका-५ रङ्गपुरमा रहेको प्रहरी चौकीमा बुझाएका छन् । २८ दिन अगाडि विवाह गरी भित्र्याइएकी पीडित महिलालाई आरोपितले झारफूक गर्ने बाहानामा बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप छ । …
अज्ञात समूहद्वारा गरिएको गोली प्रहारबाट एक जना घाइते
बीरगञ्ज उमनपा-१४ ठुलो पिप्राकी २३ वर्षीया निलु पटेललाई चैत २८ गते राति अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएको छ । पटेलको देब्रे कन्चट नजिक गोली लागेको प्रहरीले जनाएको छ । पीडित महिलाको उपचार बीरगञ्जस्थित नेशनल मेडिकल कलेजको सघन उपचार कक्षमा भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको…
पत्नी हत्या घटनाका आरोपितविरुद्ध उजुरी
ठोरी गाविस-३ सरस्वतीचोककी २१ वर्षीया एलिशा सुनारको हत्या गरेको आरोपमा ३५ वर्षीय पति अशोक लोहार र अशोककी जेठी पत्नी ३३ वर्षीया जमुना लोहारविरुद्ध पीडितपक्षले फागुन १२ गते इलाका प्रहरी कार्यालय पोखरीयामा उजुरी दिएको छ । हत्या घटनामा संलग्न रहेको आरोपमा अशोक र जमुनालाई प्रहरीले फागुन १० गते नै गिरफ्तार गरेको…
एक महिना अघि झडपमा घाइते भएका कैदीको उपचारको क्रममा मृत्यु
बीरगञ्ज कारागारभित्र ०७३ पुस १० गते दिउँसो कैदीहरूबिच भएको झडपमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका २६ वर्षीय कैदी राजनकुमार बानियाको माघ १७ गते उपचारको क्रममा काठमाडौँको वीर अस्पतालमा मृत्यु भएको छ । उनको उपचार सुरक्षा निगरानीमा काठमाडौँमा भइरहेको थियो । बीरगञ्ज उमनपा-१३ घडीअर्वा घर भएका बानिया, शरीर बन्धक तथा अपहरण…
निर्वाचन नभए सङ्घीयता संकटमा पर्ने नागरिक समाजका अगुवाहरूको भनाइ
बीरगञ्जमा आयोजित एक कार्यक्रमका सहभागी नागरिक समाजका अगुवाहरूले निर्वाचन नभए सङ्घीयता सङ्कटमा पर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७३ माघ १५ गते बीरगञ्जमा आयोजना गरेको मधेशका समस्या, प्रान्त सीमा र स्वायत्तताको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा नागरिक समाजाका विभिन्न सरोकार समूहका वुद्धिजिविहरू एउटै थलोमा बसेर नेपालको वर्तमान…